गौतमबुद्धको जन्मस्थल लुम्बिनीमा तीन दिनको कार्यक्रमको लागि चार करोड रुपियाँ खर्च गरेर सभाहल निर्माणको काम अहिले धमाधम भइरहेको छ । वैशाख १५ देखि १६ गते सम्म हुने अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन र त्यसको अर्को दिन पर्ने बुद्ध जयन्तीको लागि रातारात निर्माण गरिँदै आएको उक्त सभाहल सम्भवत: ती कार्यक्रम सकिएलगत्तै भत्काउन सुरु गरिने छ ।
किनकि पुरातत्त्वविद्हरूका अनुसार सो सभाहलको निर्माण लुम्बिनी गुरुयोजना विपरीत छ । दुई वर्षअगाडि बुद्ध जयन्तीको अघिल्लो दिन परेको पानी र हावाहुरीले कार्यक्रमका लागि टाँगिएका सबै पालहरू ढलेको देखेका त्यो बेलाका प्रमुख अतिथि प्रधानमन्त्री केपी शर्मा ओलीले त्यतिनै खेर सरकारले त्यहाँ अब ५ हजार मानिस बस्न मिल्ने सुविधासम्पन्न सभाहल बनाउने घोषणा गरे । तर दुई वर्षसम्म सभाहलको चर्चा, चर्चामै सीमित भयो । करिब एक महिनाअघि लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्नका लागि सहयोग माग्दै लुम्बिनी विकास कोषका पदाधिकारीहरू जब उनै प्रधानमन्त्री केपी ओलीकहाँ पुगे तब ओलीले एकमुष्ठ ६ करोड रुपियाँ दिने बताउँदै सभाहल समेत निर्माण गर्न निर्देशन दिए । त्यसपछि रातारात अस्थायी सभाहल निर्माणको काम सुरु भयो । लुम्बिनी विकास कोषका उपाध्यक्ष अवधेश कुमार त्रिपाठी भन्छन्, \"सन् २०१६ मा पाहुनाहरूलाई हिलोमा राखेर काम गरेको देखेर प्रधानमन्त्री भावुक हुनुभयो । उहाँले पाँच हजार मानिस अट्ने सभाहल बनाउने घोषणा गर्नुभएको थियो । सोही मर्मअनुसार यसपालि उहाँ प्रधानमन्त्री भएपछि कम्तीमा तीन हजार मानिस अट्ने हल बनाउने भनेर सेना लगाएर बनाउँदै गरेका छौँ ।\" तर सो स्थानमा निर्माण गरिएको हल लुम्बिनी गुरुयोजना अनुसार नभएकोले गुरुयोजना अनुसार जाने हो भने त्यसलाई भत्काउन पर्ने लुम्बिनीमा लामो समय काम गरेका वरिष्ठ पुरातत्वविद् वसन्त बिडारी बताउँछन् । \"गुरुयोजनाअनुसार त्यो ठाउँमा ऊ थान्त स्मारक हल बन्नु पर्छ। यो त केवल अस्थायी हो । अब यत्रो खर्च गरेर बनाइँदैछ तर योजनाअनुसार गर्ने हो भने यो भत्काउनुपर्छ,\" बिडारीले बताए । नेपाली सेनाले सभाहल निर्माण गर्दै गर्दा त्यहीँ नजिकै अर्को स्थायी सभाहल बनाउने भन्दै विकास कोषले करिब २७ करोड रुपैयाँमा ठेक्का समेत दिइसकेको छ । त्यसको शिलान्यास बुद्ध जयन्तीका दिन प्रधानमन्त्री केपी ओलीले गर्ने बताइएको छ । जानकारहरूका अनुसार अहिले जुन स्थानमा सभाहलको लागि चार करोड रुपैयाँ खर्च गरिएको छ, त्यो खर्चमा गुरुयोजनाको क्षेत्रभन्दा बाहिर सभाहल बनाएको भए भत्काउन पनि नपर्ने र त्यसको प्रयोग लामो समयसम्म पनि गर्न सकिने अवस्था हुन्थ्यो । तर उनीहरूका अनुसार प्रधानमन्त्रीको निर्देशन पालना गर्ने नाममा लुम्बिनी विकास कोषले फेरि अर्को बेथितिको उदाहरण प्रस्तुत गरेको छ । बीबीसी
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २० गते, २०७८ - १०:२१
काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना ग...
बैशाख २० गते, २०७८ - ०७:२४
काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...
बैशाख २० गते, २०७८ - ०७:१७
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
बैशाख १९ गते, २०७८ - १६:०६
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
बैशाख १९ गते, २०७८ - १३:४८
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
बैशाख १९ गते, २०७८ - १०:३१
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...
बैशाख १९ गते, २०७८ - १०:२६
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ । पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...
बैशाख १९ गते, २०७८ - ०९:५१
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
बैशाख १९ गते, २०७८ - ०९:४७
चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले स्थलगत अध्ययन तथा छलफल गरेको छ । चितवनबाट प्रतिनिधित...
बैशाख १९ गते, २०७८ - ०९:४०
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...




प्रतिकृया लेख्नुहोस्: