Khabar Dabali ३० चैत्र २०८२ सोमबार | 13th April, 2026 Mon

कांग्रेस नेता कुलबहादुर गुरुङले लिए देउवालार्इ दिएको समर्थन फिर्ता

\"\"काठमाडौं । स्थगित रहेकाे नेपाली कांग्रेस केन्द्रीय कार्य समितिको बैठक अाइतबार दिउँसाेदेखि पार्टी कार्यालय सानेपामा जारी छ । बैठकमा केन्द्रीय सदस्य कुलबहादुर गुरुङले सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाह गरेको भूमिकाबाट दुखित भएको भन्दै १३ अाैं महाधिवेशनमा देउवालाई सभापतिमा गरेको प्रस्ताव फिर्ता लिएको घोषणा गरेका छन् । ‘मैले देउवाजीलाई १३ औं महाधिवेशनमा जुन विश्वास लिएर सभापतिमा प्रस्ताव गरेको थिए । सभापतिका हैसियतमा उहाँको दुइवर्षको कार्यकाल र प्रधानमन्त्रीका हैसियतबाट उहाँले निर्वाह गरेको भूमिकाबाट आज मेरो मन अत्यन्त दुखित हुन पुगेको छु,’ गुरुङले बैठकमा भने । उनले निर्वाचनमा पराजय भोग्नु पार्टीको नीति, कार्यकशैली वा नेतृत्वको असक्षमताका के कारणले भएको भन्ने समीक्षा हुनुपर्नेमा गम्भीरता नदेखिएको धारणा राखेका छन् । ‘वीपी कोइराले अवलम्बन गरेको बिचार र चिन्तनलाई छाडेका कारण कांग्रेस अहिलेको अवस्थामा पुगेको हो भन्ने मेरो निष्कर्ष छ । पार्टीको नीति, सिद्धान्त र कार्यक्रमलाई भन्दा सत्तालाई प्राथमिकता दिदै कहिले हामी उग्रबामपन्थीसंग अंकमाल गर्न पुग्यौं भने कहिले उग्र दक्षिणपन्थीसंग,’ गुरुङले बैठकमा पेश गरेको लिखित अवधारणामा उल्लेख गरेका छन् । पार्टीको तीनै तहको निर्वाचनमा भएको पराजयको जिम्मेवारी संसदीय समिति र केन्द्रीय कार्यसमितिले लिनुपर्ने बताए । कांग्रेस पराजको समीक्षा केन्द्रीय समिति, महधिवेशन वा महासमिति बैठकबाट सम्भव नभएको बताए । उनले जिल्ला, नगर र गाँउको नयाँ संरचना अनुसार पार्टीको विधान परिमार्जन गरी सबै तहको ६ महिनाभित्र सम्पन्न गर्नुपर्ने धारणा राखेका छन् । आइतबारको बैठकमा प्रदीप पौडेल लगायतका केन्द्रीय सदस्यले पनि सभापति देउवाको आलोचना गरेका छन् । गत चैत ९ गतेदेखि शुरु भएको केन्द्रीय समिति बैठक चैत १६ गते पार्टीका नेता खुमबहादुर खड्काको निधनमा स्थगित भएकाे थियाे । शुक्रबार बस्ने भनिएको बैठक अधिकांश नेताहरु केन्द्रीय राजधानी बाहिर भएकाले स्थगित गरिएको थियाे।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending