Ntc summer Offer
Khabar Dabali २५ बैशाख २०८१ मंगलवार | 7th May, 2024 Tue
NIMB

स्वास्नीमान्छे

हजार सपनाहरुको माया लागेर आउँछ…….’ यो सदाबहार गीतसँगै उसका आँखा खुल्थे । खै किन हो, सानैदेखी उसलाई यो गीत विशेष मनपर्थ्यो । त्यसैले त अलाम टोनदेखि रिङ्गटोनसम्म यसैको बर्चस्व थियो । आफन्त, साथी र प्रेमीले सम्झनु/नसम्झनुसँग पनि यही जोडिन्थ्यो । अझ पछिल्लो समयमा त यसले व्यापक अर्थ राख्न लाग्यो  । त्यसो त बडो रोमान्टिक पाराकी केटी ऊ, हरकुरालाई हेर्ने/बुझ्ने आफ्नै अन्दाज थिए उसका । “अरे मलाई कलेज आउँन मन छैन, म आउँदिन पनि, किन कराइरहन्छौ हँ ? …..सबैलाई भनिदेऊ कि पुर्णिमा गाउँ फर्किसकी, उसलाई बारबार फोन गरेर डिष्ट्रब नगर ।” मोवाइल भाइब्रेसनलाई प्रेमीको ढुकढुकीसँग तुलना गर्ने ऊ,एकाएक उही स्वर र उही ढुकढुकसँग कायल देखिई । समय गतिशिल छ । त्यसैले चाहना र भोगाइ सदैव एउटै नरहन सक्छ । तर समय भन्दा पनि छिटो, एकाएक उसको दैनिकी बदलिँदै गयो, ब्यबहार अनौठो हुँदै थियो । सधैं समय मै कलेज पुग्ने पूर्णिमा भ्रमणबाट फर्केदेखि कलेज जाँदै गइन,फोन र सन्देशका उत्तर पनि नदिएर बेखबर बसिदिई । स्पष्ट अनुभब गर्न सकिन्थ्यो, ऊ अस्वभाविक थिई । कयौंबेर, चिसिएका नजरहरु झ्यालबाहिर फ्याँक्दै कोठाको चारदिवारभित्रै चक्कर लगाउँदैरही ऊ । सडक सधैं झैं ब्यस्त थियो, मान्छेको झुण्ड उस्तै । तँछाडमछाड, गाडीको लस्कर, जाम सबै उस्तैउस्तै । जित्ने रफ्तारमा दुनियाँ दौडँदो थियो । कस्तो अचम्म ! यत्रो भीडमा रहेर पनि ऊ एक्ली थिई, बिल्कूल  एक्ली । मन बहलाउने बहानामा प्रजातन्त्रको भित्तो काट्दै आकाशेपूलतर्फ पाइलाहरु मोडिए । मायालु जोडी, थकाएका बटुवा, बालबालिकाका झुण्ड रत्नपार्कको भीडभाड हेर्न लायक थियो । एक कुनामा ऊ पनि टुसुक्क बसी तर गुलाफको बोटनेर ओझेल परेका एक जोडीको मातक हाँसो, बेतुकका प्रेम प्रसङ्ग र असहज सामित्यताले त्यहाँ पनि अडिन दिएन । लाज, घृणा र छट्पटीमा पिच्च थुक्दै गर्दा पाइलाहरु पुनः जुर्मुराए ।  आफ्नै सुरमा चप्पल बजार्दै हिडेकी ऊ, सामसुङ्ग कम्पनिको विज्ञापन / मस्किरहेकी निरुता र चिया / सम्मोहनकारी मुस्कानमा राजेश र चाउचाउ / झिमझिम बल्दैनिम्भै गरेको ह्विस्कि र चुरोटका हाडिङबोर्डहरु काट्दै धेरै वर आइपुगी । ठ्वाक्क गोडामा ठेस लाग्दा ज्ञात भएथ्यो, ठमेलको ओरालोमा रगतका थोपाहरु तपतप चुहिँदै थिए । जीवनहीन आँखा बोकेर उस्तै पैतला घिसार्दै ढीलो गरी कोठामा फर्किई ऊ । को–को भेट्न आएका, फोनका कुरा, केके–केके कुराको एउटा डोको नै घोप्ट्याइदिइन् निरमाया दिदीले । आफ्नो मनोदशा नै विग्रिएको बेला यस्ता कुराहरुको के मतलब हुन्थ्यो र ? एउटा कुरा भने राम्रै लाग्यो, गाउँमा बाबाआमाले सत्यनारायणको पूजा राख्नुभएकोले घर आउनु भन्नुभएछ । शहर छाडिदिने गहकिलो बाहानामा भोलिपल्ट बिहानै निस्किई ऊ । शान्ति प्रकृयाले पूर्ण निकास नपाएपनि समय शान्तिउन्मुख हुदैं थियो, छापामार बनेर युद्धमा होमिएको दाजु घर फर्किएको थियो । काफल पाकेको संकेतको काफल पाक्यो, काफल पाक्यो, झरनाका झंकार, खेतबारी करेसामा टुकटुक गरिरहेका गाँउले, बालापनको थोरै चञ्चलता फिर्तामा मिल्यो । घरमा पूजाको रौनक थियो । कमला भाउजु सधैं झैं रौसिएर अचार मथिरहेकी रहेकी रहिछन् । ’वाह ! लब्सीको अचार ?’ आफ्नै मनले तत्काल नमीठो झापड दियो, ’पूर्णिमा अचारप्रतिको आशक्ति पक्कै शुभ संकेत हैन ।’ मन अचारभन्दा बेशी अमिलियो, बेचैनीका बेहिसाव आक्रमण सुचारु भए । गाँउ पुगेपिच्छे घरघर डुल्नैपर्ने ऊ, यसपाला चुपचाप दलानमा थन्किरही । मन खुसी भए न परिबेश खुल्ने रहेछ । मनै मडारिइरहेको थियो, हल्लिरहेको थियो । ऊ भित्रै भूइचालोको केन्द्रबिन्दु थियो कि ? जलिरहेकी थिई ऊ अनौठो पीडामा, भयानक द्धन्द्धमा । सहिनसक्नु उकुसमुकुसले नवप्रभात ब्युँझिन नपाउँदैं शहर फिर्तीयात्रा तय गरिदियो । निस्कँदा निस्कँदै, नजरहरु पहिले परिबेश अनि सेतै कपाल फुलेकी बूढी हजुरआमामा गएर गढे । आमाबाबासँग आँखा जुधाउने हिम्मत बाँकि रहेन, निहुरिँदै बसतर्फ दगुरी ऊ । मनभरि सपना, तिक्तता, घृणा र हीनताले सिगौंरी खेलिरहेका थिए । हे भगवान् ! यो बस पल्टिदिए पनि त हुने । रुखमा उक्लनु / बस चढ्नु / पूल तर्नु….. भन्दा अगाडी रक्षा गर प्रभु भन्ने आमाकी आज्ञाकारी छोरीले कामना गरी । दिदी ! आमाले साथी लगाएर पठाएकी सानी बहिनीको सम्बोधनले उसका नौनाडी गलेर आए । मान्छेले बिकल्पको खोजीमा विसंगति पनि रोज्दो रहेछ, तर्कनै तर्कनामा बसपार्क आइपुग्यो । सडक किनारका होडिङबोर्डहरु उस्तै चमकधमकमा थिए । नयाँ फिल्मको नयाँ पोष्टर थपिएको थियो । बिदेसिन लागेकाहरुको घूइरो बढ्दो थियो । उस्तै थियो शहर, जाँदा जस्तो थियो । हुनपनि ऊ जाबाको के मूल्य र यहाँ ? लोडसेडिङ्गले निलेको शहर । अन्धकार व्यप्त कोठा । धन्न एक टुक्रो मैन फेला पर्यो । जीवन मैन न रहेछ पग्लेरै सकिने, बलिरहेको मैनसगैं पग्लियो मन । ऊ बडो ठूलो महत्वकाक्षां लिएर बाँचेकी केटी । हुनपनि दाजु छापामार बनिसकेपछि बाबुआमा मात्र नभएर गाउँ समाजकै आशापुञ्ज भएकी थिई ऊ । स्कूलदेखी विश्वविध्यालयसम्म आफ्नो लगनशिलता र हक्किपनलाई प्रमाणित गर्दै आएकी पनि थिई । अचानक………..रमण, अर्चित, बिन्दु र नीलहरुको याद उम्लिएर आयो । कति निष्ठुर उत्तर फर्काएकी थिई उसले रमणलाई । माया भन्ने कुरा पनि परिस्थितिपरक हुँदोरहेछ की ? केही सोच्न नसकेर अचेत झैं बिछ्यौनामा मूढ शरीर पदारियो । चारदिन अघिको कुरा न हो, कति बिन्दास थिई ऊ । अध्ययन सम्बद्द सोधकार्यको सिलसिलामा भ्रमणमा निस्केको थियो उसको टोलि । अध्ययन सहजता र रमाइलोको लागी भनेर एउटै ठूलो हल लिइएको थियो । लामो यात्राले थाकेकी ऊ, केहीबेर मै निदाइथी । ’’बाबा !’’ घडीले रातको एक बज्न लागेको संकेत दिँदैगर्दा निद्रा टुट्यो । त्रासपूर्ण नजरहरु फनफनी घुमाउँदैं अस्तब्यस्त कपडा मिलाई उसले । सबै निदाइरहेका रहेछन्, ‘उफ कत्ति डरलाग्दो सपना ………?’ सपना नै थियो सायद त्यो, तर त्यसो भनेर आफू लुटिन लागेको विभत्सतालाई भूल्न सहज थिएन, अन्तरहृदय चिच्याउँदै रह्यो । रातको त्यो एक परिदृश्यपछि उसका दृष्टिकोण बदलिए, जीवनप्रति, समाजप्रति र सम्पूर्ण आइमाईहरुकाप्रति । छोरी भएर जन्मेकोमा बडो गर्व गर्ने ऊ, आइमाई शरीरप्रति नै द्धेष हुन लाग्यो । ’’थुइक्क ! आफ्नो शरीरमा नै शत्रु बोकेर हिँड्ने जातकी तँ ?’’ जीवन मै पहिलोपटक स्वास्निमान्छे हुनुको पीडाबोध गरी उसले । ऊ जान्दथी, केही भएकै हैन भ्रमपूर्ण सपना देख्नुबाहेक । उल्टो दिमागमा दन्त्यकथाका पात्रहरु, अनाम फिल्मनगरीका कथाहरु, अपराध कथाका दर्दनाक घटनाक्रमहरु सलह झैं सल्बलाउन लागे । निरमाया दिदी र निरमाया दिदीहरुका प्रति असिम श्रद्धा पलाएर आयो जसमा समाजका सेता / स्वच्छ आँखा कहिल्यै परेनन् । कल्पनैकल्पनामा उसले ती सम्पूर्ण मनहरुलाई समेटी जो बास्तवमै लुटिएका थिए प्रेमका नाममा, संस्कारका बलिमा, सहनशिल र सुन्दर हुनुको पर्यायमा । ऊभित्र बिद्रोह जन्मँदैथ्यो, कुमारी आमाहरुको दर्दनाक छायाँप्रति, महिलालाई मात्र दोषि देख्ने प्रबृतिप्रति, इज्जतिला आमाहरु कै पनि उठेका पेटले संसर्गको संकेत गरिदिँदा लजाउनुपर्ने आइमाई नियतिप्रति । उसलाई थाहा थियो, यसमा कसैको दोष छैन, पुरुष कै पनि । सृष्टिकर्ता कै दोषयुक्त नियमका बिरुद्ध ऊ बबुरी के गर्न सक्थी र ? बिस्तारै लठ्याइएको घाउजस्तै मथ्थर हुँदै जानेथ्यो होला उसको दुखाइ । तर त्यसो भएन, हुनै नसक्ने कुरा भयो । सधैं महिना नपुग्दै पन्छिने उसको महिना कट्यो । मन जलेकै थियो । अब तनबाट ज्वाला छुट्न लागे । त्यो भयानक परिदृश्य सकेसम्म सम्झने यत्नमा लागी ऊ । कुनै कालो छायाँबाट लुटिन आँट्दा नै ऊ आत्तिएर ब्युँझिइथी तर……….? परिस्थिति र प्रश्नको जालोले यति जेल्यो कि, सपना सपना थिएन भन्नेमा ऊ विश्वस्त हुँदैगई । विज्ञानका सत्यताभन्दा बढी दन्त्यकथाका कहानीहरुमा मन जान लाग्यो ।  चलचित्रका दृश्यहरुमा झैं आँखाका पर्दाहरुमा स्वस्थानी कथादेखि फाटफुटे सस्ता पत्रिकाका घटनाक्रमहरु फट्फट्फट् ओहोरदोहर गर्न लागे । हुदाहुदाँ, आफ्नै शरीरमा परिवर्तनका छनक देख्न लागी ऊ । मान्छे जतिसुकै पढेगुनेको, जान्नेसुन्ने भएपनि संकटको समयमा निस्पष्ट हुँदोरहेछ, सिद्धान्तका ठेलीहरु मिथ्या लाग्ने रहेछन् । चेतनाशून्य बूढी आइमाईमा रुपान्तरित हुन उसलाई दुईदिन पनि लागेन । बाँच्नुको कुनै अर्थ बाँकि रहेन, जीवनहीन हुन पुगी ऊ । यही लयमा नै गाउँसम्म डोरिइथी ऊ । उसका प्रशस्त साथीहरु थिए, हित्तचित्त मिल्नेहरुको कमि थिएन तर कुन सखीसँग यो पीडा बाँड्न सक्थी र ऊ ? कुन ईश्वरको अदालतमा यो मुद्दा दायर हुन्थ्यो र ? भ्रमैभ्रमको महाहुण्डरीले उडाउँदै लग्यो, ‘छोरीलाई पढाएर के के न गर्छु भन्थिस् नि देखिस् ?’ कुमबजाइहरु कानैमा ठोक्किन आइपुगे । आत्महत्या–एक निर्बिकल्प उपाय मनले मनैलाई सुझायो । भविष्यको कालो चित्रमा आफू र आफ्नाहरुको रुग्ण छायाँ कल्पँदाकल्पँदै पागल हुन खोज्थी ऊ । रमण, आमाबाबा, भाइबहिनी…. प्रेम, दायित्व, चाहना……. सम्झँदा सम्झँदै औडाहा हुन्थ्यो, जीवनप्रति मोह पलाएर आउँथ्यो । त्यसो त, भ्रम दूर गर्ने तमाम उपायहरु पनि जान्दथी ऊ तर केही गर्नै सकिन । अझ भनुँ, कुनै किसिमको जोखिम उठाउनै चाहिन जसले गर्दा समाजमा तीखा कानहरु भरिउन्, प्रेम ओकल्ने आँखाले तिरस्कारपूर्ण दृष्टि फ्याक्न परोस् वा देवतातुल्य बाबुआमाको शंकालु नजर मात्र पनि सामना गर्न परोस् ।  आशंकाले जेल्दै जाँदा, ‘आखिर ! एकपल्ट जानु नै छ’, आत्महत्यालाई कायरताको प्रतिक मान्ने संघर्षसिल मनले घुँडा टेक्यो । तर कसरी ? आत्महत्याका उत्तम उपायहरुको खोजि अभियान शुरु भयो आफैंभित्र / आफैसँग । मृत्यु निष्कलंक होला त ? आन्तरिक सुनामी यथावत थियो । जुन मान्छे नै मान्छेको घनाजंगलमा दुख साट्ने एउटै मान्छे भेटिएको थिएन त्यही थपडि बजाउन आतुर हातहरुको लर्को थियो । बिष खाने, आगो लगाउने, झुण्डेर मर्ने वा नदीमा हाम फाल्ने …… सुल्झिएका मृत्युका अनेक उपायहरु, कुनै विवादहीन थिएन । ‘मर्न त मरी पूर्णिमा तर किन मरी ?’ यो प्रश्न नै नउठोस् भन्ने चाहना उसको । आफ्नाहरुको नाम राख्न नसकेपनि कससेकम नाक नकाटियोस्, अपशोचबिहीन / प्रश्नचिन्हबिहिन मृत्यु चाहिएको थियो उसलाई । स्वभाविक मृत्यु र मृत्युपछिको सहनुभूति उसको बिशेष माग थियो । जो बाँच्न सक्दैन उसलाई मर्न झन् गाह्रो हुँदोरहेछ । आफू हुँदा र नहुँदा, आफ्नाको मात्र नभएर चप्पल सिलाउने काले दाइदेखी कलेजका प्राध्यापकसम्ममा पर्ने प्रभाव पढ्न लागि ऊ । ‘निस्कलंक जीवन त के मृत्युपनि रहेनछ……….‘ नमीठो चालमा अल्मलिँदै झट्ट उठी ऊ । तत्काल ढोकाछेउमा लर्बराउँदै एउटा छायाँ ठोकियो । “रमण !” मुटु ढक्क भयो । ‘आफैं मरे स्वर्ग देखिन्छ’, बूढापाकाहरुले उसै भनेका होइन रहेछन् । सदैव हक अधिकार, प्रेरणा र हौसलाका कुरा गरिहिँड्ने जवान युवतीलाई एक कू–सपनाले पूर्णतः हराइदियो । जीवनका अन्तिम प्रहरहरु बिताउँदाको अद्भूत ब्यथामा थिई ऊ, बहिनी मस्त निद्रामा । मान्छेको मन बिचित्रको हुँदोरहेछ, मृत्युको सामु घुँडा टेकेर पनि लोभ गरि नै रहने । एकपल नै सहि बहिनीलाई छातीमा टाँसिरहन मन लाग्यो । ढोकानेर देखेको छायाँ ? उसको बश चल्दो हो त, पोखिएर बलिष्ठ छाती लतपत्याइदिने थिई …..र्.सपना मै भएपनि कमसेकम उसलाई एकपटक पाउन सकूँ प्रभू !’ आँखा चिम्म भयो । “दिदी ! उठन, के भयो तिम्लाई ?” बहिनीको अबोध र भिजेको स्वरसँगै ब्युँझिइ पूर्णिमा । “किन रोएकी नानू ?” अज्ञात भयमा झण्डै चिच्याइन ऊ । घामका किरण मीठा चुम्बनमा लिप्त थिए, आँसुले होला सिरानी कक्र्याक्क । मसिना काँपेका औलाहरु कपडा र बिछ्यौनातिर इसारारत जहाँ रगतका आला टाटाहरु देखिन्थे । हाल : शंकरदेव कलेज, काठमाडौं
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies