Ntc summer Offer
Khabar Dabali ३१ बैशाख २०८१ सोमबार | 13th May, 2024 Mon
NIMB

जनकपुरमा जानकी नवमीको भव्य तयारी

\"\"धनुषा । त्रेतायुगमा आदर्शनारी भगवती सीताको जन्म भएको संस्मरणमा जनकपुरमा जानकी जयन्ती अर्थात् जानकी नवमी विशेष रुपमा मनाउन तयारी थालिएको छ । जानकी नवमीको १४ दिने महोत्सवमा राष्ट्रपति विद्यादेवी भण्डारी पनि जनकपुर आउने कार्यक्रम रहेको बताइएको छ । जानकी नवमीका अवसरमा यस वर्ष जनकपुरमा विशेष कार्यक्रम गरिने भएको छ । यही वैशाख ३ देखि १६ गतेसम्म जानकी मन्दिरको आयोजनामा जानकी नवमी मनाइने तयारी भइरहेको छ । जानकी नवमीका अवसरमा अतिथिलाई स्वागत, दूधमती नदीमा शाही स्नान, शोभा यात्रा, बधाई, झाँकी प्रदर्शनलगायतका कार्यक्रम तय गरिएको छ जसअनुसार वैशाख १० गते रामायण मेला र रामायण सत्रको उद्घाटन तथा ११ गते दूधमती नदीमा शाही स्नानको कार्यक्रम तय भएको छ । जनकपुरसहित मिथिलाञ्चल सीताको जन्मभूमि रहेकाले यहाँ ‘जानकी नवमी’ धुमधामका साथ मनाउने परम्परा छ । ‘जानकी नवमी’का अवसरमा मिथिलाञ्चलमा दीपावलीसमेत गर्ने गरिन्छ भने मैथिली भाषा अनुयायी यस दिनलाई मैथिली दिवसका रुपमा समेत मनाउने गर्दछन् । जानकी नवमी मनाउने तयारीस्वरुप विभिन्न निकायसँग समन्वयका लागि जानकी मन्दिरमा बैठक सम्पन्न भएका छन् । जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दासका अनुसार रामायण मेलामा राष्ट्रपति भण्डारीलाई सरिक हुन विशेष आमन्त्रण गरिएको छ । महन्थ दासले भने, “जानकी नवमीको मुख्य दिन अतिथिका रूपमा राष्ट्रपतिलाई निमन्त्रणा गरेको छौँ । जानकी मन्दिरको मुख्य कार्यक्रम जानकी नवमी हो । यसमा नेपाल र भारतका हजाराँै पर्यटक सहभागी हुनेछन् ।” उनले नेपालमा सीताको जन्म भएको अवसरलाई मुख्य प्राथमिकतामा राखेर पर्यटक भित्र्याउन जानकी नवमी मनाउने तयारी गरिएको बताए । यस महोत्सवलाई सफल बनाउन जनकपुर उपमहानगरपालिकाले शौचालयको व्यवस्था तथा नगर सरसफाइ गर्नुपर्ने, विद्युत् प्राधिकरणले उत्सव अवधिमा सकभर विद्युत्भार कटौती नहुने गरी व्यवस्था मिलाउनुपर्ने, जिल्ला समन्वय समितिले जानकी मन्दिर क्षेत्र सजाउने, खानेपानी तथा सरसफाइ कार्यालयले अस्थायी खानेपानीको व्यवस्था मिलाउने र हुलाकी सडक कार्यालयले जनकपुर–भिठामोड तथा नगरपालिकाले नगरभित्रको सडक व्यवस्थित गर्नेलगायत जिम्मेवारीसमेत तोकिएको छ । सीताको जन्मोत्सवमा मनाउन जानकी मन्दिरलाई नव दुलही झैँ सिँगारिएको छ । मन्दिरको बाहिरी र भित्री परिसरमा पन्डालको निर्माण गरिएको छ जहाँ धार्मिक प्रवचन र पूजापाठको काम भइरहेको छ । रासस

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies