Khabar Dabali २२ फाल्गुन २०८२ शुक्रबार | 6th March, 2026 Fri
Investment bank

दैवीप्रकोप कोषमा एशियाली विकास बैंकको ३० लाख डलर

काठमाडौं, प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सोमबार एशियाली विकास बैंक, सूर्य नेपाल ,एभरेष्ट बैंक र सिल्भर हेरिटेजले सहयोग रकम प्रदान गरेका छन् । सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा सम्बन्धित संस्थाका प्रतिनिधिहरुले प्रधानमन्त्री सुशील कोइरालालाई सो रकम हस्तान्तरण गरेका हुन् । एशियाली विकास बैकका कन्ट्री डाइरेक्टर केनिची योकोयामाले बैंकका तर्फबाट दिइएको ३० लाख डलर सहयोग प्रधानमन्त्री कोइरालालाई हस्तान्तरण गरेका थिए । सो अवसरमा प्रधानमन्त्री कोइरालाले नेपालमा अप्रत्याशित रुपमा आएको विकाशकारी भूकम्पबाट पीडित भएका नेपालीहरुलाई सहयोग गरेकोमा एशियाली विकास बैंकलाई धन्यवाद दिए । सो अवसरमा नेपालका आवासीय राष्ट्रिय प्रतिनिधि योकोयामाले एशियाली विकास बैंकका अध्यक्ष ताकेहिको नाकाओले नेपालमा आएको विनाशकारी भूकम्पमा परी मृत्युवरण गरेका नेपाली र भएको क्षतिप्रति दुःख व्यक्त गर्दै प्रभावित नेपालीहरुप्रति सहानुभूति र स्वजन गुमाएका परिवारप्रति समवेदना प्रकट गरेको समवेदना सन्देश पनि हस्तान्तरण गरे । सो सन्देशमा अध्यक्ष नाकाओले यस दुःखद घडीमा एशियाली विकास बंैक नेपाली जनता र सरकारको साथ रहेको उल्लेख गर्दै भूकम्पको क्षतिको विवरण लिएपछिका राहत, पुनस्र्थापना र पुनर्निर्माणमा सहयोग गर्ने विश्वास दिलाए । सो कार्यक्रममा अर्थमन्त्री डा. रामशरण महत, प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार सुबीर खनाल, परराष्ट्र सल्लाहकार डा.दिनेश भट्टराइ,अर्थसचिव सुमन शर्मा, राष्ट्रिय योजना आयोगका सदस्य डा. स्वर्णीम वाग्ले लगायत उपस्थित थिए । सूर्य नेपालको १० करोड सोबारै प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा  सूर्य नेपालका तर्फबाट १० करोड रुपैयाँ प्रदान गरिएको छ । कम्पनीका कार्यकारी अधिकृत रवि केसीले रु १० करोडको चेक प्रधानमन्त्रीनिवास बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री कोइरालालाई हस्तान्तरण गरेका थिए । एभरेष्टले दियो ५० लाख त्यसैगरी सोमबार नै एभरेष्ट बैंकले प्रधानमन्त्री राहत कोषमा ५० लाख रुपैयाँ प्रदान गरेको छ । बैकका सञ्चालक समितिका सदस्य डा. बालगोपाल वैद्यलगायतले सो रकमको चेक प्रधानमन्त्री सुशील कोइरालालाई हस्तान्तरण गरेका हुन् । सो अवसरमा प्रमुख कार्यकारी अधिकृत एके अहलुवालिया पनि उपस्थित थिए । सिल्भर हेरिटेजको २२ लाख सोमबार नै प्रधानमन्त्री राहत कोषमा सिल्भर हेरिटेज प्रालिले प्रधानमन्त्री राहत कोषमा २२ लाख रुपैयाँ प्रदान गरेको छ । कम्पनीका ह्यूह होल्मले सो रकमको चेक प्रधानमन्त्री कोइरालालाई हस्तान्तरण गरेका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE