Khabar Dabali १ माघ २०८२ बुधबार | 14th January, 2026 Wed
Investment bank

पूर्वपरराष्ट्र सचिव आचार्यको विश्लेषणः उत्तर कोरियाको घोषणा निकै महत्त्वपूर्ण

\"\"तत्काल लागू हुने गरी आफ्ना पारमाणविक तथा क्षेप्यास्त्र परीक्षणहरू स्थगित गर्ने निर्णय उत्तर कोरियाली नेता किम जङ अनले किन लिए? संयुक्त राष्ट्र संघका पूर्व उपमहासचिव एवं नेपालका पूर्व परराष्ट्र सचिव ज्ञानचन्द्र आचार्यको विश्लेषण।

उत्तर कोरियाको पारमाणविक अस्त्र र क्षेप्यास्त्रसम्बन्धी विवाद पुरानो हो। अन्तर्राष्ट्रियस्तरमा पारमाणविक अप्रसार सन्धि छ र जुन देशहरूले त्यसमा हस्ताक्षर गरेका छन्, उनीहरूले पारमाणविक प्रसारमा भाग नलिने भनेको छ। उत्तर कोरियाले चाँहि उक्त सन्धिबाट अलग हुने निर्णय गर्‍यो। तर अन्तर्राष्ट्रिय तहबाट उसमाथि दबाब परिरेको छ। अहिलेको उत्तर कोरियाको घोषणा त्यही दबाबको परिणामले हो जस्तो देखिन्छ। अप्रसार सन्धिमा हस्ताक्षर गरे पनि कतिपय देशहरूले पारमाणविक अस्त्रसम्बन्धी अनुसन्धान गरिरहेका छन्। इरानसँग एउटा सम्झौता भएर उसको कार्यक्रम रोकिएको अवस्था छ। तर सबैको चासो उत्तर कोरियामा छ। किनभने उसले परमाणुसम्बन्धी अनुसन्धान तीव्र रूपमा अघि बढाइरहेको छ। र, त्यसबाहेक \'डेलिभरी भेहिकल\' भनिने परमाणुसम्म राख्न सकिने क्षेप्यास्त्रमा पनि उनीहरूले बढी प्रगति गरेको हुनाले धेरै चासो र समस्याको विषय बनेको हो। विगतमा पनि उत्तर कोरियाले अमेरिकासँग र अन्य राष्ट्रहरू चीन, रुस र दक्षिण कोरियासँग मिलेर विभिन्न किसिमका सम्झौताहरू गर्दै पारमाणविक अस्त्र निर्माण नगर्ने भनेर प्रतिबद्धता गरेको पनि हो। तर केही वर्षपछि उसले पुनः शुरू गर्‍यो। त्यही भएर अहिलेको परिप्रेक्ष्यमा यो एउटा महत्त्वपूर्ण कदम हो। किनभने अबको केही दिनमा नै उत्तर कोरिया र दक्षिण कोरियाका राष्ट्रपतिको तहमा भेटवार्ता हुँदैछ। अमेरिकी राष्ट्रपति र उत्तर कोरियाली नेताबीच पनि अबको एक-डेढ महिनाभित्र भेटवार्ता हुने कुरा छ। त्यो प्रसङ्गमा यो महत्त्वपूर्ण हो। तर यसपछि के हुन्छ, यसको कार्यान्वयन कसरी गरिन्छ र अनुगमन कसरी हुन्छ भन्ने महत्त्वपूर्ण हो। अमेरिका मात्रै होइन जापान, चीन, दक्षिण कोरिया र अरू अन्तर्राष्ट्रिय समुदायले पनि उत्तर कोरियामाथि दबाब बढाइरहेका छन्। राष्ट्रसंघको सुरक्षा परिषद्ले यससम्बन्धी धेरै प्रस्तावहरू पारित गरेको छ। त्यो हिसाबमा दबाबले काम गरिरहेको छ। दबाबका साथै अब नयाँ दिशामा उत्तर कोरियाली विषय जान्छ कि जस्तो छ। उत्तर कोरियाले पारमाणविक अस्त्र कार्यक्रम पूर्ण रूपमा बन्द गर्छ भनेर तत्कालै भन्न सकिने अवस्था छैन। अहिलेको कदमले कुराकानीको वातावरणलाई बल पुर्‍याउँछ। उत्तर कोरियाली नेताले अलि अगाडि चिनियाँ राष्ट्रपतिलाई भेटे। दक्षिण कोरियाको राष्ट्रपतिलाई केही दिनमै र निकट भविष्यमा अमेरिकी राष्ट्रपतिलाई भेट गर्ने परिप्रेक्ष्यमा अहिलेको कदमको धेरै महत्त्व छ। यी कुराकानीहरूबाट दिगो रूपमा समाधानको बाटो नखुलेसम्म स्पष्ट रूपमा यसले नै एउटा नयाँ मोड लिइहाल्छ कि भन्न सक्ने अवस्था चाहिँ छैन । बीबीसी र, यो पनि
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending