Khabar Dabali २९ चैत्र २०८२ आईतवार | 12th April, 2026 Sun

भारतमा के गर्दैछन् बाबुराम भट्टरार्इ ?

\"\"काठमाडाैं । पूर्व प्रधानमन्त्री एवम् नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराई चार दिनदेखि भारतको बैङ्गलोरमा छन् । उनी आफ्ना ८८ वर्षिय पिता भोजप्रसाद भट्टराईलाई तिर्थाटन गराउन भारतको भ्रमणमा गएका हुन् । संसदको अधिवेशन चालु नरहेको अवसर पारेर भट्टराई नयाँ वर्षको अघिल्लो दिन बैंगलोर लागेका हुन् । उनको साथमा पत्नी हिसिया यमी समेत छिन् । भट्टराईले पिता भोजप्रसादलाई रामेश्वरमधाम तिर्थाटन गराएका हुन् । भट्टराईले फेसबुकमा तिर्थाटन गराएर आफूले पुत्रधर्म निर्वाह गरेको उल्लेख गरेका छन् । भारतमा रहँदा उनले बैंगलोरमा रहेका नेपाली विद्यार्थीहरुसँग भेटघाट समेत गरेका छन् । त्यस्तै रानी जगदम्बाले बनाइदिएको नेपाली धर्मशालाको स्याहार नभएकोमा दुस्ख व्यक्त गरेका छन् । रामेश्वरबाट भट्टराईले आफ्नो फेसबुकमा दैनिक गतिविधि समेत अपडेट गरिरहेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले राराबाट देशको नाममा गरेको सम्बोधनमा टिप्पणी समेत गर्न भ्याएका छन् । ‘साहित्यका अनुरागी,भावुकतामा पग्लने, स्वैरकल्पनामा रमाउनेहरूका लागि प्रधानमन्त्रीको सम्बोधधन बेजोड छ’, भट्टराईले सार खिचेका छन्, ‘रारा सम्बोधनले ओली सरकारबाट आगामी ५ बर्ष नेपाली जनताले कुनै नयाँ कुरा पाउनेछैनन् भन्ने मात्र झल्कायो है ।’ साथै उनले आफ्नो फेसबुक वालमा भनेका छन्, ‘रामेश्वरम् बाट फर्कने क्रममा बाटैमा रहेको भारतका पूर्व राष्ट्रपति तथा प्रसिद्ध वैज्ञानिक A P J Abdul Kalam को जन्मस्थल तथा हाल स्मृति संग्रहहालय हेरियो । आधुनिक ढाँचामा बनेको निकै सूचनामूलक स्मृतिसंग्रहालय रोचक र उपयोगी लाग्यो। आगन्तुक पुस्तिकामा अनायास लेख्न आइहाल्यो- ‘स्वदेशे पूज्यते राजा विद्वान सर्वत्र पूज्यते ! साँच्चै नै उनी विद्वता र सरल व्यक्तित्वकालागि विश्वभर सम्मानित थिए ! उनको प्रसिद्ध भनाइ पनि याद आयो- ‘सपना त्यो होइन जो निद्रामा देखिन्छस सपना त्यो हो जसले निदाउन दिंदैन ।’ भट्टराईले पितालाई रामेश्ववरबाट द्वारकाधाम लैजाने उनको सचिवालयले जनाएको छ । लगत्तै भट्टराई दिल्ली पुग्नेछन् । दिल्लीमा भट्टराईले आउँदो ८ गते नयाँ शक्ति निकट अन्तर्राष्ट्रिय नेपाली समाजको भेलालाई सम्बोधन गर्नेछन् । उनी सोही दिन काठमाण्डु फर्कने कार्यक्रम समेत रहेको उनको सचिवालयले जनाएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending