Khabar Dabali ६ फाल्गुन २०८२ बुधबार | 18th February, 2026 Wed
Investment bank

‘अनुगमनकर्तालाई सिरियाली नगर डुमामा पहुँच’

\"\"सिरियामा रासायनिक अस्त्र हमला भएको सन्दिग्ध स्थानको भ्रमण गर्न बुधवार अन्तराष्ट्रिय विज्ञहरूलाई अनुमति दिइने रुसले जनाएको छ।

ब्रिटेन र संयुक्त राज्य अमेरिकाले मस्को र सिरियाले वास्तविकता लुकाउने प्रयास गरिरहेको र अनुगमनकर्ताहरूलाई सिरियाली सरकारी फौजले डुमामा गराएको भनिएको हमलाबारे सूचना संकलन गर्नबाट रोकिरहेको आरोप लगाएका छन्। रासायनिक अस्त्र प्रयोग सम्बन्धी अन्तराष्ट्रिय निगरानी समूहले सिरियाली अधिकारीहरूले उनीहरूकै शब्दमा सुरक्षाको कारण देखाउँदै पहुँच नदिएको बताएको थियो। हमलास्थलमा पाइन सक्ने प्रमाणहरू नष्ट गरिरहेको भन्ने अमेरिकी आरोपलाई अस्वीकार गर्दै रुसले कुनै पनि रासायनिक अस्त्र हमला नभएको जनाएको छ। शनिवार सिरिया पुगेका अन्तराष्ट्रिय अनुगमनकर्ताहरूले रासायनिक अस्त्र प्रयोग भएको भनिएको स्थानका नमुना संकलन गर्न प्रयास गरिरहेका छन्। सन् १९४६ मा आजकै दिन अर्थात् एप्रिल १७ मा सिरिया फ्रान्सबाट स्वतन्त्र भएको थियो। त्यो दिन त्यहाँ खटिएका अन्तिम फ्रान्सेली सैनिकले सिरिया छाडेका थिए। स्वतन्त्रता मनाउने दिनको केहीअघि मात्रै यो वर्ष ब्रिटिश, फ्रान्सेली र अमेरिकी हवाई हमालाहरूले सन्दिग्ध रासायनिक अस्त्र भएका स्थानहरूलाई निसाना बनाएको थियो। पश्चिमा अधिकारीहरूले सिरियाली राष्ट्रपति बशर अल असदलाई आफूहरूले स्पष्ट सन्देश दिन चाहेको बताएका थिए। तर असदले अहिले आफू पहिले भन्दा बलियो भएको स्पष्ट जवाफ दिइरहेका छन्। हवाई आक्रमणपछि उनका समर्थकहरू दमास्कसको मध्य भागमा भेला भएका छन् र एउटा झण्डामुनी गोलबद्ध भएर पश्चिमा कारबाही विफल भएको भन्दै निन्दा गरिरहेका छन्। तर डुमामा रासायनिक अस्त्र प्रयोग गरिएको भन्ने विवरण आएको एक हप्ता भन्दा बढि समय बित्दा पनि अझै प्रश्नहरू अनुत्तरित छन्। रासायनिक अस्त्र प्रयोग सम्बन्धी अन्तराष्ट्रिय निगरानी समूह ओपीसीडब्लुका निरीक्षकहरूले उक्त क्षेत्रसम्म पहुँच पर्खिरहेका छन्। रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE