दोलखा । भूकम्पका कारण भत्किएका निजी आवास निर्माणका लागि सरकारी अनुदान लिएर आवास नबनाउनेले पहिलो किस्ता रु ५० हजार फिर्ता गर्न थालेका छन् । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले निजी आवास निर्माणका लागि दिइएको सरकारी अनुदानको सदुपयोग गरेर भवन निर्माण नगरे अन्य खालको सुविधासमेत कटौती गर्ने भएपछि निजी आवास निर्माण नगर्नेले पहिलो किस्ता बापत लिएको रु ५० हजार फिर्ता गर्न थालेका हुन् । दोलखाको मेलुङ गाउँपालिका घ्याङ सुकाठोरका खड्गबहादुर तामाङले भूकम्पपश्चात निजी आवास निर्माण गर्न लिएको पहिलो किस्ता रु ५० हजार फिर्ता गरेका छन् । तामाङले आफूले भवन निर्माण गर्न नसकेपछि निजी आवास निर्माण गर्न दिइएको पहिलो किस्ताको रु ५० हजार जिल्ला समन्वय समितिको कार्यालय, दोलखाको खातामा हालिदिएर रकम फिर्ता गरेका हुन् । सरकारले अनुदान दिएको रकम सदुपयोग गर्नुपर्ने र त्यसको दुरुपयोग गर्न नहुने र घर नबनाइकन पैसा लिएर बसेमा छरछिमेकीबाटै उजुरी पर्ने र सरकारबाट पाउने अन्य खालको सुविधासमेत नपाउने भएपछि दोलखामा पुनःनिर्माणका लागि लिएको रकम आवास नबनाएकाले फिर्ता गर्न थालेका हुन् । दोलखा जिल्लामा निजी आवास निर्माण गर्न पहिलो किस्ता लिएर घर नबनाएपछि पैसा फिर्ता गर्ने खड्गबहादुर पहिलो व्यक्ति हुन । खड्गबहादुरजस्तै अन्य धेरै व्यक्ति पैसा फिर्ता गर्ने तयारीमा छन् । जिल्ला समन्वय समिति, दोलखाका प्रमुख डबल पाण्डेका अनुसार दोलखामा हालसम्म १५ जना भूकम्प पीडित पैसा फिर्ता गर्ने तयारीमा छन् । कतिपयले पैसा फिर्ता नै गर्नुपर्ने हो त ? भनेर भेट्दा र टेलिफोनमार्फत सोधिरहेका छन् । “सदरमुकाम वा अन्य कुनै स्थानमा घर भएका, पहिलाको स्थानमा घर बनाएर बस्ने चाहना नभएका व्यक्तिहरुले पहिलो किस्ताको रकम फिर्ता गर्न लागेका छन्” उनले थपे । उनका अनुसार राज्यद्वारा भूकम्प प्रतिरोधि निजी आवास निर्माण गर्न वितरण गरेको रकम त्यतिकै खर्च गर्न सम्भव छैन, त्यो फिर्ता गर्नैपर्छ । दोलखामा पहिला घर भएको स्थानमा मात्र घर बनाउन पाइने र अन्य स्थानमा बसाँइसराई गरेर जाने व्यक्तिले घर बनाउन नपाउने व्यवस्था भएका कारण पनि कतिपयले सो रकम फिर्ता गर्न बाध्य भएका हुन् । गाउँ छोडेर सदरमुकाम वा अन्य शहरमा जग्गा भएपनि त्यहाँ घर बनाउन अनुदान नपाउने भएपछि रकम फिर्ता गर्नुपरेको हो । राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला समन्वय समितिको सचिवालयका प्रमुख सागर आचार्यले भने “कतिपय मानिसहरुले निजी निवास निर्माण गर्न सरकारले दिएको अनुदान पहिलो किस्ता लिएर पनि घर नबनाउने सोचमा भएपछि सरकारी सुविधा कटौती हुने डरले पैैसा फिर्ता गर्न लागेका छन्, जुन राम्रो कुरा हो ।” भूकम्प पीडितहरु निजी निवास निर्माणका लागि लिएको रकम फिर्ता गर्नुपर्ने देखिएपछि तत्काल घर बनाउने वा पैसा फिर्ता गर्ने भन्ने विषयमा सोच्न थालेका छन् । सरकारले निजी आवास निर्माणका लागि आगामी असार मसान्तसम्म दोस्रो किस्ता लिन पाउने व्यवस्था गरेको हुनाले पीडितलाई थप सहज भएको छ । रासस
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २० गते, २०७८ - १०:२१
काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना ग...
बैशाख २० गते, २०७८ - ०७:२४
काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...
बैशाख २० गते, २०७८ - ०७:१७
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
बैशाख १९ गते, २०७८ - १६:०६
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
बैशाख १९ गते, २०७८ - १३:४८
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
बैशाख १९ गते, २०७८ - १०:३१
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...
बैशाख १९ गते, २०७८ - १०:२६
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ । पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...
बैशाख १९ गते, २०७८ - ०९:५१
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
बैशाख १९ गते, २०७८ - ०९:४७
चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले स्थलगत अध्ययन तथा छलफल गरेको छ । चितवनबाट प्रतिनिधित...
बैशाख १९ गते, २०७८ - ०९:४०
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...




प्रतिकृया लेख्नुहोस्: