Khabar Dabali २ माघ २०८२ बिहीबार | 15th January, 2026 Thu
Investment bank

विप्लवलार्इ लाग्यो झट्काः पक्राउ परेका १० शिक्षकलार्इ मुद्दा चलाइने तयारी

\"\"धरान । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट शिक्षक संगठनका १० जना नेता कार्यकर्तालाई इलाका प्रहरी कार्यालयबाट खटिएको टोलीले पक्राउ गरेको छ । मंगलबार बन्द आव्हान गरेको दिन उनीहरुलाई धरानको दक्षिणी क्षेत्रमा रहेको चारकोसे जंगलसँग जोडिएको हरियाली सामुदायिक वन क्षेत्रबाट पक्राउ गरिएको हो । नेकपाले गत चैत ५ गते धनकुटाबाट पक्राउ परेका पार्टीका केन्द्रीय सदस्य किरण राईसहित ८ जनाको रिहाईको माग गर्दै पार्टीको पूर्वी कमाण्डले मंगलबार मेचीदेखि जनकपुरसम्म बन्दको घोषणा गरेका थिए । इप्रकाका प्रहरी नायव उपरिक्षक (डिएसपी) रामेश्वर पौडेलकाअनुसार पक्राउ पर्नेहरूमा दैलेख घर बताउने शिक्षक संगठनका उपाध्यक्ष लक्ष्मीराम ढकाल, काठमाडौं घर बताउने महासचिव रमेश रुपाखेती, भोजपुर षडानन्द नगरपालिका-५ घर बताउने संगठनका केन्द्रीय सदस्य गोविन्द खड्का, ईलाम नगरपालिका-५ घर बताउने जिल्ला सदस्य प्रेम तामाङ, ताप्लेजुङको फुङलिङ-२ बस्ने जिल्ला अध्यक्ष युवराज गौतम, जिल्ला सदस्य जीननाथ भट्टराई, फुङलिङ-४ बस्ने जिल्ला उपाध्यक्ष सुशीला गौतम, ताप्लेजुङकै जिल्ला सदस्य गणेश लिम्बू, खोटाङ ऐँसेलुखर्क-६ बस्ने जिल्ला सदस्य जीवन राई र इलाम-३ बस्ने जिल्ला सदस्य खिममाया परियार रहेका छन् । पक्राउ परेकाहरु शिक्षक नभए सबैलाई म्याद थप गरेर सार्वजनिक अपराधअन्तर्गतको मुद्दा चलाइने छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending