Khabar Dabali २८ चैत्र २०८२ शनिबार | 11th April, 2026 Sat

धरहराबाट खसेकी रमिलाको अठोट ‘अब जीवनमा केही गर्नैपर्छ’

कुरा गर्दागर्दै रमिला श्रेष्ठ एकछिन टोलाउँथिन् र हामीलाई भनिरहन्थिन्– ‘मलाई पहिलाको कुरा धेरै नगर्नु न डर लाग्छ ।’ उनको अनुहारमा तनावका धर्सा देखिएपछि हामीले पनि भूकम्पका विषयमा उनलाई धेरै सोध्न उचित ठानेनौँ । तर, कुरा गर्दै जाँदा उनी आफैँ प्रसंग निकाल्थिन् र सन्दर्भ लम्बिँदै जान्थ्यो । तीन दिनअघि उनले फेरि भूकम्प गएको सपना देखिन् । यो तीन वर्षमा उनले भूकम्प गएको सपना सयौँपटक देखिसकिन् । बिहानपख उनलाई बेस्सरी खाट हल्लिएजस्तो हुन्छ र उनी असिनपसिन हुँदै उठ्छिन् । ‘म भूकम्प गएको सपना देखिरहन्छु, तीन दिनअघि पनि देखेकी थिएँ । सपनामा खाट हल्लिएजस्तो लाग्छ,’ आफूले बारम्बार देख्ने सपना सम्झिँदै उनले सुनाइन्, ‘त्यस्तो सपना देख्दा अबचाहिँ बाँच्दिनँ किजस्तो पनि लाग्छ ।’ भूकम्पको सपना उनी प्रायः बिहानपख देख्छिन् । सपनाबाट ब्युँझिएपछि उनलाई असाध्यै डर लाग्छ र फेरि निदाउनै सक्दिनन् । बारम्बार देखिने त्यही सपनाले उनलाई लखेटिरहन्छ । ‘यस्तो सपना कहिल्यै नदेखिए पनि हुन्थ्यो भन्ने लाग्छ, तर देखिरहन्छु,’ उनी भन्छिन् । ०७२ वैशाख १२ गते उनी साथीसँग धरहरा चढ्न पुगिन् । धरहराको टुप्पोबाट फेदमा मान्छेहरू किरिङमिरिङ देखिन्थे । गाडीको गोलाकार धर्सो टुँडिखेललाई केन्द्र पारेर चलायमान थियो । रामेछापबाट काठमाडौं घुम्न आएकी उनलाई धरहरामाथिबाट काठमाडौं हेर्दा मज्जा लाग्यो । तर, धरहराको माथिल्लो उचाइबाट काठमाडौं हेर्दा लागेको खुसी धेरै बेर टिक्न सकेन । एक्कासि हावा चलेजस्तो लाग्यो, उनी थुचुक्कै भुइँमा बसिन् । त्यसपछि के भयो उनलाई थाहा छैन । होसमा आउँदा बेस्सरी घामले पोलेजस्तो भयो । भित्र कहाँ–कहाँ पीडा भएजस्तो, मुख सुकेजस्तो लागेको थियो । फेरि धुम्म भयो । छिनछिनमा होस आउँदै–जाँदै गरेको थियो । होसमा आएका वेला खुट्टा पसारेर बसेको अवस्थाको सम्झना छ, उनलाई । खुट्टा चलाउन खोजिन्, तर सकिनन् । खुट्टा चल्दै चलेन । आफ्नो खुट्टा भाँचिएको थाहा पाउन उनलाई धेरै बेर लागेन । ‘ला यस्तो भयो, अब ममी–ड्याडीले मार्नुहुन्छजस्तो लाग्यो, एकदमै डर लागेको थियो,’ तीन वर्षअघिको घटना सम्झिँदै उनले भनिन् । एकैछिनमा उनलाई कसैले वीर अस्पताल पुर्‍यायो । कसले लग्यो उनलाई अझैसम्म थाहा छैन । साँझपख एकजना दिदीले दिउँसोको घटना सम्झाएपछि बल्ल भूकम्प गएको र आफू धरहराबाट खसेर पनि बाँच्न सफल भएको उनलाई थाहा भयो । ‘त्यसपछि यति धेरै खुसी भएँ कि भन्नै सक्दिनँ, धरहराबाट खसेर पनि बाँचेको कुराले मलाई दोस्रो जुनी पाएजस्तै लाग्यो,’ उनले सुनाइन् । भूकम्पपछिको एक वर्ष भने सुखद रहेन, उनको । भाँचिएको खुट्टा निको भएन । दुवैतर्फ काखीमा वैशाखी च्यापेर जसोतसो घरवरपर डुल्न त सक्थिन्, तर धेरै टाढा हिँड्न सकिनन् । खुट्टामा राखेको स्टिल हल्लिन थालेपछि उनलाई अब कहिल्यै खुट्टा निको हुँदैन जस्तै लाग्यो । ‘मेरो अप्रेसन बिग्रिएछ, हिँड्दा खुट्टामा राखेको स्टिल हल्लिन्थ्यो, डाक्टरले ६–७ महिनामा निको हुन्छ भनेका थिए, तर निको भएन,’ उनले भनिन्, ‘त्यो एक वर्ष म रोईरोई बाँचेँ, नरोएको दिन नै हुँदैनथ्यो ।’ एक वर्षपछि उनलाई निको भयो । काखीबाट वैशाखी उत्रियो । त्यसपछि भने उनलाई विछट्टै खुसी लाग्न थाल्यो । ‘भाग्य’ले दोस्रो जुनी पाएको ठानेकी उनलाई जीवनमा केही गर्नैपर्छ भन्ने लाग्छ । ‘यत्रा मान्छे मर्दा पनि म बाँचेकी छु, जीवनमा केही गर्नैपर्छजस्तो लागेको छ,’ उनी भन्छिन् । घाइते भएर उनी एक वर्ष ओछ्यान परिन् । पढाइ छुट्यो, साथीहरू छुटे । भूकम्प जाँदा १७ वर्षकी उनी रामेछापकै सेतीदेवी उच्च माविमा ९ कक्षामा पढ्दै थिइन् । काठमाडौं घुम्न आएको समयमा दुर्घटनामा परिन् । त्यसपछि बुबासँगै काठमाडौंमा बस्न थालिन् । बाफलको अमरज्योति उच्च माविमा भर्ना भइन् । यसपालि एसइई परीक्षा दिएकी उनी एसइई पास भएपछि ‘बिजनेस म्यानेजमेन्ट’ पढ्ने सोचमा छिन् । लक्ष्यचाहिँ सरकारी जागिर खाने छ, उनको । ‘मलाई जे पनि गर्न सक्छुजस्तो लाग्न थालेको छ, सरकारी जागिर खाने इच्छा छ,’ रमिलाले आफ्नो लक्ष्य सुनाइन् । रमिला धेरै बोल्दिनन् । सोधेको प्रश्नको उत्तर पनि फारु गरेर फर्काउँछिन् । उनलाई मान्छेहरूसँग धेरै कुरा गर्न मन पर्दाे रहेनछ । भूकम्पको कुरा गर्न त झनै मन पर्दैन । धरहरा सम्झिँदा मात्र पनि डर लाग्छ । उनको दाहिने कन्चटमा लामो चोट छ । ऐनामा चोट देख्दा उनलाई रिस उठ्छ । ‘ ऐनामा यो चोट हेर्दा मलाई एकदमै रिस उठ्छ,’ चोटतिर औँल्याउँदै उनले भनिन् । जति उनलाई दाहिने कञ्चटको चोट मन पर्दैन, त्यसभन्दा बढी भूकम्पसँग जोडेर आफ्नो चर्चा गरेको झनै मन पर्दैन । तर, उनी जहाँ जान्छिन्, आफन्त र साथीहरूले ‘भूकम्पमा बाँचेकी केटी’ भनेर उनको परिचय गराउँछन् । यसरी परिचय गराउँदा उनलाई मान्छेहरूले अर्कै ग्रहकी बासिन्दाझैँ गरेर ट्वाल्ल परेर हेर्छन् । आश्चर्यको भाव बोकेर आफूतर्फ तेर्सिएका आँखाहरू उनलाई पटक्कै मन पर्दैन । बरु उनलाई जीवनमा यस्तो प्रगति गर्न मन छ कि उनको प्रगति सुनेर खोज्दै जाँदा मान्छेहरूले थाहा पाऊन्– यत्रो प्रगति गर्ने केटी त धरहराबाट खसेर बाँचेकी त्यही रमिला पो रहिछे ! ‘मलाई एकदम राम्रो काम गरेर चर्चित हुन मन छ, भूकम्पबाट बाँचेकी केटी भनेर चर्चित हुन चाहन्नँ,’ उनी भन्छिन्, ‘बरु मैले राम्रो काम गरेर चर्चित भइसकेपछि थाहा पाऊन् न, भूकम्पमा धरहराबाट खसेर पनि बाँचेकी केटी यही रहिछ भनेर ।’ आफूतर्फ फर्किने आश्चर्य भरिएका ठूला–ठूला आँखादेखि उनी आजभोलि दिक्दार छिन् । त्यसै दिन धरहराबाट खसेर बाँचेका आमा–छोरीसँग उनको केही दिनअघि भेट भयो । आफूजस्तै धरहराबाट खसेर बाँचेका उनीहरूलाई देख्दा रमिलालाई खुसी लाग्यो । सामान्य सन्चो–विसन्चो भन्दा धेरै कुरा भएन । ‘मलाई भूकम्पबाट बाँचेका मान्छेहरूको कुरा सुन्न त्यति मन लाग्दैन । डर लाग्छ, सकभर त्यो कुरा कसैले नसम्झाइदिए हुन्थ्यो,’ उनी भन्छिन् । रमिलाको मनमा भूकम्पपछि लगातार उनका बारे आएका समाचार गढिरहेका छन् । रमिलासँगै धरहरा घुम्न गएका सञ्जीव श्रेष्ठ र उनको प्रेमकहानी सञ्चारमाध्यममा बेस्सरी छायो । त्यसले उनलाई अहिलेसम्म पनि पीडा दिन्छ । त्यही समय आएका समाचारका कारण अहिले पनि धरहराबाट खसेर बाँचेकी रमिला मै हुँ भन्ने आँट उनलाई आउँदैन रे ! प्रेम चर्चाका कारण आफ्नो पारिवारिक र सामाजिक जीवनमा समस्या आएको गुनासो गर्छिन्, उनी । ‘त्यो वेला के बोल्ने के नबोल्ने भन्ने धेरै थाहा थिएन,’ उनी भन्छिन्, ‘सञ्जीव मेरो भिनाजुको भाइ हो । त्यस दिन हामी घुम्न गएका थियौँ । अहिले ऊ पनि व्यस्त छ । म पनि व्यस्त छु, हाम्रो भेट हुँदैन ।’ रमिलाले सञ्जीवका बारेमा कुरा गर्न नपाइने सर्त हामीलाई पहिल्यै राखेकी थिइन् । हामीले उनको सर्तलाई स्वीकार गरेका थियौँ । कुराकानीका क्रममा उनी आफैँले सञ्जीवसँग जोडिएर आएका समाचारले आफूलाई कसरी असर गर्‍यो भनेर सुनाइन् । ‘त्यो वेला हामी छुट्टाछुट्टै थियौँ, उसले एउटा कुरा भनेछ मैले अर्कै भनेकी थिएँ । बाहिर समाचार बढाइ–चढाइ गरेर आयो,’ उनले गुनासो पोखिन् । उनी धार्मिक स्वभावकी छिन् । हरेक मंगलबार व्रत बस्छिन् । उनलाई भगवान्प्रति अगाध आस्था छ । भगवान्कै कारण आफू धरहराबाट खस्दा पनि बाँचेको विश्वास छ, उनलाई । उनले आफ्नो सपनाको साक्षी भगवान्लाई राखेकी छिन् । ‘मलाई भगवान्मा एकदमै ठूलो विश्वास छ । भगवान् भएरै म बाँचेकी हुँजस्तो लाग्छ,’ उनले आफ्नो भगवान्मोह सुनाइन् । ठूलो भवितव्य टरेर बाँचेकी उनी अब जिन्दगीमा केही गर्ने अठोटमा छिन् । भूकम्पबाट बाँचेकी केटी मात्र होइन, आफैँमा रमिला केही हो भन्ने स्थापित गरेरै छाड्ने अठोट उनको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending