Khabar Dabali २८ चैत्र २०८२ शनिबार | 11th April, 2026 Sat

मोदीलाई नागरिक अभिनन्दन गर्न जनकपुरमा तयारी

काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी दुईदिने भ्रमणका लागि २८ वैशाखमा नेपाल आउने कार्यतालिकाअनुसार तयारी सुरु भएको छ । यद्यपि, भ्रमण मितिको औपचारिक टुंगो भने लागेको छैन । प्रदेश २ सरकारले जनकपुरमा मोदीको नागरिक अभिनन्दन गर्ने तयारी गरेको छ । जानकी मन्दिरमा उनले विशेष पूजाअर्चना गर्ने कार्यतालिका छ । आजको नयाँपत्रिका दैनिकमा खबर छ– ‘भ्रमणको मिति औपचारिक रूपमा आएको छैन, तर हामी २८ वैशाख बिहानै मोदीजीलाई जनकपुरमा स्वागत गर्ने तयारीमा छौँ,’ प्रदेश सरकारका भौतिक पूर्वाधारमन्त्री जितेन्द्र सोनालले नयाँ पत्रिकासँग भने, ‘बिहान ९ बजे उहाँको सम्मानमा नागरिक अभिनन्दन गर्ने जिम्मा प्रदेश सरकारले लिएको छ । जनकपुर भ्रमणको सबै व्यवस्थापन हामी लिन्छौँ । तर, त्यही मितिमा उहाँ आउने हो कि होइन भन्नेचाहिँ तय हुन बाँकी छ ।’ मोदीको सम्भावित भ्रमण व्यवस्थापनका विषयमा मंगलबार परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले मन्त्रालयका सचिव, सहसचिवसँग छलफल गरेका थिए । शिष्टाचार अधिकारीले मोदीको सम्भावित भ्रमणबारे ब्रिफिङ गरेका थिए । मोदीले नेपाली समकक्षी केपी शर्मा ओलीसँग २९ वैशाखमा भेटवार्ता गर्ने गरी कार्यतालिका बनिरहेको छ । मोदीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेट गर्ने तथा मोदीसँग पूर्वप्रधानमन्त्री तथा राष्ट्रिय राजनीतिक दलका शीर्ष नेताले भेटवार्ता गर्ने कार्यतालिकामा छलफल भइरहेको छ । प्रधानमन्त्री मोदीको यो तेस्रो औपचारिक भ्रमण हुनेछ । उनी ०७१ साउन १८ र १९ मा राजकीय भ्रमणमा आएका थिए भने सोही वर्ष मंसिर ९ देखि ११ सम्म सार्कको १८औँ शिखर सम्मेलनमा सहभागी हुन आएका थिए । ९ मंसिरमा मोदी जनकपुर जाने कार्यक्रम भए पनि सुरक्षाका कारण स्थगित भएको थियो । उनलाई स्वागत गर्न तत्कालीन भौतिक योजना तथा निर्माणमन्त्री विमलेन्द्र निधि जनकपुर पुगेका थिए, तर मोदी नआउने तय भएपछि १० मंसिरमा फर्केका थिए । मोदीको सुरक्षामा कमी हुँदैन स् सेना सेनाले मोदी भ्रमणका लागि सुरक्षाको तयारीमा कमी नहुने बताएको छ । सैनिक प्रवक्ता सहायकरथी गोकुल भण्डारीले भने, ‘भिभिआइपी भ्रमणका वेला सुरक्षा व्यवस्था सेनाले नै गर्ने हो, हामी तयारी अवस्थामा छौँ । तर, औपचारिक रूपमा हामीलाई यो मितिमा भ्रमण हुन्छ भन्ने खबर आइसकेको छैन ।’ प्रधानमन्त्री मोदीले यसअघि संविधानसभालाई सम्बोधन गरेका थिए । यसपटक त्यस्तो कार्यक्रम राखिएको छैन । उनले पशुपति मन्दिर दर्शन गर्ने–नगर्ने पनि अझै तय भएको छैन । तर, पशुपतिनाथमा मोदीले घोषणा गरेको सहयोगका आधारमा धर्मशाला निर्माण कार्य यतिवेला धमाधम भइरहेको छ । मोदीको नेपाल भ्रमणमा अरुण तेस्रो जलविद्युत् परियोजनाको शिलान्यास हुनेछ । स्रोतका अनुसार काठमाडौंमा स्विच दबाएर शिलान्यास गर्ने कार्यक्रम छ । प्रदेश सरकारको आयोजनामा अभिनन्दन स् जितेन्द्र सोनल, भौतिक पूर्वाधारमन्त्री ९प्रदेश २० भ्रमणको मिति औपचारिक रूपमा आएको छैन, तर हामी २८ वैशाख बिहानै मोदीजीलाई जनकपुरमा स्वागत गर्ने गरी तयारीमा छौँ । बिहान ९ बजे उहाँको सम्मानमा नागरिक अभिनन्दन गर्ने जिम्मा प्रदेश सरकारले लिएको छ । जनकपुर भ्रमणको सबै व्यवस्थापन हामी लिन्छौँ । तर, त्यही मितिमा उहाँ आउने हो कि होइन भन्नचाहिँ तय हुन बाँकी छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending