Khabar Dabali ३० असार २०८३ मंगलवार | 14th July, 2026 Tue
Investment bank

मन्त्री बीना मगर भन्छिन्-हिमालको पानी विदेशमा बेच्छाैं

\"\"काभ्रे । खानेपानी मन्त्री बिना मगरले जनतालाई खानेपानीको सुविधा पुर्याएपछि हिमालको पानी विदेशमा बेच्ने योजना कार्यान्वयन गरेर खानेपानी मन्त्रालयले समृद्ध नेपाल निर्माणमा योगदान गर्ने बताएकि छिन् । काभ्रेको बनेपा नगरपालिका-१३ बुढाथोकीगाउँस्थित बुढाथोकीगाउँ लिफ्ट खानेपानी तथा सरसफाई उपभोक्ता समितिको प्रथम साधारणसभालाई सम्बोधन गर्दै मन्त्री मगरले नेपालका हिमालको खानेपानी विदेशमा बेचेर औद्योगिक तथा आर्थिक विकास गर्न सकिने बताइन । `सबै जनतालाई स्वच्छ खानेपानी पुर्याउने पहिलो दायित्व हो, सङ्गसङ्गै खानेपानी उद्योग स्थापना गरेर आयआर्जन र रोजगारी सिर्जना गर्न सकिन्छ,´ उनले भनिन् । समितिले १० महिनामा सक्ने काम ६ महिनामा सकेकोप्रति प्रशङ्शा गर्दै मन्त्री मगरले भनिन्`अधिकाश कामहरु ढिला हुन्छन्, १ वर्षमा सक्नुपर्ने काम गर्न २-३ वर्ष लाग्छ । तर, १० महिनामा सक्नुपर्ने खानेपानी आयोजना ६ महिनामै सकेर उदाहरणीय काम गर्नुभएकोमा उपभोक्ता समितिलाई धन्यवाद ।´ खानेपानी आयोजनामा मोवाइलबाट सञ्चालन र बन्द हुने प्रविधि जडान गरिनु प्राविधिक सोचको व्यवहारिक प्रयोग भएको मन्त्री मगरले बताइन । तराई र पहाडी क्षेत्रमा स्वच्छ खानेपानीको सहज उपलब्धताका लागि मन्त्रालयले योजना बनाइरहेको मन्त्री मगरले बताइन । `मन्त्रालयले कर्णाली, भेरी, नारायणी, कोशी लगायतका नदीबाट तराईका जिल्लामा खानेपानीको व्यवस्था मिलाउने योजना बनाइरहेको छ,´ मन्त्री मगरले भनिन्`पहाडमा डिप ट्युबवेल प्रविधि र लिफ्ट प्रविधिबाट पानी पुर्याउन देशैभरिको योजना बन्दैछ ।´ अहिलेसम्म खानेपानीमा राज्यको ध्यान नपुगेको बताउँदै मन्त्री मगरले अहिलेको स्थिर सरकारले खानेपानीलाई बाटो, बिजुली, शिक्षाभन्दा प्राथमिकतामा राख्ने बताइन । `पानी संकलनका लागि संघर्ष गर्नुपर्ने अवस्थाको अन्त्य गर्ने गरि सोचिरहेका छौ,´ उनले भनिन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending