Khabar Dabali २९ चैत्र २०८२ आईतवार | 12th April, 2026 Sun

प्रधानन्यायाधीश मिश्रविरुद्ध माथिल्लो सदनमा महाभियोग प्रस्ताव दर्ता

\"\"भारत । भारतको माथिल्लो सदन राज्यसभामा भारतीय प्रधानन्यायाधीश दीपक मिश्रविरुद्ध महाभियोगको प्रस्ताव दर्ता भएको छ । क‌ंग्रेस पार्टीको नेतृत्वमा सातवटा विपक्षी दलहरुले सामूहिक रुपमा उपराष्ट्रपति एवं राज्यसभाका अध्यक्ष वेन्कैया नायडूलाई प्रस्ताव बुझाएका हुन् । महाभियोग प्रस्ताव दर्ता गराएसँगै गरिएको पत्रकार सम्मेलनमा बोल्दै क‌ंग्रेसका नेताहरुले न्यायालयलाई स्वतन्त्र रुपमा सञ्चालन गर्न नसकेकै कारण उनी विरद्ध महाभियोगको प्रस्ताव दर्ता गर्नु परेको प्रतिक्रिया दिएका छन् । उनीहरुले प्रस्तावको समर्थनमा ६० जना सांसदले हस्ताक्षर गरेको पनि बताएका छन् । महाभियोग प्रस्तावमा हस्ताक्षर गर्ने सांसदहरु कंग्रेस, राष्ट्रवादी कंग्रेस पार्टी, सीपीआई(एम), सीपीआई, समाजवादी पार्टी र भहुजन समाज पार्टीका सांसदहरु रहेका छन् । अभियोगको प्रस्तावमा समर्थन गर्ने सातौं पार्टीका बारे भने केही भनिएको छैन । \'हामीले ७१ जनाले हस्ताक्षर गरेको प्रस्ताव अध्यक्ष समक्ष बुझाएका छौं,\' कंग्रेसका नेता गुलाम नबी आजादले पत्रकार सम्मेलनमा भने, \'जसमध्ये ७ जना सांसदहरुले अवकाश प्राप्त गरिसकेका छन् । जसको गणना हुने छैन ।\' यस्तै कंग्रेसका अर्का नेता कपिल सिब्बलले भने,\'यस्तो दिन नआएकै भए राम्रो हुन्थ्यो । तर कानुनत: हामीसँग न्यायालयलाई जोगाउने यो भन्दा अर्को विकल्प नै छैन ।\' सर्वोच्च अदालतले न्यायाधीश बीएच लोहियाको शंकास्पद मृत्युको छानबिन हुनु पर्ने माग गर्दै दायर गरिएका विभिन्न रिटहरु बिहीबार खारेज गरिदिएसँगै महाभियोग प्रस्ताव दर्ता भएको हो । न्यायाधीश लोहीयाले सन् २००५ मा गुजरातमा प्रहरी इन्काउन्टरमा मारिएका सोहराबुद्दीन शेखको मुद्दाको सुनुवाई गरिरहेका थिए । शेखको जाली इन्कान्टर गरी प्रहरीले मारेको मुद्दमा सुनुवाई चलिरहेको छ। जसमा सीबीआईले समेत अनुशन्धान गरेको थियो । भारतीय जनता पार्टीका अध्यक्ष अमित शाह शेख इन्काउन्टरका मुख्य आरोपी हुन् त्यस बखत उनी गुजरातका गृहमन्त्री थिए भने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी गुजरातको मुख्यमन्त्री थिए । भारतको संविधान अनुसार महाभियोग प्रस्ताव संसद अधिवेशन नचलेको समयमा पनि दर्ता भएर अगाडि बढ्न सक्छ । महाभियोग प्रस्ताव दर्ता हुनलाई भने ५० जना सांसदको हस्ताक्षर आवश्यक रहन्छ। प्रस्ताव दर्ता भएपनि त्यसलाई अगाडि बढाउने वा नबढाउने जिम्मा भने राज्यसभाको अध्यक्षको हुन्छ। उनलाई प्रस्ताव मनासिव लागेर अगाडि बढाएको खण्डमा भने महाभियोगका प्रस्ताव लगाइएका आरोपहरुबारे छानबिन गर्न समिति गठन हुन्छ। समितिलाई पनि आरोपहरु सही लागे त्यो प्रस्ताव भोटिङका लागि पेश हुन्छ । तर उक्त प्रस्ताव दुई तिहाई मतले दुवै सदनबाट पारित हुनुपर्छ । एजेन्सी
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending