Khabar Dabali २ माघ २०८२ बिहीबार | 15th January, 2026 Thu
Investment bank

छोरा जन्माउन ६ वटी श्रीमती

[caption id=\"attachment_94567\" align=\"alignleft\" width=\"640\"]\"\" फाइल फोटो[/caption] रोल्पा । “बाँचुञ्जेल पाल्न र मरेपछि चितासम्म पु¥याउन छोरा नै चाहिन्छ त्यसैले छोरा जन्माउनका लागि छवटी श्रीमती विवाह गरेँ”, ठूलोगाउँ थबाङ रोल्पाका ५९ वर्षिय हित पुनले गर्वका साथ भने । हाल पुन सदरमुकाम लिबाङ नजिक बस्दै आएका छन् । ज्याला मजदूरी गरेर जीविका चलाउँदै आएका पुनले एकपछि अर्काे गर्दै ६ वटी श्रीमती भित्र्याएको बताए । पुनको पहिलो विवाह आफू १६ वर्ष हुँदा १४ वर्षीया किशोरीसँग भएको थियो । उनीबाट दुई छोरी छन् । यस्तै १७ वर्षीया किशोरीलाई उहाँले ३० वर्षको उमेरमा दोस्रो श्रीमतीका रुपमा भित्र्याए । उनीबाट सन्तान भएनन् । त्यसपछि उनले एकपछि अर्काे गर्दै केही वर्षको फरकमा २०÷२२ वर्षको उमेरका किशोरीलाई भित्र्याउने क्रम जारी रह्यो । हाल उनकी श्रीमती करीब २२ वर्षकी छिन् । यसअघि भने उनले पाँचौँ श्रीमतीका रुपमा ५६ वर्षको उमेरमा ५४ वर्षीया विधवा महिलासँग प्रेम विवाह गरेका थिए । उनीबाट पनि छोरा नभएपछि करीब एक वर्ष पहिले २१ वर्षीया युवतीलाई श्रीमतीका रुपमा भित्र्याएको उनको भनाइ छ । यसरी छैटौँ श्रीमतीबाट उनको छोरा जन्माउने धोको पूरा भएको छ तर सुखी जीवन जीउने सपना भने साकार हुन सकेको छैन । उनकी कान्छी श्रीमती चौबिसै घण्टा मदिरा सेवन गरी बेहोस हुने गरेपछि उनलाई मानसिक तनाव बढ्दै आएको छ, जसका कारण उनले शारीरिक तथा मानसिक रुपमा श्रीमतीलाई यातना दिँदै आएका छन् । करीब चार महिनाको बच्चा धुरुधुरु रोइरहँदा पनि बच्चा सम्हाल्न नसक्ने गरी मदिरा सेवन गर्नुले यो परिवारलाई विक्षिप्त बनाएको छ । ‘दुई श्रीमतीको पोई, कुनाबसी रोई’ भने झैँ श्रीमतीले घर भरिँदा उनलाई शारीरिक तथा मानसिक रुपमा पीडा थपिँदै गए पनि यसको कुनै असर नभएको उनले बताए । यसरी एकमाथि अर्काे सौता हाल्दै गएपछि केहीवर्ष पहिले उनकी जेठी श्रीमतीले बहुविवाहको मुद्दा चलाए । जसका कारण उनले साढे एक वर्षको जेल जीवनसमेत बिताइसकेका छन् । तर जेलबाट निस्किएर पुनः विवाह गरेको बताउने पुनले विवाह गर्नु र छोड्नुलाई सामान्य रुपमा लिएको बुझिन्छ । आफू ज्याला मजदूरी गरेर घर फर्कने बेला मदिरा सेवन गरेर श्रीमती एकतिर लड्नु र चार महिनाको बच्चा अर्काेतिर रोइरहनुले वरपरका छिमेकीलाई समेत हैरानी हुने गरेको छिमेकीले बताएका छन् । यसरी विवाह गरेका अन्य श्रीमतीले छोडे पनि उनका तीनवटी श्रीमती भने उनकै संरक्षणमा फरक फरक स्थानमा बस्दै आएका छन् । पितृसत्तात्मक सोच र चिन्तनमा जेलिएको हाम्रो समाज अझै पनि छोरीभन्दा छोरालाई प्राथमिकता दिँदै आएको छ । अर्काेतिर घरमा सौता भएको थाहा पाउँदापाउँदै एकपछि अर्काे महिला सौताका रुपमा घरमा भित्रिनुले पनि महिलालाई कमजोर बनाउँदै लगेको अधिकारकर्मीहरुले बताएका छन् । महिला विकास अधिकृत लोकेन्द्रा आचार्यका अनुसार महिलाले छोरा वा छोरी जन्माउनुमा उसको कुनै दोष हुँदैन । यसमा दुवैको समान जिम्मेवारी रहन्छ । महिलाकै कारणबाट छोरा नभएको सम्झनु राम्रो होइन । साथै यसरी मनपरी विवाह गर्नु र छोड्नुले श्रीमान् श्रीमतीलाई मात्र नभएर उनका छोराछोरीलाई समेत नकारात्मक असर पारेको हुन्छ भने जसका कारण निर्दाेष बालबालिकाको बिचल्ली हुँदै गएको छ । अर्काे कुरा घरमा श्रीमती भएको देख्दादेख्दै बाबुको उमेरको पुरुषलाई श्रीमान्का रुपमा स्वीकार्नु महिलाको मूर्खता हो । महिलाका पक्षमा कानून बनिरहँदा तथा कार्यान्वयन भइरहँदा यसरी महिला अधिकारको दुरुपयोग गर्नु वा आफ्नो कर्तव्य बोध नगर्नुले समाजलाई अमर्यादित तथा दूषित बनाउन सक्छ । त्यसैले कानून विपरीत कार्य गर्ने महिला होस् वा पुरुष दुवै सजायको भागेदार हुनुपर्छ । अञ्जानमा सौतामाथि पर्नु दुःखद पक्ष भए पनि जानाजान सौतामाथि, त्यो पनि पाँचौँ छैटौँ श्रीमतीका रुपमा भित्रिनु बिलकुलै राम्रो होइन, उनले भने ।” यस्तै जिल्ला अदालत रोल्पाका मेलमिलापकर्ता तिर्था आचार्यका अनुसार आफ्नो अधिकार खोज्दै गर्दा अर्काको अधिकार हनन गर्ने जोकोहीलाई कानूनी कारवाही भयो भने मात्र यस किसिमको विकृति रोकिँदै जाने देखिन्छ । एउटी महिला अर्की महिलामाथि सौता जानु वा वाचा कसम खाएर भित्र्याएकी श्रीमतीमाथि सौता हाल्नु दुवै गलत काम भएको हुँदा यस किसिमका गतिविधिमा संलग्न दुवैलाई कानूनी कारवाही हुनैपर्छ । यसैगरी मनोसामाजिक विमर्शकर्ता भावना शर्माका अनुसार छोराछोरीको विवाह भइसक्दासम्म पनि बाबुले दोस्रो तेस्रो हुँदै क्रमशः श्रीमती भित्र्याउँदै जानुले श्रीमान्–श्रीमतीलाई मात्र नभई यसको प्रत्यक्ष वा अप्रत्यक्ष असर सिङ्गो गाउँ समाज हुँदै राष्ट्रलाई पर्न जाने भएको हुँदा यस विषयमा सबै सचेत बन्न जरुरी छ । सजायका भागेदारलाई कानूनी कठघरामा नउभ्याएसम्म विकृति रोकिँदैन । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending