Khabar Dabali २ माघ २०८२ बिहीबार | 15th January, 2026 Thu
Investment bank

राजमार्ग क्षेत्रमा आँपको संरक्षण हुन सकेन

 

\"\"लहान । पूर्व–पश्चिम राजमार्ग सिरहा र सप्तरी सडकखण्डमा रहेका आँपको संरक्षण नहुँदा वर्षेनी लाखौँ रुपैयाँको घाटा हुँदै आएको छ । राजमार्गको दुवैतर्फको छेउमा रहेका रुखबाट वर्षेनी पर्याप्त मात्रामा आँप फल्ने गरे पनि डिभिजन सडक कार्यालय लहानले संरक्षणमा ध्यान नदिँदा त्यत्तिकै खेर गइरहेको छ । संरक्षण नहुँदा आँप केही काँचो अवस्थामै झर्छ भने अरु गाडीका चालक र यात्रुले टिप्ने गरेको सिरहाको गोलबजारका श्रीप्रसाद साह बताउँछन् । राजमार्ग छेउमा कति संख्यामा आँपको रुख छ भन्ने सडक डिभिजन कार्यालयसँग कुनै तथ्यांक छैन । अहिलेसम्म आँपको रुखको गणना नै गरिएको छैन । आँपको रुखको बोलपत्र आह्वान गरेर ठेक्का दिइनु पर्ने साहको भनाइ छ । “ठेक्कामा लगाउन सके पर्याप्त आम्दानी हुने सम्भावना छ,” उनले भने । सरकारले एक गाउँ एक उत्पादनमा जोड दिएपनि सिरहा र सप्तरीको राजमार्ग छेउमा हुर्केका आँपको संरक्षण हुन नसकेको लहान नगरपालिकाका किसान सत्रुधन चौधरी बताउँछन् । सिरहा–चोहर्वा सडक छेउमा रहेका तीन सयभन्दा बढी आँपका रुखको समेत संरक्षण हुन सकेको छैन । डिभिजन सडक कार्यालय लहानका प्रमुख रामकुमार देव जनशक्ति आभावका करण राजमार्ग छेउका आँपको संरक्षण गर्न नसकिएको बताउँछन् । उनी भन्छन् “कर्मचारी परिचालन गरेर आँपको संरक्षण गर्न सम्भव छैन ।” केही वर्षअघिसम्म राजमार्ग क्षेत्रका महिलाकै अगुवाइमा उपभोक्ता समिति बनाएर आँपको संरक्षणको प्रयास गरिए पनि ती समूह अहिले निष्क्रिय बनेका कारण आँपको संरक्षण हुन नसकेको देवले बताए । सिरहा र सप्तरीमा यसवर्ष मौसमले साथ दिएका कारण आँप उत्पादनमा वृद्धि हुने अनुमान गरिएको छ । सिरहामा कूल पाँच हजार ६०० हेक्टर क्षेत्रफलमा आँप खेती हुँदै आएको छ । यसवर्ष ६७ हजार २०० मेट्रिक टन आँप उत्पादन हुने अनुमान गरिएको जिल्ला कृषि विकास कार्यालय सिरहाका प्रमुख रामचन्द्र यादव बताउँछन् । गतवर्ष कूल पाँच हजार ६०० हेक्टरमा ५० हजार ४०० मेट्रिक टन आँप उत्पादन भएको थियो । त्यस्तै, सप्तरीमा पनि यसवर्ष आँप उत्पादनमा वृद्धि हुने अनुमान गरिएको छ । जिल्ला कृषि विकास कार्यालय सप्तरीका प्रमुख भगिरथ यादव यसवर्ष जिल्लामा करिब ५६ हजार मेट्रिक टन आँप उत्पादन हुने बताउँछन् ।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending