Ntc summer Offer
Khabar Dabali ३१ बैशाख २०८१ सोमबार | 13th May, 2024 Mon
NIMB

जहाँ एमाले-कांग्रेसले दलित परिवारलार्इ घरमा पस्न त के छेउबाट हिड्न पनि दिदैंनन्

\"\"बाजुरा । बाजुराको गौमुल गाउँपालिका–४ का ४२ परिवार दलित समुदाय दलीय स्वार्थका कारण पीडित बन्दै गएका छन् । गाउँमा रहेका दुई पार्टीबीच २०७० पछि झगडा शुरु भएदेखि अहिलेसम्म दलित बस्तीका ४२ परिवारले शान्त वातावरणमा बस्न पाएका छैनन् भने रातिको समयमा दिसापिसाब गर्न बाहिर आउन समेत सक्दैनन । गाउँका गैरदलितको राजनीतिक झगडाका कारण दलित बस्ती मारमा परेका हो । दलित समुदायका बासिन्दालाई एमाले र कांग्रेस समर्थक पार्टीको छेउछाउ हिँड्न नपाइने भएको स्थानीय मंगल विकले बताए । गाउँमा उब्जेको झगडाको बीउले उग्र रुप लिनुका साथै गाउँमा सञ्चालन हुँदै आएका विकास निर्माणका योजनामा पनि राजनीतिकरूपले अवरोध हुँदै आएको उनले बताए । राजनीतिक कारणले गैरदलितहरु एकापसमा कुटपिट र अश्लील गालीगलोज गर्छन् त्यसको मार भने हामी दलितले खेप्नु परेको विकले भने । गैरदलितहरु मदिरा सेवन गर्दै गालीगलौज गर्ने, डुम कमारा भन्दै ज्यान मार्ने धम्की दिँदै आएको मंगलको गुनासो थियो । बालबच्चा पढाउनका लागि गाउँ छोडेर अन्यत्र जाने समेत कठिन छ । अँध्यारो हुनेबित्तिकै घरभन्दा बाहिर निस्कन नपाउने गरेको विकले बताए । स्थानीय चुनावपछि झगडाले उग्र रुप लिँदै गएकाले अहिले आएर घरभित्रै दिसापिसाब गर्नुपर्ने बाध्यता रहेको सोही वडाकी वडासदस्य बेलु कामीले बताए । गाउँमा भएको अशान्तिले बालबालिका र श्रीमान्लाई कसरी बचाउने भन्ने महिलालाई दिनरात पिरलो हुने गरेको उनको भनाइ थियो । वडा सदस्य कामीले भने “अहिले गाउँमै बस्न गाह्रो भएको छ । गाउँमा हुने प्रत्येक मेलाजात्रामा दलित भन्दै कुटपिट गर्ने गरेका छन् । ज्यान जोगाउन मस्किल छ ।” गएको पुस महिनामा दलित बस्तीका छजनालाई कुटपिट गरिएको थियो भने गत चैतमा आफ्ना जेठीलाई मरणासन्न हुने गरी कुटपिट गरेकाले अहिले उनको अवस्था नाजुक भएको उनको गुनासो थियो । राति आएर “डुम तिमीहरू एक्लै लड्न आउ, अब गाउँमा बस्न पाउँदैनौ जस्ता अभिव्यक्ति सुन्दै आउनुपरेको छ ” वडा सदस्य कामीको दुखेसो थियो । यस्तै श्रीमान्लाई कुटपिट गरेर हेरचाहमा बसेकी सोही वडाकी अ‍ैती विकले भने “श्रीमान्लाई अपाङ्ग हुने गरी पिटेकाले घरबाट निस्कन सक्नुभएको छैन । गाउँमा कसैसँग कुभलो नचिताउने दैवजस्ता आफ्ना श्रीमान्लाई अपांग बनाएका छन् ।” गाउँमा आएर डुमका बालबच्चा मार्छाैं भन्ने अभिव्यक्ति गैरदलितले दिने गरेकोे पीडा सुनाउँदै उहाँले पानी ल्याउने प्लाष्टिकको जर्किन काटेर त्यसैैमा घरका सबैले दिसापिसाब गर्ने र बिहान चर्पीमा फाल्ने गरेका छौँ भने । गौमुल गाउँपालिका–४ का वडाध्यक्ष वीरेन्द्र रोकायाले लामो समयदेखि गाउँमा रहेको गिफ्ट बाजुरा नामक गैरसरकारी संस्थाको अधिवेशनबाट नयाँ नेतृत्व चयन भएदेखिको विवादले झगडा बल्झिँदै गएको बताए । उहाँले भन्नुभयो, काँग्रेस र एमालेबीचको द्वन्द्वले गर्दा सामाजिक खलल त भएको छ, विकास निर्माणका काममा पनि असर पुगेको छ, यसैकारण गौमुलको ४ र ५ वडामा रहेको घोगाला बगरमा रहेको योजनामा ठूलो बाधा पुगेकाले अहिले द्वन्द्व मिलाउने प्रयास भइरहेको छ । गाउँमा भएको द्वन्द्वलाई गाउँमै समाधान गर्नुको साटो राजनीतिक रुपमा बसेर जनप्रतिनिधिको दम्भ देखाउने गरेकाले आगोमा घ्यू थप्न लागेको आरोप लाग्न थालेको वडाध्यक्ष वीरेन्द्र रोकायाले बताए । उक्त संस्थाको अध्यक्ष बन्नका लागि जनक रोकाया र बलबहादुर रोकायाबीच प्रतिष्पर्धा भएपछि एमाले समर्थक बलबहादुर रोकायाको नयाँ कार्यसमिति चयन भएको दिनदेखि नै झगडा शुरु भएको वडाध्यक्ष रोकायाले बताए । भारतमा उपचारार्थ रहेका पीडित विसे विकले भने, घर निर्माण गरेको रु ५० हजार ज्याला माग्दा तँ डुमलाई रु २० हजारमात्र दिन्छु भन्दै घर मालिक मानबहादुर रोकायाले आफूलाई कुटपिट गर्न आफन्तलाई अह्राएको बताए । मैले घर निर्माण गर्न काठको चिरानी गरेर निर्माण गरेको ज्याला नपाउनु के नियम हो भन्न नपाउँदै घर निर्माणका सहकर्मी मनबहादुर विक र घर मालिकले घरको तेस्रो तला जाने भ¥याङबाट दोस्रो तलामा धकेल्दै मरणासन्न हुनेगरी कुटपिट गरेको पीडित विकको भनाइ थियो । आफूलाई घरभित्रै दुवैजनाले ढाड भाँच्ने नियतले कुटपिट गरी राति ९ बजे कसैले नदेख्ने गरी खोलामा फालेको र भोलिपल्ट बिहान होसमा आएपछि चोटपटक लागेको थाहा पाएको विसे विकले गुनासो गरे । रोकाया र विक दुवैजना लागेर कुटपिट गरी मेरो मोबाइल खल्तीबाट झिकेर टाढा राखिदिएको र ज्याकेटको खल्तीमा रक्सीका दुई बोतल राखेर मरेको जस्तै देखेर खोलामा फाली फर्केको उनको दाबी थियो । गाउँमा ज्यान मार्ने कार्यसमेत हुँदै गएकाले जिल्ला प्रहरी कार्यालय बाजुराले पटक पटक द्वन्द्व समाधान गर्नका लागि प्रहरी टोलीसमेत घटनास्थलमा पठाउने गरेको प्रहरी नायब उपरीक्षक हरिबहादुर वलीले बताए । उनले केही व्यक्तिले गर्र्दा गाउँमा द्वन्द्व भएको हुँदा उक्त क्षेत्रको सुरक्षाका लागि प्रहरी टोली पठाउन परेको र उक्त क्षेत्रमा प्रहरी चौकी स्थापना गर्न पहल भइरहेको प्रहरी प्रमुख वलीले राससलाई जानकारी दिए । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies