Khabar Dabali १ माघ २०८२ बुधबार | 14th January, 2026 Wed
Investment bank

एमालेले जनयुद्ध स्विकार गरिसक्यो, एकतामा समस्या छैन् – झलनाथ खनाल

\"\"नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पटक पटक वान टु वान वार्तामा बसिरहेका छन् तर पार्टी एकता घोषणाको मिति जुराउन सकेका छैनन । ओली र प्रचण्डबीच पछिल्लाे तीन दिनदेखि लगातार ‘वान टु वान’ वार्तामा हुँदा पनि आज कम्युनिष्ट स्थापना दिवस मनाउँदै पार्टी एक भएकाे घाेषणा हुँदैछैन । आम नेता तथा कार्यक्रतामा उत्साहको संचार हुने वातावरण बनेको छैन्, तर नेताहरु निराश नहुन भनिरहेका छन् । आज कम्युनिष्ट पार्टी स्थापना दिवसको अवसर पारेर पार्टी एकता संयोजन समितिले संयुक्त कार्यक्रम राखिएको छ । कार्यक्रममा ओली र प्रचण्ड दुबैले सम्बोधन गर्नेछन् । तर, छिट्टै पार्टी एकता गर्ने बाहेकका कुनै ठोस सहमति नआउने भएको छ ।
यो त प्रश्नै भएन, एमालेले जनयुद्ध स्विकार गरिसक्यो, मात्र भाषा के राख्ने भन्ने मात्र हो । माओवादी जन्मिएकै जनयुद्धबाट हो त उसलाई यस बिषयमा माईनस गरेर एमालेले एकता प्रक्रियामा आउन भन्न सक्छ त ? जनयुद्ध एमालेले स्विकार गरेन भन्नेहरुलाई मेरो पनि प्रश्न छ ,
यसअघि दुई दलले सुरूमा ९ वैशाख अर्थात अाजकाे मितिमै पार्टी एकता गर्ने योजना बताएका थिए । तर, ओली र प्रचण्डबीच सहमति हुन नसकेपछि एकता प्रक्रिया लम्बिएको छ । ओली र प्रचण्डबीच सहमति नभएसम्म एकता कहिले गर्ने भन्न सकिने अवस्था छैन । शीर्ष नेताहरु रहेको दुई अलगअलग कार्यदलले अन्तरिम विधान र अन्तरिम राजीतिक प्रतिवेदन पनि बुझाइसकेको छ तर, जनयुद्ध, चुनाव चिन्ह, केन्द्रीय समितिको भागवण्डाका विषय मिलेका छैनन् । यसै सन्दर्भमा नेकपा एमालेका बरिष्ठ नेता तथा पुर्व प्रधानमन्त्री झलनाथ खनालसंग रघुनाथ बजगाँईले गरेको कुराकानी : आज एमाले – माओवादीबीच पार्टी एकताको औपचारिक घोषणा हुन्छ भनिए थ्यो कहाँ पुग्यो ? पार्टी एकताको प्रकृया लगभग टुङ्गिएको छ । केहि स–साना प्रावधिक बिषयहरु छन् । कम्युनिष्ट स्थापना दिवसमा एक भएको औपचारिक घोषणा गर्ने कि भन्ने थियो, तर सकिएन । नभए हामी चुनाव अघि नै एक भैसकेका हौँ नि, चुनाव संगै लडेका हौँ, सरकार संगै चलाउँदै छौँ । ल अब दुई पार्टी एक भयो है भन्ने न हो । त्यसका लागि शीर्ष नेताहरु रहेको दुई अलगअलग कार्यदलले अन्तरिम विधान र अन्तरिम राजीतिक प्रतिवेदन पनि बुझाइसकेका छन् । प्रतिवेदनमाथीको छलफल चलिरहेको छ ।  दुबै प्रतिवेदनले सुझाएका बिषयमा खासै बिमत्ती पनि छैन् । यसकारण एकता प्रक्रिया लगभग टुङ्गियाे,  केहि दिनमै ब्रेक हुन्छ । हामी अहिले बिहानदेखि पनि केहि गर्न सकिन्छ कि भनेर लागिरहेका छौँ । मध्यान्न १२ बजेसम्म कुर्नुस । जनयुद्ध, चुनाव चिन्ह, केन्द्रीय समितिको भागवण्डाका विषयमा एक भैसकेको भनिएको दुबै पार्टीको अा-अाफ्ना  अडानले सकस पार्यो नी हैन ? मिल्न बाँकी र विवादित भन्ने बिषय नै छैन् । कसैले कहिँपनि कुनै प्रकारको अडान राखेको छैन् । माओवादीका साथीहरुले पनि अडान राख्नुभएको छैन् । एमालेले पनि कुनै प्रकारको अडान राखेर जनताले दिएको जनादेश विपरित पार्टी एकतालाई लम्ब्याउने काम गरेको छैन् । बाहिर कसले के अडान राख्यो, कसले के माग गर्यो भन्ने जस्ता बिषय प्रचार भएका छन् ।
५०-५० को बिषयलाई मिडियाहरुले नै बढि उचालेका छन् । शिर्ष तहको छलफलमा यस्ता अडान नै आएका छैनन र आउँदैनन पनि । सम्मानजनक एकता गछौँ । कसैले आफु अपमानित भएको महसुस गर्नुपर्ने हुँदैन ।
त्यसमा कुनै सत्यता छैन् । शिर्ष तहमा भैरहेको छलफलबारे तपाँईलाई भनौँ हामीबीचमा अहिले छलफलमा रहेको बिषय भनेको दुबै पार्टीका आ–आफ्नै संगठन छन् । त्यसलाई कसरी मिलाउने, जिम्मेवारी दिँदा अपनाउने मापदण्ड लगायतका बिषयमा छलफल चलिरहेका हुन् । योग्य र जिम्मेवारी पाउनुपर्ने व्यक्तिले अवशर पाउनुपर्छ , जसले कम्युनिष्ट आन्दोलन र जनताको आकांक्षालाई संवोधन गरेर जान सक्छ, उसलाई जिम्मेवारी दिनुपर्छ भन्ने दुबै पार्टीको साझा धारणा छ । केन्द्रिय समिति कति सदस्यीय बनाउने, अन्य कमिटिहरु कत्रो आकारको बनाउने भन्नेमा हामी छलफलमा भएकले यस्ता बिषय आएका हुन् । बाहिर प्रचार भएजस्तो केहि पनि छैन । म प्रष्ट पार्न चाहन्छु । जनयुद्धबारे एमालेको बुझाई फरक हुँदा पनि यो एकता प्रक्रियामा ढिलाई भएको कुरा त स्विकार्नु हुन्छ होला ? यो त प्रश्नै भएन । एमालेले जनयुद्ध स्विकार गरिसक्यो, मात्र भाषा के राख्ने भन्ने मात्र हो । माओवादी जन्मिएकै जनयुद्धबाट हो त उसलाई यस बिषयमा माईनस गरेर एमालेले एकता प्रक्रियामा आउन भन्न सक्छ त ? जनयुद्ध एमालेले स्विकार गरेन भन्नेहरुलाई मेरो पनि प्रश्न छ , त्यसो होईन एमालेले भनेको के मात्र हो भने, तत्कालिन माओवादीले सञ्चालन गरेको जनयुद्ध जस्ता शब्द राखौँ, ताकि एमाले पनि जनयुद्धमा सामेल थियो भन्ने त भ्रम पार्नु भएन नी । यसो भनेको बिषयलाई लिएर अनेकन टिप्पणी भएका छन् । यसको पछि लाग्नु नै पर्ने म देख्दिन । जनयुद्धलाई बुझ्ने सवालमा दुबै पार्टीका बीचमा एक खालको सहमती भैसकेको छ । खासै समस्या छैन् । माओवादीले समान हैसियतमा मात्र एकता हुनुपर्छ भनेकोले समस्या भएको अर्काथरीको टिप्पणी छ । अनि एमालेले ५०-५० असम्भव भनेको चाँही सत्य हो कि झुट त उसो भए ? म मान्छु बाहिर यि बिषयहरु आएका छन् । छलफलमा रहेका बिषय बाहिर आउनु स्वभाविक पनि हो तर छलफल हुनु के बिबाद हुनु हो र ! होईन नी । तपाँईले भने जस्तो ५०-५० को बिषयलाई मिडियाहरुले नै बढि उचालेका छन् । शिर्ष तहको छलफलमा यस्ता अडान नै आएका छैनन र आउँदैनन पनि । सम्मानजनक एकता गछौँ । कसैले आफु अपमानित भएको महसुस गर्नुपर्ने हुँदैन । माओवादीका साथीहरु, एमालेका साथीहरु कसैले पनि आफ्नो क्षमता अनुसारको जिम्मेवारी  पाउनुहुन्छ । सम्मानजनक एकता भनेपछि बिचारमा समानता, संगठनमा समानता हुनु स्वभाविक छ र आवश्यक पनि हुन्छ । निरपेक्ष ५०-५० कसैले भनेको छैन् । भन्ने बिषय पनि होईन । नेतृत्वको व्यवस्थापन कसरी हुँदैछ त ? केहि दिन पर्खनुस हामी सबै सार्वजनिक गर्छौ । आज एकताको ठोस सन्देश दिने तयारी पनि छँदैछ । यो बीचमा केहि सुखद घटनाहरु पनि हुनसक्छन् । नेतृत्वको व्यवस्थापनको बिषयमा हामी छलफलमै छौँ ।
मिल्न बाँकी र विवादित भन्ने बिषय नै छैन् । कसैले कहिँपनि कुनै प्रकारको अडान राखेको छैन् । 
एक खालको सहमती पनि भैसकेको छ । भएको सहमतीमा पनि केहि साथीहरुले पुन एकपटक छलफल गरौँ भनेकाले एक्ता प्रक्रिया लम्बिएको हो । यो पनि एकता महाधिवेशन सम्मका लागि त हो । महाधिवेशनले यि बिषयलाई लोकतान्त्रिक विधि अनुसार टुङ्ग्याईहाल्छ । नेतृत्व व्यवस्थापनका बिषयमा बाहिर आएका असन्तुष्टी भनेर फेरी भन्नुहोला म फेरी भन्छु नेतृत्व व्यवस्थापनको बिषष पेचिलो हो तर हामी एक खालको सहमतीमा पुगिसकेका छौँ । दुबै पार्टीका अध्यक्षले त्यसलाई अनुमोदन गरेर एकता संयोजन समितिमा पेश गरेपछि पार्टी एकताको औपचारिक घोषणा हुन्छ ।

(एभरेष्ट दैनिक डट कम बाट )

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending