Khabar Dabali २९ चैत्र २०८२ आईतवार | 12th April, 2026 Sun

आर्सनल र एथ्लेटिको मड्रिड युरोपा लिगको सेमिफाइनलमा प्रवेश

\"\"इंग्लिस क्लब आर्सनल र एथ्लेटिको मड्रिड युरोपा लिगको सेमिफाइनलमा प्रवेश गरेका छन् । गएराति भएको क्वाटरफाइनलको दोस्रो लेगमा रसियन क्लब सिएसकेए मस्कोसँग २–२ गोलको बराबरीमा रोकिए पनि आर्सनल समग्रतमा ६–३ को अग्रता बनाउँदै सेमिफाइनलमा प्रवेश गर्न सफल भएको हो । सिएसकेए मस्कोले घरेलु मैदानमा भएको खेलमा २–० को अग्रतालाई जोगाउन नसक्दा हार व्यहोरेको हो । खेलको ३९ औं मिनेटमा फेदोर चालोभले गोल गर्दै टिमलाई अग्रता दिलाए । त्यसपछि ५० औं मिनेटमा क्रिल नाबाकिनले गोल गर्दै घरेलु टिमलाई २–० को अग्रता दिलाएका थिए । तर आर्सनलले २० मिनेटभित्र दुई गोल गर्दै खेल बराबरीमा रोकेको हो । ७५ औं मिनेटमा डेनीयल वेलबेकले गोल गर्दै खेल दुई एकको अवस्थामा पुर्‍याए भने इन्जुरी समयको दोस्रो मिनेटमा आरोन राम्सेले गोल गर्दै आर्सनललाई हारबाट जोगाए । घरेलु मैदानमा भएको पहिलो लेगमा आर्सनल ४–१ ले विजयी भएको थियो । जसका कारण आर्सनलले समग्रमा ६–३ को अग्रता बनाउँदै सेमिफाइनलमा प्रवेश पाएको हो । त्यस्तै अर्को खेलमा एथ्लेटिको मड्रिडले पोर्चुगिज क्लब स्पोर्टिङलाई समग्रमा २–१ गोलले हराउँदै अन्तिम चारमा स्थान बनायो । गएराति भएको दोस्रो लेगमा १–० ले पराजित भए पनि पहिलो लेगमा निकालेको २–० गोल अन्तरको जितले एथ्लेटिकोलाई सेमिफाइनलमा पुग्न मद्दत गर्‍यो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending