Khabar Dabali २९ चैत्र २०८२ आईतवार | 12th April, 2026 Sun

डा. गोविन्द केसीले निकाले सरकारबिरुद्ध यस्तो बिज्ञप्ति

\"\"काठमाडाैं । डा. गोविन्द केसीले माइतिघर मण्डलामा प्रदर्शन निषेध गर्ने निर्णय खारेज गर्न सरकारसँग आग्रह गरेका छन् । विज्ञप्ति जारी गर्दै उनले यस्तो आग्रह गरेका हुन् । उनले त्यसो नगरिएमा अभिव्यक्ति स्वतन्त्रतामाथि सरकारको हस्तक्षेपविरुद्ध संविधान प्रदत्त अधिकार रक्षाका लागि निषेधित क्षेत्र तोडेर प्रदर्शन गर्ने पनि जानकारी गराएका छन् । सरकारको यस्तो निर्णयविरुद्ध हातेमालो गर्ने नागरिक समाज लगायत सबैसँग आग्रह पनि गरेका छन् । यस्तो छ उनले जारी गरेको विज्ञप्ति आदरणीय पत्रकार मित्रहरु सरकारले हालै माइतीघर मण्डलामा प्रदर्शन निषेध गर्ने गरी लिएको निर्णयप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । स्मरण रहोस्, हाम्रो संविधानले आम नागरिकलाई सार्वभौमसत्ता सम्पन्न बनाएको छ, कुनै अमुक नेता, पदाधिकारी वा कारिन्दालाई मात्रै हैन । निरंकुश र अभिव्यक्ति स्वतन्त्रताका विरोधी व्यवस्थाहरुलाई बारम्बार पराजित गरेर ठूलो मुल्य चुकाउँदै लोकतन्त्रसम्म आउन आम नागरिकले कति रगत र पसिना बगाउनुपरेको थियो भन्ने इतिहास सत्तामा पुग्नेहरुले बिर्से पनि हामीले बिर्सन सक्दैनौं । मानिसहरुले निरंकुश सत्ताका अगाडि ज्यान दिएर व्यवस्था परिवर्तन गरेको नयाँ तानाशाहहरु जन्मेर अभिव्यक्ति स्वतन्त्रता कुल्चिन पाऊन् भनेर थिएन । नयाँ तानाशाह नजन्मिउन् भन्नका लागि जुन सुकै शक्ति सत्तामा भए पनि सशक्त र रचनात्मक प्रतिपक्ष रहनुपर्छ । त्यो कर्तव्यबाट संसदको प्रतिपक्षमा रहने दलहरु विमुख भएको अवस्थामा समेत नागरिक समाज र मिडियाले त्यस्तो प्रतिपक्षको भुमिका अडिग भएर निभाउनुपर्छ । सत्तामा पुगेपछि असीमित शक्ति र शुन्य विरोधको अपेक्षा नौलो कुरा हैन तर त्यो बाटोले समाजलाई कुन दिशामा पुर्याउँछ भन्ने उदाहरण अहिले संसारभर उदाइरहेका तानाशाही व्यवस्थामा निसास्सिइरहेका समाज छन् । त्यसैले यस्तो कुटिल र प्रतिगामी निर्णयको औचित्य सडक सफा राख्ने वा ट्राफिक व्यवस्थापन सहज बनाउनेजस्ता काइते तर्क दिएर देखाइनु लाजमर्दो कुरा हो । माइतिघर मण्डला लगायतका ठाउँमा हुने प्रदर्शनहरुले त्यस खाले समस्या उब्जाएका हुन् भने तिनलाई समाधान गर्न हरतरहले सघाउन हामी तत्पर छौं । माइतिघर मण्डलाबाट सडक छेउको पेटी हुँदै वा छेउको लेन हुँदै बानेश्वरसम्म गरिने शान्तिपुर्ण प्रदर्शनले त्यस ठाउँको ट्राफिक व्यवस्थामा कुनै समस्या नल्याउने जगजाहेरै छ । कसैले प्रदर्शनमा आएर फोहर गर्छ भने उसलाई दण्डित गर्नु त्यो समस्याको समाधान हो, त्यो ठाउँमै निषेधाज्ञा जारी गर्नु नयाँ समस्या थप्नु हो । त्यसैले यदि राज्यको शीर्ष तहबाट निर्णय नभई तल्लो निकायले खेलाँचीपूर्वक त्यस्तो संवेदनशील निर्णय लिएको भए तत्काल त्यसलाई सच्याउने निर्देशन दिन नेपाल सरकारलाई आग्रह गर्दर्छौं । हैन र नयाँ सरकारले सोचविचार गरेरै आम नागरिकको आवाज बलजफ्ती थुन्न त्यस्तो निर्णय गराएको हो भने पनि विगतका सबै सानाठूला राजनीतिक परिवर्तनहरु ९जसका बलमा आजको व्यवस्था र सत्ता सम्भव भएको हो०मा आम नागरिकले खेलेको भुमिका स्मरण गर्न आग्रह गर्दर्छौं । यदि सीमित नेता र तिनका वरिपरिका मानिसहरुका कारण मात्रै समाज र देश धानिएको तथा समाजलाई अघि बढाउनमा आम नागरिकको कुनै भुमिका नभएको, उनीहरुको आवाज सुनुवाइ हुनु नपर्ने र प्रदर्शन गरेको खण्डमा दमन गर्ने गुरुयोजनासहित निषेधित क्षेत्रको निर्णय लिइएको हो भने सार्वभौम नागरिकका रुपमा त्यस्ता निषेधाज्ञा तोड्नुलाई हामी आफ्नो कर्तव्य सम्झन्छौं । त्यसैले तत्काल माइतिघर मण्डलामा प्रदर्शन निषेध गर्ने निर्णय खारेज गर्न सम्बन्धित निकायहरुलाई पुनः आग्रह गर्दर्छौं । त्यसो नगरिएमा अभिव्यक्ति स्वतन्त्रतमाथि सरकारको हस्तक्षेपविरुद्ध तथा संविधान प्रदत्त अधिकार रक्षाका लागि निषेधित क्षेत्र तोडेर प्रदर्शन गर्ने पनि जानकारी गराउँछौं । साथै सरकारको त्यस्तो निर्णयविरुद्ध हातेमालो गर्न नागरिक समाज लगायत समाजको लोकतान्त्रिक चरित्र बचाउन चाहने सबै नागरिकहरुलाई हातेमालो गर्न आग्रह गर्दर्छौं । डा गोविन्द केसी त्रिवि शिक्षण अस्पताल महाराजगन्ज डा जीवन क्षेत्री सोलिडारिटी फर डा केसी अलायन्स २०७५ वैशाख ७
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending