Khabar Dabali २२ फाल्गुन २०८२ शुक्रबार | 6th March, 2026 Fri
Investment bank

मेलम्चीमा बेपत्ताको पत्तो लागेन

मेलम्ची, सिन्धुपाल्चोक जिल्लाको केही गाविसमा अझै पनि शव निकाल्न सकिएको छैन । गत १२ गते गएको विनाशकारी भूकम्पमा परी जिल्लाको क्षेत्र नं ३ मा मात्रै मृत्यु हुनेको सङ्ख्या एक हजार ४०९ पुगेको छ भने हजारौँ सङ्ख्यामा घाइते भएका छन् ।

यस क्षेत्रको २४ गाविसमा मात्रै एक हजार ४०९ जनाको शव सनाखत भएको केन्द्रीय अनुसन्धान विभागबाट मेलम्ची क्षेत्रमा आउनुभएका डिएसपी भीम दाहालले बताए ।

गाविसले दिएको सूचनाका आधारमा भने मृत्यु हुनेको सङ्ख्या एक हजार ५०० नाघेको दाहालले जानकारी दिए ।

नुवाकोट जिल्लाको सिमानामा पर्ने इचोक–८ मा अझै पनि शव निकाल्न सकिएको छैन । सात वर्षीय दावा ग्याल्बो नाम गरेका बालकको अहिलेसम्म पत्ता लगाउन नसकिएको प्रहरीले जानकारी दिएको छ । त्यसैगरी इचोक गाविस–९ मा १२ वर्षीया निकेश तामाङको अहिलेसम्म अत्तोपत्तो छैन । मेलम्ची बजारमा घरले पुरिएर चार जना बेपत्ता भएका छन् । खोजी कार्य गर्दासमेत उनीहरुको केही पत्ता लागेन । त्यहाँ पुरिएका चारै जना तराईवासी रहेको प्रहरीले बताएको छ । यस क्षेत्रकै सबैभन्दा बढी मानिसको मृत्यु हुने गाविस दुवाचौर हो । यस गाविसमा १५४ जनाको मृत्यु भइसकेको छ भने हजारौँ घाइते भएका छन् । भूकम्पले यहाँका एक हजार ३६४ घर ध्वस्त भएका छन् । यस क्षेत्रको २४ गाविसमा नै एक चरणको राहत सामग्री पुगिसकेको छ । अब बाटो खुलाउने काम भइरहेको छ । अब केही दिनमा बाटो खुल्ने र राहत सामग्री पु¥याउने भीमकाली गुल्म मेलम्चीका सेनानी प्रेम हमालले बताए । यसैगरी विनाशकारी भूकम्पमा परी सिन्धुपाल्चोक जिल्लाको बाँडेगाउँ गाविसमा अझै एक बालक बेपत्ता भएका छन् । चितवन जिल्लाको पर्सा टोल स्थायी घर भएका सात वर्षीय अङ्कुर ठकुरी बेपत्ता भएका इलाका प्रहरी कार्यालय नवलपुरका प्रहरी निरीक्षक प्रह्लाद अधिकारीले बताए । रासस

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE