Khabar Dabali २९ मंसिर २०८२ आईतवार | 14th December, 2025 Sun
Investment bank

अमेरिकाकी पूर्वप्रथम महिला बारबरा बुशको निधन

\"\"संयुक्त राज्य अमेरिकाकी पूर्वप्रथम महिला बारबरा बुशको निधन भएको छ। उनी ९२ वर्षकी थिइन्।

पूर्वराष्ट्रपति जर्ज डब्ल्यू बुशको कार्यालयलद्वारा जारी एउटा वक्तव्यमा \'परिवार साक्षरताको क्षेत्रमा कहिल्यै नथाक्ने एक अभियानकर्मी\' का रूपमा बारबरा बुशलाई वर्णन गरिएको छ। उनी केही समययता बिरामी थिइन् र थप उपचार गराउन अस्वीकार गर्दै आएकी थिइन्। उनले आफ्नो जीवनका अन्तिम दिनहरू परिवारसँग \'आरामका साथ\' बिताउन चाहेको बताएकी थिइन्। उनी पूर्वराष्ट्रपति जर्ज बुशकी श्रीमती र जर्ज डब्ल्यू बुशकी आमा थिइन्। आफ्ना छोरा र श्रीमान्‌ले राष्ट्रपतिका रूपमा शपथ खाएको देख्ने उनी एकमात्र महिला थिइन्। बारबरा बुश एउटा राजनीतिक वंशको शक्तिशाली महिला थिइन्। सन् १९९० को दशकतिर ह्वाइट हाउसमा उनी राष्ट्रपतिकी श्रीमतीका रूपमा परम्परागत भूमिकामा मात्रै सीमित रहिनन्। उनले परिवार साक्षरताका लागि एउटा प्रतिष्ठानको स्थापना गरिन् र उपेक्षामा परेका अमेरिकी आमाबुबा तथा छोराछोरीलाई लेखपढ गर्न सघाइन्। गर्भपतनबारे अझ उदारवादी अधिकारलाई समर्थन गर्दै उनी आफ्ना श्रीमान्‌को रिपब्लिकन पार्टीका समर्थकहरूको विरोधमा उभिइन्। उनको निधनप्रति अमेरिकाभरिबाट राजनीतिक संस्थापनले श्रद्धाञ्जली व्यक्त गरिरहेको छ। बारबराका श्रीमान् जर्ज बुश सिनियर सबैभन्दा लामो समय बाँच्ने अमेरिकी राष्ट्रपति हुन्। उनी ९३ वर्षका छन्। उनीहरूका छोरा जर्ज डब्ल्यू बुश सन् २००० मा राष्ट्रपति निर्वाचित भएका थिए र अमेरिकाको ४३ औँ राष्ट्रपतिका रूपमा दुईवटा कार्यकाल सम्हालेका थिए। बीबीसी
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending