Khabar Dabali २ माघ २०८२ बिहीबार | 15th January, 2026 Thu
Investment bank

यी ठाउँहरूमा बनाउँदै छ सरकारले पाँच वर्षभित्र मोनो र मेट्रो रेल

\"\"काठमाडौं । एमाले र माओवादी केन्द्रको सरकारले काठमाडौं उपत्यकाभरि मोनो र मेट्रोरेल बनाउने निर्णय गरेका छन् । केपी ओली नेतृत्वमा वाम गठबन्धनको सरकार बनेसँगै एमाले उपाध्यक्ष वामदेव गौतम नेतृत्वको कार्यदलले त्यस्तो प्रतिवेदन तयार गरेको हो । सो प्रतिवेदन प्रधानमन्त्री ओलीलाई बुझाइसकिएको छ । सो कार्यदलले पाँच वर्षभित्र गरिने विकासको फ्रेमवर्क नै तयार गरेको छ । जसमा महत्वाकांक्षी ठूल्ठूला परियोजना निर्माण गरिने उल्लेख छ । रेलमार्ग निर्माण आफैंमा धेरै खर्चालु हुन्छ । एक किलोमिटर रेलमार्ग निर्माण गर्दा डेढदेखि साढे चार अर्ब रुपैयाँसम्म खर्च हुने रेल विभागका अधिकारीहरूको भनाइ छ । नेपालको भौगोलिक अवस्थाका कारण जुनसुकै रेलमार्ग निर्माण गर्दा पनि अर्बौअर्ब खर्च लाग्ने हुन्छ । जुन अहिलेको नेपालको आर्थिक अवस्थाले धान्न सक्ने अवस्था छैन । तर, वाम गठबन्धनले समृद्ध नेपालका लागि तयार पारेको प्रतिवेदनमा रेलमार्ग निर्माण गर्नेबाहेक अरु केही उल्लेख छैन । प्रधानमन्त्री ओलीले मुलुकका प्रायः कार्यक्रममा रेल चलाएर छाड्ने बताउँदै आएका छन् । उनले हालै सम्पन्न तीन दिने भारत भ्रमणका क्रममा समेत वीरगन्जदेखि काठमाडौंसम्म रेल चलाउने सहमति गएर आएका छन् । प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा एमाले पहिलो दल बन्ने निश्चित भएपछि ओली रसुवागढी पुगेर ‘ऊ त्यहाँबाट चीनको रेल आउँछ’ भनेर तस्बिर खिचाएका थिए । कहाँ कहाँ रेलमार्ग बनाउने योजना छ त सरकारकोः १. काठमाडौं उपत्यकामा मोनोरेल तथा मेट्रोरेल तीनदेखि पाँच वर्षभित्र निर्माण गर्ने । २. काठमाडौंको चक्रपथभित्र विष्णुमति, बागमती, धोबीखोला र मनोहरा करिडोर र बालाजु–सूर्यविनायक खण्डमा मोनोरेल निर्माण कार्य तीन वर्षभित्र सम्पन्न गर्ने । ३. काठमाडौं उपत्यकाको चक्रपथ वरिपरि, बुढानिलकण्ठदेखि सानेपा र साँगा भन्ज्याङदेखि थानकोटसम्म भूमिगत साथै स्थलगत मेट्रोरेल निर्माण कार्य पाँच वर्षभित्र सम्पन्न गर्ने । ४. पूर्वपश्चिम राजमार्ग र मध्यपहाडी लोकमार्गको समानान्तर रेलमार्ग पाँच वर्षभित्र सम्पन्न गर्ने । ५. रसुवागढी–काठमाडौं–पोखरा लुम्बिनी रेलमार्ग पाँच वर्षभित्र सम्पन्न गर्ने । ६. काठमाडौं वीरगञ्ज रेलमार्ग पाँच वर्षभित्र सम्पन्न गर्ने । ७. भित्री मधेसको समानान्तर हुने गरी पूर्व पश्चिम कृषि तथा औद्योगिक रेलमार्गको सर्भे तथा विस्तृत परियोजना प्रतिवेदन तीन वर्षभित्र तयार गर्ने । ८. हिमाली राजमार्गको समानान्तर दार्चुलाको टिंकरदेखि ताप्लेजुङको पाथिभरासम्मको पूर्वपश्चिम पर्यटन रेलमार्गको सम्भाव्यता अध्ययन पाँच वर्षभित्र सम्पन्न गर्ने । ९. ठूला नदी प्रणालीहरूमा जलमार्ग निर्माणको कार्य अघि बढाउने । १०. कोसी, गण्डकी र कर्णाली नदीमा आन्तरिक र बाह्य जलमार्गको सम्भाव्यता अध्ययन गरी जलमार्गको विकास गर्ने । ११. छिमेकी मुलुकहरूसँगको समन्वयमा समुद्रमा नेपाली ध्वजाबाहक पानीजहाज सञ्चालन गर्ने कार्य अघि बढाउने ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending