Khabar Dabali २८ चैत्र २०८२ शनिबार | 11th April, 2026 Sat

तीन वटै राप्रपा फेरि एक हुँदै, पार्टी एकीकरणका लागि छलफल

काठमाडौं । तीन भागमा विभाजन भएको राष्ट्रिय प्रजातन्त्र पार्टी एकीकरण गर्ने अनौपचारिक पहलकदमीमा नेताहरू लागेका छन् । स्थानीय तह, प्रदेश सभा र प्रतिनिधिसभा निर्वाचनको मुखैमा राप्रपा तीन चिरा भएको थियो । पार्टी विभाजनका कारण राप्रपाले अप्रत्याशित हार व्यहोरेको भन्दै प्रजातान्त्रिक शक्ति बलियो बनाउन एकजुट हुनुपर्ने धारणा तीनवटै राप्रपाका नेताले बताउँदै आएका थिए । पछिल्लो समय राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपतिशमशेर राणा, राप्रपा वरिष्ठ नेता लोकेन्द्रबहादुर चन्द र राप्रपाकै उपाध्यक्ष बुद्धिमान तामाङ तीन चिरामा विभक्त पार्टी जुटाउने पहलकदमीमा लागेका हुन् । उनीहरूबीच चन्द निवास लोकन्थलीमा तीनपटक अनौपचारिक वार्ता भइसकेको स्रोतले बतायो । राप्रपा स्थापना भएको १५ जेठमा पार्टीलाई एकढिक्का बनाउने गरी नेताहरूले प्रयास थालेका हुन् । राप्रपा १५ जेठ ०४७ मा स्थापना भएको थियो । आजको नयाँ पत्रिकामा समाचार छ । राप्रपा प्रजातान्त्रिकका अध्यक्ष राणाले आफू तीन धारको राप्रपालाई एकढिक्का बनाउन लागिरहेको बताए । ‘पार्टीको तीन धार एक बनाउने प्रयत्नमा म छु,’ उनले भने, ‘पार्टीलाई पुनः एक बनाउनुपर्छ भन्नेमा नेताहरू सकारात्मक हुनुहुन्छ ।’ स्रोतका अनुसार लोकेन्द्रबहादुर चन्दलाई अध्यक्ष बनाउने, नभए चार नेता सम्मिलित अध्यक्षमण्डल बनाएर अघि बढ्ने विकल्पमा नेताहरूबीच छलफल चलिरहेको छ । मुलुकको प्रधानमन्त्री बनिसकेको र उनी नेतृत्वको मन्त्रिपरिषद्मा राप्रपा अध्यक्ष कमल थापा, एकीकृत राप्रपा राष्ट्रवादीका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनी र राप्रपा प्रजातान्त्रिकका अध्यक्ष राणा मन्त्री रहेकाले चन्दलाई अध्यक्ष मान्न अन्य नेताहरूलाई अप्ठ्यारो नपर्ने भन्दै अध्यक्ष बन्न प्रस्ताव गरिरहेका छन् । त्यो विकल्प सम्भव नभएमा चन्द, राणा, थापा र डा. लोहनी रहेको अध्यक्षमण्डल बनाएर अघि बढ्ने र १५ जेठमा पार्टी एकीकरण गर्ने गरी छलफल चलिरहेको छ । तर, दुवै विकल्पमा डा.लोहनी र थापाले नमानेकाले औपचारिक वार्ता गर्न केही ढिलाइ भइरहेको नेताहरू बताउँछन् । सबै प्रजातान्त्रिक शक्ति मिल्नुपर्छ : राणा राप्रपाको तीन धार मिल्दै प्रजातान्त्रिक शक्ति बलियो नबन्ने राणाको भनाइ छ । अहिलेको वाम गठबन्धनलाई टक्कर दिने प्रजातान्त्रिक शक्ति निर्माणका लागि राप्रपाको तीन धारसँगै कांग्रेस र मधेसकेन्द्रित दल पनि मिल्नुपर्ने उनले बताए । ‘लोकतान्त्रिक शक्ति बलियो बन्नुपर्छ, त्यसका लागि राप्रपाका तीन धार मिलेर मात्र हुँदैन, कांग्रेस र मधेसकेन्द्रित दल पनि मिल्नुपर्छ,’ राणाले भने, ‘अब हामी कांग्रेस र मधेसकेन्द्रित दलसँग पनि यस विषयमा छलफल गर्छौं ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending