Khabar Dabali १ माघ २०८२ बुधबार | 14th January, 2026 Wed
Investment bank

अध्यक्ष प्रचण्डको बिहान यसरी सुरु हुन्छ...

\"\"काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले राजनीतिक परिवर्तनलाई संगीत, कला, साहित्य र संस्कृतिले नै जीवन्त तुल्याउने बताएका छन् । शुक्रवार साँझ राजधानीमा आयोजित मेची महाकाली साङ्गीतिक अभियानको उद्घाटन गर्दै उहाँले यस्तो बताएका हुन् । मेची महाकाली साङ्गीतिक अभियानको सुरुवात समय सान्दर्भिक भएको र यसले नेपाली जनताले गरेको नयाँ समृद्धि र सभ्यतासहितको नयाँ युगको अपेक्षामा ठूलो टेवा मिलोस् भन्दै शुभकामना दिए । उनले भने, ‘यदि संगीत, कला, साहित्य र संस्कृति जीवन्त नतुल्याउने हो भने राजनीति निरस भएर जान्छ ।’ अध्यक्षले संगीतकार र कलाकारहरुलाई रोयल्टीको अधिकार स्थापित गर्न पुरै सहयोग हुने विश्वास दिलाए । उनले भने, ‘शान्ति सम्झौतामा हस्ताक्षर गरेर यो राजनीतिक प्रक्रियामा समावेश भैसकेपछि कलाकार र संगीतकारलाई राज्यको तर्फबाट प्रोत्साहन गर्न, सहयोग गर्न र उनीहरुको अधिकार स्थापित गर्न हमेशा मेरो ध्यान रहेको छ ।’ आफुले पहिलो पटक प्रधानमन्त्री हुँदा कलाकारको अक्षयकोषमा एक करोड रुपैयाँ सहयोग गरेको सम्झँदै उनले संगीतकार कलाकारहरुलाई त्यसरी नै राज्यको तर्फबाट सहयोगका लागि पहल गर्ने विश्वास दिलाए । अहिले नेपाल नयाँ अवसर र चुनौतिसहित इतिहासको असाध्यै महत्वपूर्ण क्षणमा रहेको उनले बताए । ‘हामीले यो अवसरलाई राम्रोसँग सदुपयोग गर्न सक्यौं भने समृद्धि, सभ्यता र अनुशासनको एउटा नयाँ युग प्रारम्भ हुने बिन्दुमा हामी खडा छा’ उनले भने,ैं ‘तर हामीले त्यसलाई सदुपयोग गर्न सकेनौं भने निकै अप्ठ्यारो स्थितिको सामना गर्नुपर्ने खतरा पनि छ ।’ अभियान मार्फत राष्ट्रिय एकताको संवेदना र परिवर्तन समृद्धि र विकासको सन्देश दिने प्रयास अर्थपूर्ण रहेको अध्यक्ष प्रचण्डको धारणा थियो । नेपाल समग्र देश संगीतमय अध्यक्ष प्रचण्डले नेपाल देश आफैं संगीतमय देश भएको बताए । उनले भने, ‘हाम्रा नदीनालाहरु झरनाहरु, छहराहरु, हाम्रा भीर पाखा पखेराहरु आफैं संगीत हुन् । हाम्रा जाति, भाषा र संस्कृति आफैंमा मौलिक संस्कृति र संगीतका धनी छन् । ती सबैको संश्लेषण गरेर हामीले एउटा नयाँ र मौलिक संस्कृति र संगीत विकास गर्दै आएका छौं ।’ राजनीतिक रुपमा निरंकुश व्यवस्थामा पनि संगीत र कलाको क्षेत्र फस्टाउनबाट कसैले रोक्न नसकेको अध्यक्ष प्रचण्डको भनाई थियो । ‘नेपालको विविधतामा एकता नै हाम्रो राष्ट्रको पहिचान र गौरव हो, उनले भने, ‘यो गौरवलाई संगीत, गीत र कला मार्फत संवेदनासहित नयाँ राष्ट्रिय एकता र नयाँ समृद्धिको यात्रातिर अगाडि बढ्न हामी सबैले संकल्प गरौं । ’ संगीतप्रतिको लगाव अध्यक्ष प्रचण्डले आफ्नो परिवारमा पनि संगीत र संवेदनाको स्थिति रहँदै आएको बताए । युद्धका समयमा र शान्ति प्रक्रिया पश्चात पनि गीत संगीतप्रति आफ्नो संवेदनशीलता र भावुकता राष्ट्रले देखिसकेको उनको भनाई थियो । उनले आफ्नो बिहानको शुरुवात नेपाली गीत संगीतबाट हुने बताए । ‘मेरो बिहान ५ बजेबाट सँधै नै आधी घण्टा पुुराना संगीतकार र नयाँ संगीतकार त्यसैगरी पुराना गायक र नयाँ गायकका गीत संगीत सुनेपछि सुुरु हुन्छ’, उनले भने, ‘हरेक दिन बिहान बिहान ५ बजे प्रेमध्वज प्रधान र अरु धेरै बरिष्ठ पुराना संगीतकारका गीत र संगीतबाट र आधुनिक गीतका नयाँ कलाकारहरुका गीत संगीत सुनेर आघी घण्टा बिताउँछु । र आधी घण्टा फिजिकल एक्ससरसाइज गर्छु र पसिना निकाल्छु ।’ आधी घण्टाको फिजिकल एक्सरसाइजले आफुलाई भौतिक रिफ्रेसमेन्ट भएको महशुस हने भन्दै प्रचण्डले भने, ‘मेरो घरमा एउटा कोठामा हार्मोनियम बज्छ, अर्को कोठामा गितार बज्छ यस्तै गर्दैगर्दै जीवन अगाडि बढिरहेको छ ।’
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending