Khabar Dabali २ माघ २०८२ बिहीबार | 15th January, 2026 Thu
Investment bank

मणि थापासँगको अन्तरवार्ताः एकतामा त्यो निर्णय भए मान्ने हुँदैन्

\"\"नेपालको माओवादी आन्दोलनमा बेग्लै पहिचान बोकेका नेता  हुन् मणि थापा। माओवादी परित्याग गरेर आफ्नो छुट्टै वैचारिक धारको नेतृत्व गरेका नेता थापा एकता प्रक्रियाअन्तर्गत फेरि माओवादी केन्द्रसँग जोडिए । यो सँगै उनले माओवादी आन्दोलनमा महत्वपूर्ण भूमिका बोकेको वाइसिएल नेपालको फ्रयाक्सन इन्चार्जको जिम्मेवारी बहन गर्दै आएका छन् । माओवादी भित्र प्रखर वक्ताको रुपमा चिनिने मणि थापासँग कम्युनिष्ट आन्दोलन र पार्टी एकताका विषयमा लिएको अन्तर्वार्ताः
अहिले माओवादी केन्द्र र एमालेभित्र जस्तो जस्तो वर्ग उत्थान भइरहेको छ, र, यहाँ पनि धनी र गरीबबीच ठूलो फासला छ, असमानता छ । यहाँ पनि असन्तुलन छ, यस्तै असन्तुलन भइरह्यो भने संसारमा जसरी कम्युनिष्ट आन्दोलन विचलनमा गएका छन, यहाँ पनि त्यो घटना दोहोरिन्छ । एकता गरौं या नगरौं, यिनीहरुको विघटन हुन्छ । त्यसैले यो कम्युनिष्ट पार्टी विघन भएपछि दलाल नौकरशाही पूँजिवादले यसको ठाउँ लिन्छ । नाम जे लिएपनि, अहिले पनि नाम कम्युनिष्ट भएपनि यिनीहरु आधारभूत कम्युनिष्ट संरचना हैन, यी संक्रमणकालीन अवस्थामा छन् ।
नेपालको कम्युनिष्ट आन्दोलनमा तपाई आफ्नो विशिष्ट पहिचान बनाउनु भएको छ । तपाईले फ्रयाक्सन इन्चार्जको जिम्मेवारी पाएको युवा लिगले एमालेसँगको एकता प्रक्रियामा फरक धारणा राखेको देखिन्छ । खासमा एकतामा यहाँहरुको न्यूनतम स्ट्याण्ड के हो ? हामीले यो एकतालाई समग्र नेपालको भविष्यसँग जोडेका छौं । त्यो जोड्दा युवाको भविष्यको कुरा पनि हो । त्यसैले यो एकता क्रान्तिकारी बाटोबाट जान्छ अथवा यथास्थितिकै कोणबाट जान्छ भन्ने कुरा सबैले हेरेका छन् । हामी के चाहन्छौं भने यो एकता क्रान्तिकारी दिशामा जाओस् । त्यसैले यसमा युवाहरुको बढी चासो भएको हो । क्रान्तिकारी आन्दोलनको नेतृत्व माओवादीले गरेकोले क्रान्तिकारी आन्दोलनको रक्षासहित आगामी दिनमा देशलाई समाजवादमा लैजान पनि यो एकता पूर्ण होस भन्ने वैचारिक धरातलमा हामीले कुरा गरिरहेका छौं । अर्को कुरा माओवादी युवाहरुमा अझै पनि क्रान्तिकारी जोश, जाँगर र क्रान्तिको चाहना भएकोले अरु भन्दा हामी अलि भिन्न छौं । यो एकता क्रान्तिकारी र प्रगतिशील दिशामा जाओस भन्ने हाम्रो मुख्य भनाई हो । तर अहिले दुईवटा फरक वैचारिक धरातल भएका पार्टीबीच एकता भइरहेको छ, हिजो तपाईहरुले ‘यथास्थितिवादी’ भन्दै आएको शक्तिसँग तपाईहरुले एकता गर्दै हुनुहुन्छ । यसरी हेर्दा त यो एकता क्रान्तिकारी दिशामा जाने सम्भावना त न्यून देखिएन र ? त्यसको फैसला अझै भइसकेको छैन । हामी नेपालमा अझै पनि राजनीतिक क्रान्तिको सम्पूर्ण चरण सकिएको छैन भन्ने मान्दछौं । सामाजिक आन्दोलनको चरण अझै पनि नसिद्धिएकोले त्यो बाँकी छ भन्ने हाम्रो मान्यता छ । । हाम्रो चाहना यो एकता पनि त्यतातिर जाओस् भन्ने हो । तर देशी विदेशी यथास्थितिवादीहरु भने यो एकता पूर्णतः संसदीय व्यवस्थाभित्रको एकताको रुपमा लिन चाहन्छन् । हामी यो संसदीय व्यवस्थाको यो अवस्थालाई समाजवादतर्फ लैजान चाहन्छौं । त्यसैले यहाँ दुबै धार छन् । यथास्थितिमैं टिकाइराख्ने धार पनि छ, क्रान्तिकारी धार पनि छ । यो सिद्धिएको छैन । त्यसैले कतै यो पार्टी एकताले विचलनतिर लैजाने त हैन भनेर हामीले खबरदारी गरिरहेका छौं ।
अहिले त वर्ग, विचार भन्दा पनि कसरी सकिन्छ शक्ति (पावर) हत्याउने भन्ने देखियो । कसरी हुन्छ पावर हत्याउने र पावर भएपछि विचार हुन्छ (विचारले पावर हैन कि पावरले विचार) भन्ने पो देखियो । त्यसैले शक्ति केन्दिीत अवस्थाले विचारलाई नजरअन्दाज गर्ने परिस्थिति बनेको छ । तर विचार बिना पार्टी र समाज चल्दैन ।
तर एमालेभित्र बहुदलीय जनवाद नै पार्टीको कार्यदिशा हुनैपर्ने मत बलियो रहेको छ । तपाईहरुको धारणा के छ यो राजनीतिक कार्यदिशाको बारेमा ? नेपालको कम्युनिष्ट आन्दोलनमा पञ्चायतकालपछि नेपालमा सम्वैधानिक राजतन्त्रभित्र वामपन्थी आन्दोलनलाई कसरी स्थापित गर्ने सवालबाट बहुदलीय जनवाद जन्म्यो । राजतन्त्र अन्त्य गरेर समाजवादी लोकतन्त्र हुँदै समाजवादतर्फ कसरी लैजाने भन्ने प्र्रश्नमा एक्काइसौं शताब्दीको जनवाद जन्म्यो । यदि बहुदलीय जनवादले नै सबै समस्याको हल गर्थ्यो भने एक्काइसौं शताब्दीको जनवाद जन्मिने अवस्था सिर्जना हुने थिएन । त्यसकारण यहाँ के भन्न सकिन्छ भने बहुदलीय जनवादका पनि केही राम्रा पक्ष छन र एक्काइसौं शताब्दीको जनवादका पनि केही क्रान्तिकारी तत्व छन् । तर केही तत्व पुरानै चीजलाई समातेर गएका छन् । त्यसले समस्या समाधान गर्न सक्दैन । त्यसैले यी दुबैका क्रान्तिकारी सारतत्वलाई समेटेर नयाँ कार्यदिशा निर्माण गर्नुपर्छ भन्ने हाम्रो धारणा हो । र यो त्यतैतिर जान्छ । वर्गसंघर्षको नेतृत्व गर्न सर्वहारा वर्गको कम्युनिष्ट पार्टी चाहिन्छ भनेर यहाँहरु भन्दै आउनुभयो । तपाईँहरु एक हुन लागेका पार्टीमा भने गैर सर्वाहारा वर्गको वर्चश्व र उपस्थिति बढी देखिन्छ । यो अवस्थामा क्रान्तिकारी दिशा कसरी समात्छ नयाँ पार्टीले ? अहिले समाजमा केही परिवर्तन त आएको छ, तर अहिले पनि धनी र गरीबबीच, साम्राज्यवादी ठूला देश र उत्पीडित देशबीचको संघर्ष चलेकै छ । त्यसैले वर्ग संघर्ष पुरानै मोडलमा छ कि छैन या सशस्त्र संघर्षलाई वर्ग संघर्षको उच्चतमरुप मान्ने परिस्थिति छ कि छैन भन्दा, यो त्यतातिर चाहिँ छैन । तर समाजमा वर्ग संघर्ष अहिले पनि छ । त्यसैले समाजमा विद्यमान वर्ग संघर्ष भएपछि अबको बाटो समाजवादमा जाने र वर्ग संघर्षलाई त्यही अनुसार कम गर्दै लैजाने भन्ने हो । वर्गहरुबीच संघर्ष त समाजवादमा पनि रहन्छ ।
पार्टी एकतालाई रुपान्तरण गर्ने कुरा बृहत वैचारिक संघर्ष बिना सम्भव छैन । तर यहाँ एकता प्रक्रियामा त्यो छैन । दुई चार जना बसेर, कार्यदल बसेर निर्णय गर्ने काम भएको छ । आम कार्यकर्ता र जनतालाई के भइरहेको छ, थाहा छैन । त्यसैले अँध्यारो कोठामा गरिने यस्ता निर्णयले रुपान्तरण हैन, सम्झौता मात्रै गर्छ । कम्युनिष्ट आन्दोलनमा अहिले सम्झौता भन्दा पनि संघर्ष र रुपान्तरण प्रधान हो ।
त्यो वर्ग संघर्ष पार्टीमा पनि सत्तामा बस्ने र सत्ताबाहिर बस्नेबीच संघर्ष हुन्छ । समाज र पार्टीभित्र आउने जुन वर्ग छ, तिनीहरु र पार्टीका कार्यकर्ताबीच पनि वर्ग संघर्ष हुनसक्छ । अर्को कुरा भौगौलिक, जातीयरुपमा पनि संघर्षका रुपहरु छन । त्यसैले वर्ग संघर्षले रुप मात्र परिवर्तन गरेको हो । अहिले पार्टी एकतासम्म आइपुग्दा अब त सबै कुरा पुरा भइसक्यो भन्ने वर्ग समन्वयवादी जबर्जस्त दृष्टिकोण देखिएको छ । तर हामी यो मान्दैनौं । समाजमा वर्ग छन्, संघर्ष छ तर यसको रुप चाहिँ शान्तिपूर्ण हो या के हो भन्ने विषयमा छलफल हुन सक्छ । तपाईंले यसो भनेपनि उच्चवर्गदेखि मजदूर वर्गसम्म तपार्इँहरुको पार्टीमा अटाएका छन् । यही किसिमले नयाँ पार्टी बन्ने हो र विकास हुने हो भने तपार्इँले भनेको वर्ग संघर्षलाई या आन्दोलनलाई यसले हाँक्न सक्ला र ? अहिले माओवादी केन्द्र र एमालेभित्र जस्तो जस्तो वर्ग उत्थान भइरहेको छ, र, यहाँ पनि धनी र गरीबबीच ठूलो फासला छ, असमानता छ । यहाँ पनि असन्तुलन छ, यस्तै असन्तुलन भइरह्यो भने संसारमा जसरी कम्युनिष्ट आन्दोलन विचलनमा गएका छन, यहाँ पनि त्यो घटना दोहोरिन्छ । एकता गरौं या नगरौं, यिनीहरुको विघटन हुन्छ । त्यसैले यो कम्युनिष्ट पार्टी विघन भएपछि दलाल नौकरशाही पूँजिवादले यसको ठाउँ लिन्छ । नाम जे लिएपनि, अहिले पनि नाम कम्युनिष्ट भएपनि यिनीहरु आधारभूत कम्युनिष्ट संरचना हैन, यी संक्रमणकालीन अवस्थामा छन् । त्यसकारण कम्युनिष्ट पार्टीभित्र जुन यी संक्रमणकालीन वर्गहरु पैदा भएका छन्, यिनीहरुको बीचमा घनीभूत बहस गरेर कम्युनिष्ट पार्टीको संरचनाको आधार बन्छ कि भनेर यो पार्टी एकताको कुरा गरेको हो । अहिले सरकार र सत्ताका लागि यो एकता देखिएको छ । तर सरकार र सत्ताका लागि यो एकता होइन । यो त कम्युनिष्ट पार्टीको अहिलेको एक्काइसौं शताब्दीको नयाँ आयामलाई स्थापित गर्न यो एकता हो । त्यसैले चुनाव जित्नका लागि, ठूलो पार्टीका लागि र सत्तामा जानका लागि भनेर जसरी बुझिएको छ, त्यहाँ बुझाईमा फरक छ । त्यसकारण यो एकताई नयाँ विचार पैदा गर्न वर्ग संघर्षको नयाँ हतियारका रुपमा लिइनु पर्छ । एकताको बारेमा तपार्इँले भनेजस्तो वैचारिक बहस त खासै देखिएन नि ? मैले माथि भनेको विचार र संघर्षको नयाँ हतियार तयार पार्ने दिशामा यो पार्टी एकतालाई रुपान्तरण गर्ने कुरा बृहत वैचारिक संघर्ष बिना सम्भव छैन । तर यहाँ एकता प्रक्रियामा त्यो छैन । दुई चार जना बसेर, कार्यदल बसेर निर्णय गर्ने काम भएको छ । आम कार्यकर्ता र जनतालाई के भइरहेको छ, थाहा छैन । त्यसैले अँध्यारो कोठामा गरिने यस्ता निर्णयले रुपान्तरण हैन, सम्झौता मात्रै गर्छ । कम्युनिष्ट आन्दोलनमा अहिले सम्झौता भन्दा पनि संघर्ष र रुपान्तरण प्रधान हो । त्यसकारण यो एकतालाई त्यसरी लैजानुपर्छ । अहिले सम्झौताबाट एकता हुन्छ कि भन्ने खतरा भएको छ । संघर्षबाट पार्टी एकता होस भन्ने हाम्रो चाहना हो । नेपाल र विश्व कम्युनिष्ट आन्दोलनभित्र हुने यसप्रकारका परिघट्नामा जसका विरुद्ध कम्युनिष्टहरु लड्नुपर्ने हो, तिनैले यो वा त्यो रुपमा एकता या फुटलाई आफ्नो पक्षमा पार्न षडयन्त्र गर्ने गरेको देखिन्छ । अहिले पनि त्यो खतरा देखियो हैन र ? यसमा त्यो देखियो । जसरी हामीले पार्टी एकताका आधार र बहसहरु सिर्जना गरेका छौं, र, हामी बहस गर्दा जुन जुन मान्छेको घरमा गएर लन्च र डिनर गरेर पार्टी एकताका बुँदाहरु अथवा मान्यता तयार गरिरहेका छौं, त्यसले यो पार्टी एकतालाई गलतरुपमा लैजान या भंग गराउनका लागि दलाल नौकरशाही वर्गले काम गरिरहेको छ भन्ने देखाउँछ । त्यो वर्गले यो कम्युनिष्ट एकतामा जुन निर्णायक प्रभाव पार्न कोशिस गरेका छन, त्यसबाट नभत्काइकन हुने एकताको पनि अर्थ छैन । यसलाई हामीले आधारभूत किसान मजदूरको पार्टीको रुपमा श्रमिकको हितकारी पार्टीका रुपमा परिवर्तन गर्नुपर्ने हो । तर यहाँ प्रभाव अर्कैले पारेको छ । तपार्इँ चुनावमा हेर्नुस, मन्त्री हुने कुरामा हेर्नुस, त्यो वर्ग हाबी हुने खतरा छ । यो नेपालको कम्युनिष्ट आन्दोलनको मुख्य कमजोरी हो । यो एकता हुने बेला त्यसमाथि पनि प्रहार केन्द्रित गर्नुपर्छ । त्यो त परको कुरा भयो, पार्टी स्पिरिटकै कुरा गर्दा तपाईहरुले सञ्चालन गरेको जनयुद्ध र त्यसको उपलब्धिलाई नै स्वीकार नगर्ने अवस्था देखियो त ? नेपालमा माओवादी पार्टी एउटा आन्दोलनको स्वरुपमा छ । यसमा सहायक धारको रुपमा वैद्यदेखि विप्लवजीहरु छन् । अर्को धारका रुपमा बाबुराम जी निकै पर पुग्नु भएको छ । हामी यसको मूलधारमा छौं । समाजमा माओवादी आन्दोलनका राइट, लेफ्ट, सेन्टर धार चलेकै छन् । हामी के चाहँछौं भने दुबै पार्टीबीचको एकता नेपाली समाजलाई शान्ति, स्थायित्व र समृद्धितर्फ लैजाने मूलधार बनोस ।
दुईचार जनाको किताबी कुरा या लेखनबाट यति ठूलो पार्टीको एकता जैविक हुँदन । यो बहसमा कोही पनि नभागौं । दुई तिन महिना एकता नहुँदा फरक पर्दैन । दुई चार महिना लागोस् । हाम्रो सरकार छ, त्यसले काम गरिरहेको छ । तर कम्तीमा आम बहस होस्, मैले पनि सुझाव र सल्लाह दिएको थिए भन्ने सबैलाई होस् ।
र, यो मूलधार बन्ने बेलामा कतै कतै वैद्यदेखि विप्लवजीका विचार समेत सम्बोधन गर्ने हुनुपर्छ । र, मुख्यतः पछिल्लो चरणको क्रान्तिकारी विचारको नेतृत्व र अहिलेको परिवर्तनको नेतृत्वकर्ता माओवादी भएको हुनाले यसका नेतृत्व र विचारको प्रश्नलाई पार्टी एकताको मुख्य एजेण्डा बनाउनुपर्छ । त्यसो गर्दा नेतृत्व, विचार र संगठनमा सम्मानजनक अवस्था हुनुपर्छ । लामो यात्रामा जानका लागि सम्मानजनक हुनुपर्छ भन्ने कुरा माओवादीमा लागेका सबैको मत हो । जनयुद्धको विचारको रक्षा गरियोस्, यसको भावनाको रक्षा गरियोस् भन्ने दबाब छ । एमाले स्वयम्ममा पनि रुपान्तरण हुनु जरुरी छ । उसको अहिलेको विचारले नयाँ समस्या र एजेण्डा र मुद्दालाई सम्बोधन गर्न सक्दैन । त्यसैले यो माओवादीको गर्विलो इतिहास र विचारको क्रान्तिकारी सारतत्वलाई उपेक्षा गरेर एकता हुन सक्दैन । इतिहासलाई हामी पूर्णतः बिर्सिन सक्दैनौं । विगत फर्केर हेर्दा अब सर्वाहाराकरण, या सर्वहारा वर्गको अधिनायकत्व जस्ता कुराहरु असान्दर्भिक या अप्रसांगिक नै भएका हुन त ? अप्रसांगिक नै त भएका होइनन् । तर विश्व पूँजिवादमा पछिल्लो समयमा देखिएको परिवर्तनका आधारमा हामीले नयाँ ढंगले यी विषयमा परिमार्जन भने गर्नुपर्छ । किनभने कुन वर्गको पार्टी हो र शासनसत्ता हो भन्ने कुरा त ख्याल गनुपर्छ । अहिले पनि बुझ्नैपर्ने के हो भने कम्युनिष्ट पार्टी श्रमिक वर्गको पार्टी हो । यसको एउटा हिस्सामा सर्वहारा, किसान निम्न मध्यम वर्ग पनि हुन्छन् । मूलरुपमा श्रमिकको पार्टी भएका हुनाले श्रमिक वर्गले नै नेतृत्व गर्नुपर्छ कि पर्दैन भन्ने विषयमा नयाँ ढंगले सोच्न सकिन्छ । तर यसले मूलतः श्रमिक वर्गको हितमा लाग्छ कि लाग्दैन भनेर नयाँ आयामले पनि सोच्नुपर्छ ।
नेपालको कम्युनिष्ट आन्दोलनमा पञ्चायतकालपछि नेपालमा सम्वैधानिक राजतन्त्रभित्र वामपन्थी आन्दोलनलाई कसरी स्थापित गर्ने सवालबाट बहुदलीय जनवाद जन्म्यो । राजतन्त्र अन्त्य गरेर समाजवादी लोकतन्त्र हुँदै समाजवादतर्फ कसरी लैजाने भन्ने प्र्रश्नमा एक्काइसौं शताब्दीको जनवाद जन्म्यो । यदि बहुदलीय जनवादले नै सबै समस्याको हल गर्थ्यो भने एक्काइसौं शताब्दीको जनवाद जन्मिने अवस्था सिर्जना हुने थिएन । त्यसकारण यहाँ के भन्न सकिन्छ भने बहुदलीय जनवादका पनि केही राम्रा पक्ष छन र एक्काइसौं शताब्दीको जनवादका पनि केही क्रान्तिकारी तत्व छन् ।
तर यहाँ समस्या यो भन्दा पनि जटिल देखियो । अहिले त वर्ग, विचार भन्दा पनि कसरी सकिन्छ शक्ति (पावर) हत्याउने भन्ने देखियो । कसरी हुन्छ पावर हत्याउने र पावर भएपछि विचार हुन्छ (विचारले पावर हैन कि पावरले विचार) भन्ने पो देखियो । त्यसैले शक्ति केन्दिीत अवस्थाले विचारलाई नजरअन्दाज गर्ने परिस्थिति बनेको छ । तर विचार बिना पार्टी र समाज चल्दैन । एमालेमा पनि एक किसिमले विचारको विघटन भएको छ । माओवादी पनि क्रान्तिकारी विचारबाट विस्तारै अर्को विचार विकास गर्न खोजेको हो । त्यसेले अहिले संख्याका आधारमा पावरका आधारमा हाम्रै ठीक हो भन्न कुराले विचारको वन्ध्याकरण हुने खतरा देखियो । त्यसो भए समग्रमा तपार्इँहरुको भूमिका के ? हामी पार्टी एकताको पक्षमा छौं । तर त्यो वैचारिक एकता हुनुपर्छ । नेपाललाई नयाँ नेपाल बनाउन, नेपालबाट नयाँ विचारधारा जन्माउन पार्टी एकता चाहिएको छ । त्यसैले हाम्रो भूमिका भनेको दुई चार जना नेताहरुले कोठाभित्र गर्ने बहसले नेपालको समृद्धि, स्थायित्व र विकास सम्भव छैन । यो एकताको विचार निर्माण गर्ने सवालमा दुई चार जनाले कोठामा बसेर भन्दा पनि आमरुपमा बहस सिर्जना हुनुपर्छ । आम जनताको संलग्नता हुनुपर्छ ।
अहिले पनि धनी र गरीबबीच, साम्राज्यवादी ठूला देश र उत्पीडित देशबीचको संघर्ष चलेकै छ । त्यसैले वर्ग संघर्ष पुरानै मोडलमा छ कि छैन या सशस्त्र संघर्षलाई वर्ग संघर्षको उच्चतमरुप मान्ने परिस्थिति छ कि छैन भन्दा, यो त्यतातिर चाहिँ छैन । तर समाजमा वर्ग संघर्ष अहिले पनि छ ।
हामी नेताहरुलाई यही भन्न चाहन्छौं । यो एकता सही भएप्नि त्यसले सही जनदिशा समात्न सक्नु पर्छ । एउटा महान बहसको वातावरण तयार पारेर त्यसबाट पैदा भएको विचारको संश्लेषण जनपक्षीय संलेषण हुन्छ । दुईचार जनाको किताबी कुरा या लेखनबाट यति ठूलो पार्टीको एकता जैविक हुँदन । यो बहसमा कोही पनि नभागौं । दुई तिन महिना एकता नहुँदा फरक पर्दैन । दुई चार महिना लागोस् । हाम्रो सरकार छ, त्यसले काम गरिरहेको छ । तर कम्तीमा आम बहस होस्, मैले पनि सुझाव र सल्लाह दिएको थिए भन्ने सबैलाई होस् । त्यसका लागि हाम्रो भूमिका भनेको यसलाई वैचारिक बहसमा लगेर रुपान्तरकारी बहसमा लैजान सबैलाई माग गरेका छौं । भनेपछि कार्यदल या संयोजन समितिको भूमिकाले पुगेन भन्नुभएका हो ? हैन, कार्यदलले जे म्याण्डेट दिइएको छ, त्यो अनुसार काम गरिरहनु भएको छ । तर कार्यदललमा मात्रै सीमित रहेर एकता हुँदैन । वहाँहरुले भित्र लेखिरहनु भएको छ, तर त्यसमा केन्द्रीय समितिको संलग्नता छैन । त्यसैले कार्यदलमा मात्र टुंग्याउने कुराले आम जनतामा स्वामित्वबोध हुन सकेको छैन । अन्यौलता छाएको छ । आम जनतामा सूचना नै छैन । त्यसैले आम जनता यसबाट गयल भएपछि यो एकता पनि गयल हुन्छ । त्यसो भए ब्युरोक्रेटिक ढंगले एकता प्रक्रिया अघि बढ्यो भन्ने भन्न खोंजु भएको हो ? हो, ठयाक्कै त्यही शब्द हो । माओवादीले त झन छलफल बहस गर्दै आएको हो । यसले यान्त्रिकता भन्दा जीवन्ततामा आउँदै गएको हो । त्यसैले एनजीओ स्टाइलमा जाँदा यो ढिला पनि भयो, रुचिकर पनि भएन भन्ने हो । एभरेष्ट दैनिकबाट 
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending