Khabar Dabali २० मंसिर २०८२ शुक्रबार | 5th December, 2025 Fri
Investment bank

वैशाख अन्तिम साता घलेगाउँ महोत्सव

\"\"लमजुङ । दक्षिण एशियाकै नमूना गाउँको रुपमा चिनिएको घलेगाउँमा यही वैशाख अन्तिम साता १९औँ घलेगाउँ महोत्सव हुने भएको छ । घलेगाउँ ग्रामीण पर्यटन व्यवस्थापन समितिले यसअघि जस्तै वैशाख २३ देखि २५ गतेसम्म महोत्सव आयोजना गरेको हो । सोमबार सदरमुकाम बेँसीशहरमा पत्रकार सम्मेलन गरी महोत्सवबारे जानकारी गराइएको थियो । स्थानीय कला संस्कृति र गाउँको प्रचारप्रसार गरी पर्यटन व्यवसाय प्रवद्र्धन गर्ने उद्देश्यले घलेगाउँलेले विगत १९ वर्षदेखि महोत्सव गर्दै आएको छ । विगतका महोत्सवले गाउँको प्रवद्र्धनमा सहयोग पुगेको भन्दै अबको महोत्सवले भने आर्थिक समृद्धिको सन्देश दिने आयोजकले जनाएको छ । घलेगाउँमा विकास भएको ग्रामीण पर्यटनबाट गाउँको आर्थिक समृद्धि भएको भन्दै यो सन्देश विश्वभर फैलाउन आवश्यक रहेको घलेगाउँ ग्रामीण पर्यटन व्यवस्थापन समितिका अध्यक्ष प्रेम घलेले बताए । “विगतका महोत्सवबाट गाउँको प्रचारप्रसार भयो, गाउँमा हजारौँ आन्तरिक तथा बाह्य पर्यटक आए”, उनले भने “विदेश गएकाहरुले भन्दा गाउँमा बसेकाले बढी कमाइ गर्छन्, महोत्सवले पर्यटन व्यवसायबाट समृद्धि सम्भव छ भन्ने सन्देश दिने छ ।” महोत्सवमा परम्परागत गुरुङ संस्कृति, गुरुङ सङ्ग्रहालय तथा चिया बगानको अवलोकन, गुरुङ खाना महोत्सव, दृष्यावलोकन, होमस्टे अध्ययन र ग्रामीण पर्यटनका बारेमा अन्तरक्रियालगायत कार्यक्रम तय गरिएको छ । प्राकृतिक छटाले भरिपूर्ण र संस्कृतिले धनी घलेगाउँमा वार्षिक २५ हजारभन्दा बढी आन्तरिक तथा बाह्य पर्यटक आउने गर्छन् । विसं २०५६ मा घलेगाउँमा पहिलो पटक ग्रामीण पर्यटनको अवधारणा भित्रिएको हो । घलेगाउँबाटै सिकेर अहिले जिल्लाका अन्य गाउँ ग्रामीण पर्यटन व्यवसायतर्फ उन्मुख छन् । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending