Ntc summer Offer
Khabar Dabali १२ श्रावण २०८१ शनिबार | 27th July, 2024 Sat
NIMB

एक दशकदेखि अलपत्र परेको कालीगण्डकी करिडोरको निर्माण तीव्र

\"\"पर्वत । झण्डै एकदशकदेखि अलपत्र बहुचर्चित उत्तर–दक्षिण जोड्ने कालीगण्डकी करिडोरको निर्माण पर्वत खण्डमा तीव्र पारिएको छ । राष्ट्रिय गौरवको आयोजना चीन–भारत जोड्ने सबैभन्दा छोटो कालीगण्डकी करिडोरअन्तर्गत पर्वतको रानीपानीदेखि फलेवास जोड्ने सडकखण्डको मार्ग खुलाउने तथा स्तरवृद्धिको काम तीव्रगतिमा अघि बढेको छ । करिडोरअन्तर्गत रानीपानी–फलेवास सडकखण्डको स्तरवृद्धि गर्न चालु आर्थिक वर्षमा रु ३९ करोड बजेट विनियोजन भएपछि निर्माण अघि बढेको छ । उक्त सडकखण्डको काम एक वर्षभित्र नै सम्पन्न गरिसक्ने लक्ष्य लिइएको छ । अहिले मार्ग खुलाउने, पहिले खनिएको सडक चक्ल्याउने, तारजाली हाल्ने, नालीसेतु बनाउने, नाली काट्नेलगायत काम भइरहेको आयोजनाले जनाएको छ । करिडोरकै अर्को खण्ड छिमेकी जिल्ला बागलुङ हुँदै खनिएपछि ओझेलमा परेको पर्वत खण्डले चालु आवमा आएर पूर्णता पाउने भएको प्रदेश नं ४ का उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले जानकारी दिए। आफ्नो लामो समयको प्रयासपछि उक्त बजेट विनियोजन गर्न सफल भएको बताउँदै उनले अब यसलाई सम्पन्न गराएरै छाड्ने दृढता व्यक्त गरे। यही महिनादेखि निर्माण दु्रतगतिमा भइरहेको गैँडाकोट–राम्दी–मालढुंगा आयोजना आयोजना कार्यालय पाल्पाले जनाएको छ । उक्त करिडोर १० मिटर फराकिलो बनाइनाका साथै घुम्ती तथा ग्रेड सुधार र ह्युम पाइप, नालीसेतु निर्माणजस्ता काम चालु आवभित्रै सक्नेगरी काम भइरहेको छ । सडकको निर्माण गर्ने जिम्मा पाएको महालक्ष्मी सिंह एण्ड ब्रदर्श कम्पनीले जतिसक्दो छिटो सम्झौताबमोजिम काम गर्नेगरी जनशक्ति परिचालन गरिएको जनाएको छ । उक्त सडकको हालै प्रदेशमन्त्री लम्सालले शुभारम्भ गर्दै भारतबाट चीनको कोरला नाका जोडिएकाले सो सडक यस क्षेत्रको विकासका लागि मेरुदण्ड भएको बताए । करिडोर निर्माणपछि यस क्षेत्रको ग्रामीण भेगका आर्थिकरूपले पछाडि परेका नागरिकको दैनिकीमा थप सुधार हुनाका साथै गरीबी निवारणमा सहयोग पुग्ने मन्त्री लम्सालको भनाइ छ । ‘यो करिडोरले हिन्दूहरूको पवित्र तीर्थस्थल मुक्तिनाथ धाम र बौद्ध धर्मावलम्बीको धार्मिक स्थल लुम्बिनीलाई पनि सीधा जोड्छ’, मन्त्री लम्सालले भने, ‘यसले गर्दा पर्यटक हिँड्ने बाटो भनेको यहीँ हुनेछ ।’ स्याङ्जाको मिर्मीदेखि पर्वतको अर्मादीसम्मको कूल ५४ किमी सडकखण्डमध्ये अब झण्डै सात किमी मात्रै खुल्न बाँकी छ । पर्वत खण्ड बागलुङ खण्डभन्दा झण्डै ३० किमी छोटो हुने भएकाले यस क्षेत्रबाट सवारी आवतजावत बढी हुने स्थानीयवासीको विश्वास छ । त्यस्तै कृषिजन्य उत्पादन, पर्यटन विकास, विद्युत् उत्पादन, उद्योग स्थापनामा समेत यो करिडोरले टेवा पु¥याउने देखिन्छ । कालीगण्डकी करिडोरको पर्वत खण्डबाट जिल्लाको कुश्मा र फलेवास नगरपालिका तथा बिहादी गाउँपालिकाका बासिन्दा प्रत्यक्षरुपमा लाभान्वित हुने भएका छन् । अलपत्र करिडोरको काम सञ्चालन भएपछि दक्षिण पर्वतको बिहादी गाउँपालिकाका बासिन्दा अझै बढी हर्षित बनेका छन् । बाटो बनेपछि उनीहरु सहजरुपमा सदरमुकाम आवतजावत गर्न सक्नेछन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy