Ntc summer Offer
Khabar Dabali ४ जेष्ठ २०८१ शुक्रबार | 17th May, 2024 Fri
NIMB

३ लाख ५३ हजारको मृत्यु भएको सिरिया युद्ध किन ? (फोटोफिचर)

\"\"द्वन्द्व शुरू हुनुभन्दा पहिला सिरियाभित्र राष्ट्रपति बशर अल असदको राष्ट्रपतित्वमा उच्च बेरोजगारी एवम् भ्रष्टाचार भएको र राजनीतिक स्वतन्त्रता नभएको भनेर गुनासो सुनिने गरिन्थ्यो ।

असदले सन् २००० मा आफ्ना बुवा हाफिजको निधन भएपछि सत्तारोहण गरेका थिए । \"\" छिमेकी देशहरूमा भएको \"अरब क्रान्त\"को प्रभावमा सिरियाको दक्षिणी नगर डेरामा मार्च २०११ प्रजातन्त्रको समर्थनमा प्रदर्शनहरू भए । सरकारले विरोधीहरूलाई दमन गर्न व्यापक बल प्रयोग गरेपछि राष्ट्रपतिको राजीनामा माग गर्दै देशभरि विरोध प्रदर्शनहरू भए । \"\" अस्थिरता बढ्यो र दमन पनि सघन भयो । विपक्षीहरूले हतियार उठाए । पहिला आफ्नो सुरक्षाका लागि र पछि आफ्नो क्षेत्रमा सरकारी सुरक्षाकर्मीहरू आउन नदिन । \"विदेशीले उकासेको आतङ्कवाद\" भन्दै असदले त्यसलाई निमिट्यान्न पार्ने उद्घोष गरे । हिंसा तीव्र गतिमा बढ्यो र देश गृहयुद्धको चपेटामा पर्‍यो ।

कतिको मृत्यु भयो ?

संयुक्त अधिराज्यमा आधार भएको र स्थलगत पर्यवेक्षण गर्न सञ्जाल भएको समूह सिरियन अब्जर्भेटरी फर ह्युमन राइट्सले गत मार्च महिनासम्म तीन लाख ५३ हजार नौ सय मानिसहरूको मृत्यु भएको विवरण सङ्कलन गरेको छ । मृतकहरूमध्ये गैरसैनिकको सङ्ख्या एक लाख छ हजार थियो । \"\" माथि उल्लिखित सङ्ख्यामा हराएका वा मारिएका भन्ठानिएका ५६ हजार नौ सय मानिसहरूको सङ्ख्या जोडिएको छैन । सो समूहले मारिएका एक लाख मान्छेको विवरण संलग्न नभएको हुनसक्ने बताएको छ । भाइअलेशन डक्युमेन्टेशन सेन्टर नामक एउटा संस्थाले सिरियामा भएका गैरसैनिकहरूमाथि भएका आक्रमणलगायन अन्य अन्तर्राष्ट्रिय मानवीय कानुन र मानवाधिकारका कानुन उल्लङ्घनका घटनाको विवरण सङ्कलन गरेको छ । उसले फेब्रुअरीसम्म लडाइँ र यससँग जोडिएका घटनामा १,१९,२०० गैरसैनिक समेत १,८५,९८० जनाको मृत्युको विवरण सङ्कलन गरेको थियो ।

लडाइँ केका लागि ?

अहिले यो लडाइँ असदका समर्थक र विरोधीबीच मात्र सीमित छैन । यसमा आआफ्ना उद्देश्य भएका समूह र देशहरू पनि संलग्न हुन आइपुगेका छन् । त्यसले गर्दा परिस्थिति अति जटिल भएको छ र द्वन्द्व लम्बिएको छ । ती समूह र देशहरूलाई सिरियाभित्र रहेका धार्मिक समूहबीच घृणा फैलाउन उक्साएको आरोप लाग्ने गरेको छ । बहुमतमा रहेका सुन्नी मुसलमानको समुदायलाई राष्ट्रपतिको शिया अल्वाइट सम्प्रदाय विरुद्ध उकासिएको आरोप छ । त्यस्तो विभाजनले दुवै पक्षबाट अत्याचार हुने गरेको र अशान्ति बढेको छ । उनीहरूले जिहादी इस्लामिक स्टेट र अल काइदालाई पनि फैलिन दिएका छन् । स्वशासनको अधिकार भएका तर असदका फौजसँग नलडेका कुर्दहरूले सिरियाको द्वन्द्वमा अर्को आयाम थपेका छन् । बीबीसी र, यो पनि
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies