Khabar Dabali १ माघ २०८२ बुधबार | 14th January, 2026 Wed
Investment bank

डा. गोविन्द केसीले निकाले सरकारबिरुद्ध यस्तो बिज्ञप्ति

\"\"काठमाडाैं । डा. गोविन्द केसीले माइतिघर मण्डलामा प्रदर्शन निषेध गर्ने निर्णय खारेज गर्न सरकारसँग आग्रह गरेका छन् । विज्ञप्ति जारी गर्दै उनले यस्तो आग्रह गरेका हुन् । उनले त्यसो नगरिएमा अभिव्यक्ति स्वतन्त्रतामाथि सरकारको हस्तक्षेपविरुद्ध संविधान प्रदत्त अधिकार रक्षाका लागि निषेधित क्षेत्र तोडेर प्रदर्शन गर्ने पनि जानकारी गराएका छन् । सरकारको यस्तो निर्णयविरुद्ध हातेमालो गर्ने नागरिक समाज लगायत सबैसँग आग्रह पनि गरेका छन् । यस्तो छ उनले जारी गरेको विज्ञप्ति आदरणीय पत्रकार मित्रहरु सरकारले हालै माइतीघर मण्डलामा प्रदर्शन निषेध गर्ने गरी लिएको निर्णयप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । स्मरण रहोस्, हाम्रो संविधानले आम नागरिकलाई सार्वभौमसत्ता सम्पन्न बनाएको छ, कुनै अमुक नेता, पदाधिकारी वा कारिन्दालाई मात्रै हैन । निरंकुश र अभिव्यक्ति स्वतन्त्रताका विरोधी व्यवस्थाहरुलाई बारम्बार पराजित गरेर ठूलो मुल्य चुकाउँदै लोकतन्त्रसम्म आउन आम नागरिकले कति रगत र पसिना बगाउनुपरेको थियो भन्ने इतिहास सत्तामा पुग्नेहरुले बिर्से पनि हामीले बिर्सन सक्दैनौं । मानिसहरुले निरंकुश सत्ताका अगाडि ज्यान दिएर व्यवस्था परिवर्तन गरेको नयाँ तानाशाहहरु जन्मेर अभिव्यक्ति स्वतन्त्रता कुल्चिन पाऊन् भनेर थिएन । नयाँ तानाशाह नजन्मिउन् भन्नका लागि जुन सुकै शक्ति सत्तामा भए पनि सशक्त र रचनात्मक प्रतिपक्ष रहनुपर्छ । त्यो कर्तव्यबाट संसदको प्रतिपक्षमा रहने दलहरु विमुख भएको अवस्थामा समेत नागरिक समाज र मिडियाले त्यस्तो प्रतिपक्षको भुमिका अडिग भएर निभाउनुपर्छ । सत्तामा पुगेपछि असीमित शक्ति र शुन्य विरोधको अपेक्षा नौलो कुरा हैन तर त्यो बाटोले समाजलाई कुन दिशामा पुर्याउँछ भन्ने उदाहरण अहिले संसारभर उदाइरहेका तानाशाही व्यवस्थामा निसास्सिइरहेका समाज छन् । त्यसैले यस्तो कुटिल र प्रतिगामी निर्णयको औचित्य सडक सफा राख्ने वा ट्राफिक व्यवस्थापन सहज बनाउनेजस्ता काइते तर्क दिएर देखाइनु लाजमर्दो कुरा हो । माइतिघर मण्डला लगायतका ठाउँमा हुने प्रदर्शनहरुले त्यस खाले समस्या उब्जाएका हुन् भने तिनलाई समाधान गर्न हरतरहले सघाउन हामी तत्पर छौं । माइतिघर मण्डलाबाट सडक छेउको पेटी हुँदै वा छेउको लेन हुँदै बानेश्वरसम्म गरिने शान्तिपुर्ण प्रदर्शनले त्यस ठाउँको ट्राफिक व्यवस्थामा कुनै समस्या नल्याउने जगजाहेरै छ । कसैले प्रदर्शनमा आएर फोहर गर्छ भने उसलाई दण्डित गर्नु त्यो समस्याको समाधान हो, त्यो ठाउँमै निषेधाज्ञा जारी गर्नु नयाँ समस्या थप्नु हो । त्यसैले यदि राज्यको शीर्ष तहबाट निर्णय नभई तल्लो निकायले खेलाँचीपूर्वक त्यस्तो संवेदनशील निर्णय लिएको भए तत्काल त्यसलाई सच्याउने निर्देशन दिन नेपाल सरकारलाई आग्रह गर्दर्छौं । हैन र नयाँ सरकारले सोचविचार गरेरै आम नागरिकको आवाज बलजफ्ती थुन्न त्यस्तो निर्णय गराएको हो भने पनि विगतका सबै सानाठूला राजनीतिक परिवर्तनहरु ९जसका बलमा आजको व्यवस्था र सत्ता सम्भव भएको हो०मा आम नागरिकले खेलेको भुमिका स्मरण गर्न आग्रह गर्दर्छौं । यदि सीमित नेता र तिनका वरिपरिका मानिसहरुका कारण मात्रै समाज र देश धानिएको तथा समाजलाई अघि बढाउनमा आम नागरिकको कुनै भुमिका नभएको, उनीहरुको आवाज सुनुवाइ हुनु नपर्ने र प्रदर्शन गरेको खण्डमा दमन गर्ने गुरुयोजनासहित निषेधित क्षेत्रको निर्णय लिइएको हो भने सार्वभौम नागरिकका रुपमा त्यस्ता निषेधाज्ञा तोड्नुलाई हामी आफ्नो कर्तव्य सम्झन्छौं । त्यसैले तत्काल माइतिघर मण्डलामा प्रदर्शन निषेध गर्ने निर्णय खारेज गर्न सम्बन्धित निकायहरुलाई पुनः आग्रह गर्दर्छौं । त्यसो नगरिएमा अभिव्यक्ति स्वतन्त्रतमाथि सरकारको हस्तक्षेपविरुद्ध तथा संविधान प्रदत्त अधिकार रक्षाका लागि निषेधित क्षेत्र तोडेर प्रदर्शन गर्ने पनि जानकारी गराउँछौं । साथै सरकारको त्यस्तो निर्णयविरुद्ध हातेमालो गर्न नागरिक समाज लगायत समाजको लोकतान्त्रिक चरित्र बचाउन चाहने सबै नागरिकहरुलाई हातेमालो गर्न आग्रह गर्दर्छौं । डा गोविन्द केसी त्रिवि शिक्षण अस्पताल महाराजगन्ज डा जीवन क्षेत्री सोलिडारिटी फर डा केसी अलायन्स २०७५ वैशाख ७
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending