Khabar Dabali १० असार २०८३ बुधबार | 24th June, 2026 Wed
Investment bank

एसिड खन्याउने प्रहरीविरुद्ध ज्यान मुद्दा, यसअघि नै उजुरी परेको थियो प्रहरीमा

  [caption id=\"attachment_38290\" align=\"alignleft\" width=\"750\"]\"\" प्रतिकात्मक फोटो[/caption]

चितवन । एक महिलालाई आइतबार शरीरमा तेजाब खन्याउने प्रहरी नायब निरीक्षकविरुद्ध ज्यान मार्ने उद्योगमा आज मुद्दा दर्ता भएको छ । गोरखा घर भई भरतपुर महानगरपालिका– ४ त्रिचोकमा डेरा गरी बस्ने कल्पना श्रेष्ठमाथि डेरा नजिकैको चोकमा तेजाब खन्याउने दंगा नियन्त्रण गण हेटौँडा दरबन्दी भई अस्थायी ट्राफिक पोष्ट टाँडीमा कार्यरत प्रहरी नायब निरीक्षक रामचन्द्र खनियाविरुद्ध ज्यान मुद्दा दर्ता गरिएको हो । श्रेष्ठका पति तारा दल गण बारामा कार्यरत नेपाली सेनाका जवान ३० वर्षीय किसान श्रेष्ठले भरतपुर महानगरपालिका– १२ का ५१ वर्षीय प्रहरी नायब निरीक्षक खनियाविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरेको हो । जाहेरीमा ज्यान मार्ने आशयले तेजाब छर्किएको उल्लेख छ । प्रहरी नायब उपरीक्षक प्रभुप्रसाद ढकालले खनियालाई आजै म्याद थप गरी विस्तृत अनुसन्धान थाल्ने बताए । तेजाब छर्किएपछि घाइते भएकी श्रेष्ठको हाल भरतपुर अस्पतालमा उपचार भइरहेको छ । तथ्यांक कार्यालयले गरेको आर्थिक गणनामा गणकका रुपमा कार्यरत २८ वर्षीया श्रेष्ठको शरीरको कान, आँखा, छाती र खुट्टामा तेजाब परेको छ । अस्पतालमा उपचाररत श्रेष्ठले खनियाले आफूलाई विगत लामो समयदेखि पछ्याउँदै आएको बताए । यसअघि पछ्याउने, टेलिफोन गर्ने, धम्क्याउने गरेपछि आफू र श्रीमान् मिलेर प्रहरीमा खनियाविरुद्ध उजुरीसमेत दिएको उनले बताए ।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending