Khabar Dabali २ माघ २०८२ बिहीबार | 15th January, 2026 Thu
Investment bank

जबर्जस्ती करणीविरुद्ध तीनमहिने अभियान

 

\"\"लहान । केही महिनायता जबर्जस्ती करणीका घटना बढ्न थालेपछि सिरहामा प्रहरीले आजदेखि तीनमहिने जनचेतनामूलक अभियान शुरु गरेको छ । ‘जबर्जस्ती करणी अपराध अनुसन्धान तथा नियन्त्रण अभियान कार्ययोजना, २०७४’ तयार पारेर जिल्ला प्रहरी कार्यालयले सो अभियानअन्तर्गत महिला तथा बालबालिका सेवा केन्द्र र इलाका प्रहरी कार्यालयबाट निर्धारित पाठ्यक्रमअनुसार ग्रामीणस्तरमा शैक्षिक संस्थाका कक्षा ८, ९ र १० का विद्यार्थीलाई प्रशिक्षण दिने, सर्वसाधारणसँग अन्तरक्रिया गर्ने, प्रचारप्रसार र ठाउँ ठाउँमा माइकिङ गर्ने कार्यक्रम राखेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता राजन भेटवालले जानकारी दिए । यौनजन्य हिंसाविरुद्ध नारासहित तुल र पम्प्लेट लिएर पदयात्रा र सडक नाटक प्रदर्शनलगायत कार्यक्रमसमेत गरिने छ । नगर र गाउँपालिकाका उपप्रमुखको संयोजकत्वमा वडाहरूमा महिलालाई सहभागी गराई ‘जबर्जस्ती करणी अपराध’ विषयमा अन्तक्र्रिया गर्ने योजना रहेको उनको भनाइ छ । सिरहामा तीन वर्षयता जबर्जस्ती करणी र करणी प्रयासका घटना बढ्दो छ । चालू आर्थिक वर्षको हालसम्ममा सिरहामा ४६ करणी र करणी उद्योगका घटना प्रहरीमा दर्ता भएका छन् । गरीबी, अशिक्षा, बेरोजगारी, सामाजिक सञ्जालको दुरुपयोग, महिलाप्रतिको हेपाहा प्रवृत्ति, लागुऔषध दुव्र्यसन, पीडितलाई आर्थिक प्रलोभन, डरधम्की, खुला सीमा, वैदेशिक रोजगारीलगायत कारण जबर्जस्ती करणीका घटना बढिरहेको प्रहरी नायब उपरीक्षक भेटवालको कथन छ । घटना हुँदा प्रहरीलाई समयमै जानकारी नआउने र ढिलो गरी प्रहरीमा जानकारी आउँदा कतिपय प्रमाण नष्ट हुने गरेको बताउँँदै भेटवालले भने “अभियानका क्रममा जबर्जस्ती करणी कसरी हुन्छ, भएपछि के गर्ने, दण्ड सजाय के छ, जबर्जस्ती करणीबाट कसरी जोगिने, कस्तो अवस्थामा जबर्जस्ती करणी हुन्छ भन्ने विषयमा सर्वसाधारणमा जनचेतना जगाइनेछ ।” वैज्ञानिक साधनस्रोत अभाव, अपराधपछि घटना लुकाउने प्रवृत्ति, पैसाको प्रभाव, झुटा जाहेरी, पीडितलाई पीडक पक्षबाट दवाव दिएर जाहेरी गर्न रोक र अनुचित प्रलोभन घटना अनुसन्धानको मुख्य चुनौती भएकाले यसबारेमा पनि अभियानमा छलफल गरिने भेटवालको भनाइ छ ।रासस

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending