Khabar Dabali ४ पुष २०८२ शुक्रबार | 19th December, 2025 Fri
Investment bank

पुनःनिर्माणमा सहयोग गर्न तयार छौँः इन्डोनेसियाली राजदूत

काठमाडौँ, नेपालको भूकम्पबाट भत्किएका भौतिक संरचनाको पुनःनिर्माणका लागि नेपाल सरकारलाई इन्डोनेसिया सरकारले सहयोग गर्ने इच्छा प्रकट गरेको छ ।
उक्त मुलुकले सहायताको आवश्यकतासम्बन्धी प्रस्ताव प्रस्तुत गर्न नेपाल सरकारसँग आग्रह गरेको छ ।
नेपालका लागि इन्डोनेसियाका राजदूत आइवान विरान्ता एटमाडजाले राससका समाचारदाता विष्णु नेपालसँग कुरा गर्दै दक्षिण–दक्षिण सहयोगअन्तर्गत आफ्नो देशले विपद्को यो घडीमा नेपाललाई सहयोग गर्न चाहेको बताए ।
प्रधानमन्त्री सुशील कोइरालालाई इन्डोनेसियाका राष्ट्रपति जोको विडोडोले राजदूत एटमाडजमार्फत एक सन्देश पठाई भूकम्पबाट नेपालमा पुगेको मानवीय तथा भौतिक क्षतिप्रति गहिरो दुःख व्यक्त गर्नुका साथै पुनःनिर्माणका लागि सहयोग गर्ने चाहना व्यक्त गरेका छन् ।
प्रधानमन्त्री कोइराला र राष्ट्रपति विडोडोबीचमा इन्डोनेसियाको राजधानी जकार्तामा एसियाली–अफ्रिकी रणनीतिक साझेदारी (नास्प) को दशाैँ वार्षिकोत्सव समारोहका बेला द्विपक्षीय भेटघाट भएको थियो ।
राजदूत एटमाडजाले भूकम्पले क्षति पु¥याएका भौतिक संरचनाअन्तर्गत विद्यालय, स्वास्थ्य संस्था, सरकारी भवन, जनताका घर, ऐतिहासिक तथा पुरातात्विक सम्पदाको पुनःनिर्माणमा सहयोग गर्न सकिने बताए ।
उनले प्रकोप पूर्वका जोखिम न्यूनीकरण, उद्धार, राहत एवम् पुनःनिर्माणमा इन्डोनेसियाको अनुभव नेपालका लागि महत्वपूर्ण हुन सक्ने र त्यसका लागि नेपालका सुरक्षा निकाय, स्वास्थ्य मन्त्रालयजस्ता निकायको थप क्षमता अभिवृद्धिका लागि तालिम प्रदान गर्न सकिने बताए ।

प्राकृतिक विपद् व्यवस्थापनका क्षेत्रमा प्रसिद्धि कमाएको इन्डोनेसियाको राष्ट्रिय विपद् व्यवस्थापन समितिलाई पनि नेपालको विपद् व्यवस्थापनमा उपयोग गर्न सकिने धारणा उहाँले व्यक्त गरे ।

नेपालका लागि इन्डोनेसियाका अवैतनिक वाणिज्यदूत चन्द्रप्रसाद ढकालले प्रकोपपछि शीघ्र खोज तथा उद्धार, अस्थायी बसोवासको व्यवस्था, खानेपानी तथा खाद्यान्न वितरणका साथै पुनःनिर्माणमा इन्डोनेसियाली ज्ञान, सीप र अनुभव उपयोगी हुने बताए ।

उनले भूकम्पपीडितका लागि खाद्यान्न, औषधि, त्रिपाललगायत सामग्री इन्डोनेसिया सरकारबाट प्राप्त भएको र ती वितरण भइरहेका जानकारी दिए । इन्डोनेसियाली स्वास्थ्य टोली सतुङ्गलमा इन्डोनेसियाली स्वास्थ्यकर्मीको टोलीले स्थानीय सतुङ्गलमा अस्थायी अस्पताल सञ्चालन गरेको छ ।

यही वैशाख १६ गतेदेखि सञ्चालनमा रहेको सो अस्पतालले पेट, नाक, कान, घाँटी, मुटु, मिर्गाैला, स्त्रीरोग, बालरोगलगायत सेवा उपलब्ध गराइरहेको छ ।

उक्त अस्पतालबाट सतुङ्गल, कीर्तिपुर, थानकोट, नैकाप, मातातीर्थका तीन हजार घाइतेले सेवा लिइसकेका छन् । इन्डोनेसियाली टोलीमा ३५ जना स्वाथ्यकर्मी सम्मिलित छन् । रासस

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending