Khabar Dabali २ माघ २०८२ बिहीबार | 15th January, 2026 Thu
Investment bank

चीनको प्रस्ताव : चीन–नेपाल–भारत जोड्ने आर्थिक कोरिडोर निर्माण गरौं

\"\"काठमाडौं  । चीनले नेपाल, भारत र चीन जोड्ने आर्थिक कोरिडोर निर्माणका लागि बहुआयामिक सञ्जाल विस्तार गर्नका लागि प्रस्ताव अघि सारेको छ । परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवाली र चिनियाँ समकक्षी वाङ यीबीच भएको दुई–पक्षीय वार्तापछि चीनले यस्तो प्रतावअघि सारेको हो । परराष्ट्रमन्त्री ज्ञवाली यतिबेला पाँच दिने चीन भ्रमणमा रहेका छन् । दुई नेताबीच भएको छलफलपछि आयोजना गरिएको संयुक्त पत्रकार सम्मेलनमा बोल्दै वाङले भने, ‘चीन र नेपाल अन्तर–हिमालय कनेक्टिभीटी सञ्जालको दीर्घकालिन परिकल्पनामा सहमत भएको छ ।’ वाङले नेपाल र चीनले यसअघि नै बेल्ट र रोड परियोजनामा हस्ताक्षर गरिसकेको जानकारी दिँदै यसमा कनेक्टिभीटीमा सहकार्य पनि एक अंश भएको जिकिर गरे । यसमा दुई देशलाई जलमार्ग, रेलमार्ग, राजमार्ग, हवाईमार्ग, उर्जा र सञ्चारबाट दुई देशलाई जोड्ने योजना समावेश रहेको छ । ‘विकसित कनेक्टिभीटी सञ्जालले चीन, नेपाल र भारतबीच आर्थिक कोरिडोर निर्माणका लागि आधारहरु निर्माण गर्ने हामीले विश्वास लिएका छौँ,’ वाङले भने, ‘यस्तो सहकार्यले तिनै राष्ट्रको विकास र समृद्धिमा सहयोग गर्ने आशा गरेका छौँ ।’ पत्रकार सम्मेलनमा ‘के ज्ञवालीको भ्रमण प्रधानमन्त्री केपी शर्मा ओलीको हालै सम्पन्न भारत भ्रमणलाई काउन्टरब्यालेन्स गर्नका लागि लक्षित त होइन ?’ भन्ने प्रश्नमा वाङले त्रिदेशीय साझेदारीको कुरा उठाएका थिए । उनले बेइजिङ र नयाँ दिल्लीले यसमा सहजीकरण गर्नुपर्ने कुरा पनि उल्लेख गरे । ‘चीन, नेपाल र भारत स्वभाविक मित्र र साझेदार हुन् । हामी नदी र हिमालले जोडेका छिमेकी हौँ । यो तथ्यलाई विश्व या तीन देशभित्र हुने कुनै पनि बदलावले परिवर्तन गर्न सक्दैन,’ वाङले भने । ‘नेपालले आफ्नो भौगोलिक अवस्थाको फाइदा उठाउँदै थप विकासका लागि चीन र भारतलाई जोड्नुपर्छ । चीन र भारतबीचको सहकार्यबाट स्वतः नेपाल लाभग्राही बन्नेछ । यो तार्किक चाहनालाई चीन र भारत दुवैले समर्थन गर्नुपर्छ ।’ उनले तिब्बत हुँदै नेपाल जोड्ने रेलमार्ग निर्माणाधिन रहेको पनि जानकारी दिए । वाङले परराष्ट्रमन्त्री ज्ञवालीले नेपाल ‘एक चीन नीति’प्रति प्रतिबद्ध रहेको कुरा दोहोराएको पनि जानकारी दिए । वाङसँगको छलफलमा प्रधानमन्त्री केपी ओलीको पछिल्लो चीन भ्रमणका दौरान व्यापार र परिवाहन सम्झौताको कार्यान्वयनको विषयमा कुराकानी भएको थियो । ‘व्यापार र परिवाहन सम्झौताको प्रोटोकल ड्राफ्ट गर्नका लागि छलफललाई तीव्रता दिने र यसलाई चाँडै तात्विक निश्कर्षमा पुर्याउने विषयमा पनि समझदारी भएको छ,’ ज्ञवालीले भने । उनले चिनियाँ सहयोगमा निर्माण भइरहेका र सम्पन्न परियोजनाहरुको प्रभावकारी कार्यान्वयनको विषयमा पनि छलफल भएको जानकारी दिए । यता, परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिमा नेपाल र चीन जोड्ने रेलमार्गका लागि केरुङ काठमाडौँ र काठमाडौँ–पोखरा–लुम्बिनी रेलमार्गको सम्भाव्यता अध्ययन र डिपिआर तयार गर्ने विषयमा पनि दुई नेताहरुबीच छलफल भएको जानकारी दिएको छ । वाङसँगको भेटमा मन्त्री ज्ञवालीले भविष्यमा दुई देशबीच थप नाकाहरु खुला गर्नुपर्ने र रसुवागढी–केरुङ र तातोपानी नाको स्तरोन्नति तथा तातोपानी नाका चाँडो खुलाउने विषयमा पनि कुराकानी भएको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ । मन्त्री ज्ञवालीले भोलि बेइजिङमा चाइना रिफर्म फोरमले आयोजना गर्ने राउण्ड टेबललाई सम्बोधन गर्ने तथा चीनस्थित नेपाली दूतावास, नेपाल पर्यटन बोर्ड र नाटाले आयोजना गर्ने ‘चीनमा नेपाली पर्यटनको प्रबद्र्धन २०१८’ विषयक कार्यक्रमलाई पनि सम्बोधन गर्ने कार्यक्रम रहेको छ । मन्त्री ज्ञवाली अाज साँझ छेङ्दुका लागि प्रस्तान गर्नेछन् जहाँ उनले प्रान्तीय नेताहरुसँग छलफल गर्ने छन् भने उनको सम्मानमा आयोजना सिचुवान विश्वविद्यालयमा आयोजना गरिने कार्यक्रममा सहभागिता जनाउने छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending