Ntc summer Offer
Khabar Dabali २१ बैशाख २०८१ शुक्रबार | 3rd May, 2024 Fri
NIMB

सिरिया क्षेप्यास्त्र आक्रमणको विरोधमा कलकत्तामा प्रदर्शन

\"\"कलकत्ता । सिरियामा अमेरिकी नेतृत्वमा भएको क्षेप्यास्त्र आक्रमणको विरोधमा भारतीय समाजवादी एकता केन्द्र (कम्युनिष्ट), सोसलिष्ट यूनिटी सेन्टर अफ इन्डिया,ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको विरोधमा आइतबार कलकत्तामा प्रदर्शन गरेको छ । विरोध कार्यक्रमका सहभागीले अमेरिकी क्षेप्यास्त्र आक्रमणको विरोध गर्दै आक्रमणको विरोध गरौँ भन्ने ‘प्लाकार्ड’सहित शहरका केही भागमा प्रदर्शन गरेका थिए । प्रदर्शनकारीले उक्त विरोध प्रदर्शनका क्रममा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पुत्ला समेत जलाएका छन् । उक्त पुत्लामा फ्रान्सका राष्ट्रपति इमानुएल म्यक्रोँ र बेलायती प्रधानमन्त्री टरिजा मेको आकृतिका रेखाचित्र रहेका थिए । यही अप्रिल १३ गते अमेरिका, बेलायत र फ्रान्सले सिरियाली प्रशासनले आफ्नै जनतालाई लक्षित गरी रासायनिक हतियारद्वारा आक्रमण गरेको भन्दै यसविरुद्ध सिरियाली विद्रोहीको पक्षमा प्रतिवद्धता जनाउँदै आक्रमण गरेका थिए । अमेरिकी राष्ट्रपति ट्रम्पले क्षेप्यास्त्र आक्रमणपछि गरेको सम्बोधनमा सिरियाली राष्ट्रपति बसर अल–असदको सेनाले विद्रोहीको प्रभावक्षेत्र गुटामा रासायनिक हमला गरेको यसको बदलामा आफूहरूले पनि सिरिया कारबाही चलाएको बताएका थिए । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies