Khabar Dabali १ माघ २०८२ बुधबार | 14th January, 2026 Wed
Investment bank

भोली एकताको ठोस् सन्देश दिँदै अोली-प्रचण्ड

\"\"काठमाडौं । औपचारिक एकता घोषणा नभए पनि नेपाल कम्युनिष्ट पार्टी स्थापनाका दिन आइतबार दुई ठूला कम्युनिष्ट पार्टीका शीर्ष नेताले आफूहरु चाँडै एकीकृत हुने ठोस् सन्देश दिने भएका छन् । सरकारको नेतृत्व गरिरहेको नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) सकेसम्म वैशाख ९ गते नै एकता गर्न करीब सहमत भए पनि केही विषय टुंगो लगाउन बाँकी रहेको भन्दै औपचारिक एकता घोषणा नगरी संयुक्त कार्यक्रमबाट उक्त सन्देश दिन जुटेका हुन् ।

पार्टी एकता संयोजन समितिको आयोजनामा राष्ट्रियसभा गृहमा मध्यान्ह १२ बजे हुने कार्यक्रममा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायत शीर्ष नेताले सम्बोधन गर्नेछन् । “एकता टरेको होइन, यो कसैले टार्न सक्दैन, तयारी नपुगेर केही समयपछि सरेको मात्र हो ।” यो सन्देश दुबै अध्यक्षले सो सभामा दिनुहुनेछ ।” एमाले केन्द्रीय कार्यालयका सचिव कृष्णगोपाल श्रेष्ठले भने । गत असोज १७ मा एकीकृत कम्युनिष्ट पार्टी निर्माणको घोषणासहित चुनावी गठबन्धन हुँदै संघीय संसद्मा बहुमत हासिल गरी नयाँ सरकारसमेत बनाइसकेका एमाले र माओवादी केन्द्र एकताबाट पछि हट्न नसक्ने दुबै दलका नेताले पटक÷पटक जनाउँदै आएका छन् । स्थिर सरकार, सुशासन र विकासको लक्ष्यसहित निर्वाचनलगत्तै एकता गर्ने प्रतिबद्धता चुनावी घोषणापत्रमा भएको र त्यसलाई कार्यकर्ता र जनताले अनुमोदन गरिसकेकाले यसबाट पछि हट्न नमिल्ने विश्लेषकहरुको पनि बुझाइ छ । दुई दलबीच नेता माधवकुमार नेपालको संयोजकत्वमा गठित संगठन र नेता रामबहादुर थापा बादलको संयोजकत्वमा रहेको वैचारिक कार्यदलले तयार गरेको अन्तरिम विधान र अन्तरिम राजीतिक प्रतिवेदनलाई अन्तिमरुप दिन यही वैशाख ४ गतेको एकता संयोजन समितिको बैठकले अध्यक्ष ओली र दाहाललाई जिम्मेवारी दिएको थियो । ओली र दाहालले मिल्न बाँकी विषय मिलाएर समितिको बैठकमा पेश गरेपछि एकता घोषणाको मिति तय हुने भएकाले उहाँहरुले दैनिकजसो गम्भीर छलफल र वार्तामा व्यस्त हुनुभएको छ । सकेसम्म यही वैशाख १८ गते विश्व मजदुर दिवसका दिन एकता घोषणा गर्न पनि नेतृत्वलाई सुझाव दिइएको छ । माओवादी केन्द्रका नेता दीनानाथ शर्माले भने, “दुबै अध्यक्षले यही वैशाखभित्र एकता हुने भन्नुभएको छ । एकताबाट कोही पनि पछाडि फर्कने स्थिति छैन ।” एकताका लागि दुई पार्टीको सांगठनिक अनुपात, जनयुद्धबारेको विश्लेषण, आगामी महाधिवेशन र नेतृत्व बाँडफाँडबारे ठोस् सहमति हुनबाँकी छ । प्रतिवेदनमा मिल्न बाँकीमध्ये निर्वाचन चिन्ह सूर्य रहनेमा अनौपचारिक सहमति भइसकेको छ । गत फागुन ७ मा बसेको संयोजन समितिको बैठकले एकताका प्रारम्भिक सात बुँदे लिखित आधार सार्वजनिक गरेपछि कार्यदल बनाइ प्रतिवेदन तयार गरिएकोे थियो । ती आधारमा पार्टीको नाम नेकपा रहने, पार्टीको मार्गदर्शक सिद्धान्त माक्र्सवाद लेनीनवाद रहने, प्रतिस्पर्धाबाट श्रेष्ठता हासिल गर्ने मान्यता स्वीकार्दै एमालेको जनताको बहुदलीय जनवाद र केन्द्रको एक्काइशौँ शताब्दीको जनवादका विषयमा विधिवत् छलफल गरी परिमार्जन र विकास गर्नेलगायत छन् । राणा शासन विरोधी आन्दोलनका समयमा विसं २००६ वैशाख १० (अप्रिल २२, १९४९) मा पुष्पलालको नेतृत्वमा भारतको कलकत्तामा नेकपाको स्थापना भएको थियो । निरञ्जन गोविन्द वैद्य, नरबहादुर कर्माचार्य, नारायणविलास जोशी र मोतिदेवी श्रेष्ठ नेकपाका संस्थापक हुन् । राष्ट्रिय स्वतन्त्रता, स्वाधीनता, राष्ट्रिय स्वाभिमान र हितको रक्षाका साथै कम्युनिस्ट तथा वामपन्थी शक्तिले स्थापनाकालदेखि लोकतन्त्र र राष्ट्रिय स्वाधीनताका लागि पहरेदारीको काम गर्दै आएको जनाउँदै आएका छन् । तर कम्युनिष्ट घटक विभाजित हुँदा अस्थिरता र अराजकता देखा पर्दैआएको थियो । विसं २०१५ मा भएको पहिलो आमनिर्वाचनमा १०९ सदस्यीय संसद्मा नेपाल कम्युनिष्ट पार्टीबाट चार नेता कमलराज रेग्मी, तुल्सीलाल अमात्य, शेख फरमान र हरदयाल महतो मात्र निर्वाचित भएकामा हाल सुविधाजनक बहुमतको अवस्थामा कम्युनिष्ट शक्ति पुगेको छ । यद्यपि, कतिपय कम्युनिष्ट घटक अहिले पनि निर्वाचनमा भाग लिन आएनन् भने कतिपय साना कम्युनिष्ट पार्टीले विजय हासिल गर्न सकेनन् । विगतमा पनि कम्युनिष्ट पार्टीले बहुमत ल्याएको र गठबन्धनका आधारमा सरकार बनाएको भए पनि समाज उन्मुख नीति र कार्यक्रमका साथ स्थायित्व दिन नसकिएको अनुभवका आधारमा एमाले र माओवादी केन्द्र एकताको तयारीमा जुटेका हुन् । “कम्युनिस्ट तथा वामपन्थी शक्तिको नेतृत्व एवं मुख्य भूमिकामा आधारभूत रूपमा सम्पन्न भएकाले सामन्तवाद विरोधी लोकतान्त्रिक क्रान्ति परम्परागत संसदीय गणतन्त्र वा औपचारिक राजनीतिक लोकतन्त्रमा मात्र सीमित छैन । यो समाजवाद उन्मुख लोकतन्त्र निरन्तर विकसित भइरहनेछ ।” गत मंसिर १० र २१ को प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि एमाले र माओवादी केन्द्रको साझा चुनावी घोषणापत्रमा भनिएको छ, “कम्युनिस्टहरूको अथक प्रयत्न र पहल नभएको भए नेपालमा आजका यी अग्रगामी परिवर्तन सम्भव हुने थिएनन् । अब यिनै दुई पार्टीको काँधमा सामाजिक न्यायमा आधारित सुसंस्कृत र समृद्ध नेपाल निर्माण गर्ने ऐतिहासिक जिम्मेवारी आएको छ ।” रासस

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending