Khabar Dabali १ माघ २०८२ बुधबार | 14th January, 2026 Wed
Investment bank

एमाले-माअोवादीको एकता रोक्न कसले गर्यो दक्षिणकालीमा कालो बोका भाकल ?

\"\"काठमाडौं । नेकपा एमालेका स्थायी कमिटि सदस्य केशब बडालले एमाले–माओवादी केन्द्रबीचको एकता नहोस् भनेर केहीले दक्षिणकालीमा कालो बोका भाकल गरेको आरोप लगाएका छन् । शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा नेता बडालले एकता प्रक्रियामा केही विलम्ब हुँदा केही मानिसहरुको मन र भावना कुँडिएको बताउँदै भने,‘केही त एकता नहोस् भनेर दक्षिणकालीमा कालो बोका भाकल गर्ने काम समेत गरेका छन्, तर अब एकता हुँदैन कि भनेर आशंका नगर्न म यही मञ्चबाट आग्रह गर्दछु ।’ उनले पार्टी एकता भनेको कुरा केटाकेटीको खेलजस्तो नभएको स्पष्ट पारे । उनले भने,‘पार्टीहरुबीच एकता हुनु र मोर्चा हुनु फरक कुरा हो ।’ स्थानीय तहदेखि केन्द्रसम्म एमाले र माओवादी केन्द्र हार्दिकताका साथ अघि बढेको उल्लेख गर्दै नेता बडालले दुई पार्टीबीचको एकता छिट्टै हुने विश्वास दिलाए । भोलि बैशाख ९ गतेको लागि एकता घोषणा गर्ने भनिएपनि त्यो सम्भावना नहरेको उनको भनाई थियो । यद्धपी उनले भोलि दुवै पार्टीले संयुक्त रुपमा कम्युनिष्ट पार्टीको स्थापना दिवस मनाउने जानकारी दिए । फरक प्रसँगमा उनले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको विरोध गर्नेहरु राम्रो गर्नेको विरोधीमात्रै भएको टिप्पणी गरे । ‘विगतमा कसैले पनि गर्न नसकेको काम प्रधानमन्त्री हुँदा केपी ओलीले गरेर देखाउनुभयो, मुलुकको राष्ट्रियता, अखण्डता, सार्वभौमिकता, स्वाधिनताको पक्षमा उहाँ दृढ हुनुहुन्थ्यो, देशको स्वाभिमान उँचो बनाउनुभयो’ उनले भने,‘उहाँको कामको विरोध गर्नेहरुभन्दा प्रशंसा गर्ने धेरै छन्।’ भारत र चीन नेपालका लागि दुवै अनन्य मित्र रहेकोले दुवै देशसँग पारस्परिक रुपमा सम्बन्ध अघि बढाउन ओलीले महत्वपूर्ण भूमिका निर्वाह गरेको उनको भनाई थियो । उनले भने,‘विगतमा नेपाल–भारतबीच कर्मचारी स्तरमा सम्बन्ध थियो, तर अहिले राजनीतिक तहबाटै सम्बन्ध अघि बढेको छ।’ पूर्वप्रधानमन्त्री कृतिनिधि विष्टले चीनसँग केपी ओलीले पारवहन सन्धि गरेकोमा खुशी व्यक्त गरेको पनि उनले जानकारी दिए । ओलीले एक दिनको लागि कसैलाई खुशी पार्ने कुरा नगर्नेपनि उनले जनाए । उनले भने,‘अब त्यही कुरा कतिपयलाई मन पर्दैन्।’ नेपालको राष्ट्रिय सुरक्षालाई ध्यानमा राखेर प्रधानमन्त्रीले राष्ट्रिय अनुशन्धान विभागलाई आफू केन्द्रित गरेको बडालले स्पष्ट पारे । बडालले भने,‘राष्ट्रिय सुरक्षा बलियो र दरो बनाउनको लागि, अक्षुण र अविछिन्न राख्नको लागि कार्यकारी प्रधानमन्त्रीले आफू मातहतमा अनुशन्धान विभाग राख्नु नौलो कुरो होईन्।’ प्रधानमन्त्रीले त ऐन मिचेर राष्ट्रिय अनुशन्धान विभागलाई आफू मातहात ल्याउनुभयो नि भनेर पत्रकारले गरेको एक प्रश्नमा उनले भने,‘यदि ऐन विपरित भएको छ भने, ऐन मिचिएको छ भने त्यसको विरोध त म पनि गर्छु, तर यो विषयमा प्रधानमन्त्री र गृहमन्त्रीबीच कुनै विवाद छैन, गृहमन्त्री रिसाउनुर्पे कुनै कारण छैन्।’ त्यस्तै उनले यो विषयले पार्टी एकतामा कुनै असर नगर्ने स्पष्ट पारे। त्यस्तै उनले एमाले र माओवादी केन्द्रबीच एकताको लागि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले त ५०÷५० को कुरा गर्नुभएको छ नि ? तपाईहरु के गर्नुहुन्छ भनेर सोधिएको अर्को प्रश्नमा नेता बडालले भने,‘पार्टी एकता र मोर्चा एउटै कुरा होईन, एकता भनेको त पानी मिसाएजस्तो हुनुपर्छ।’ उनले महाधिवेशन अघि नै यो व्यक्ति अध्यक्ष भनेर ग्यारेण्टी गर्न नहुने धारण राखे । उनले भने,‘प्रचण्ड योग्य र सक्षम हुनुहुन्छ, अहिले नै यो व्यक्तिलाई अध्यक्ष भनेर भन्नुहुँदैन।’ ओली र प्रचण्ड दुवै नेताले ‘¥यांक एण्ड फाईल’ सबै कार्यकर्ता मेरा हुन भनेर अघि बढ्नुपर्नेमा उनको जोड थियो । उनल एमाले र माओवादी केन्द्रबीच एकता ढिलाई हुँदा चिन्ता र खुशी मनाउने दुवै थरि मानिसहरु रहेको जनाए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending