Khabar Dabali २ पुष २०८२ बुधबार | 17th December, 2025 Wed
Investment bank

ट्रम्पकै भूमिमा ट्रम्पलाई यसरी दिए टक्कर

फ्रान्सेली राष्ट्रपति एमानुएल माक्रोँले अमेरिकाका दुइटै सदनमा गरेको सम्बोधनमा आफ्ना समकक्षी डोनाल्ड ट्रम्पका केही नीतिहरूलाई चुनौती दिएका छन् । विशेषगरी राष्ट्रवाद र \'पहिला अमेरिका\' भन्ने ट्रम्पका नीतिहरूप्रति सांकेतिक रूपमा उनले असन्तुष्टि व्यक्त गरे । बीबीसीका उत्तर अमेरिका सम्पादक जोन सोपेलको विश्लेषण । राष्ट्रपति माक्रोँले विश्वका अन्य नेताहरूलाई डोनल्ड ट्रम्पलाई कसरी सामना गर्ने भन्ने शिक्षा उत्कृष्ट शैलीमा दिएका छन् । एकदमै नजिक हुने, आवश्यक पर्दा ठट्टा गर्ने तर आफ्ना अडानहरू सशक्त ढङ्गले राख्ने नेताका रूपमा उनले आफूलाई उभ्याएका छन् । एकदमै चलाखीपूर्ण रूपमा तयार गरिएको सम्बोधनमा उनले आफू र अमेरिकी राष्ट्रपतिबीचको निकटता कतिपयका लागि एकदमै हार्दिकतापूर्ण रहेको उल्लेख गरे । उनले फ्रान्स र अमेरिकाबीच रहेको एकदमै विशेष सम्बन्धको चर्चा गरेका थिए । तर त्यसपछि उनले ट्रम्पका नीतिहरूको आलोचना गरे । उनले खुल्ला व्यापार, विज्ञानको महत्त्व र समानताको कुरा गरे र ट्रम्पको \'पहिला अमेरिका\' भन्ने नीतिबारे पनि बोले । माक्रोँले ट्रम्पको \'अमेरिकालाई पुन: महान् बनाऊँ\' नारालाई वातावरणको संरक्षण र अमेरिका अलग भएको जलवायु परिवर्तनसम्बन्धी प्यारिस सम्झौतासँग जोडेका थिए । त्यसक्रममा उनले पृथ्वीलाई फेरि महान् बनाउने समय आएको बताए । भाषणका क्रममा ताली र समर्थन गुञ्जिएका थिए । त्यो अमेरिकी संसद्का लागि अक्षण थियो । ट्रम्पसँग निकट सम्बन्ध कायम राखेका माक्रों विश्वलाई अमेरिकी राष्ट्रपतिको भन्दा एकदमै फरक र प्रतिस्पर्धी दृष्टिकोण दिने विश्व नेताका रूपमा उदाएका छन् । यो उनको महत्त्वपूर्ण राजनीतिक उपलब्धि हो । बीबीसी
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending