Khabar Dabali १७ जेष्ठ २०८३ आईतवार | 31st May, 2026 Sun
Investment bank

सांसद विरुद्ध बलात्कारको आरोप, प्रहरीले सुरु गर्यो अनुसन्धान

\"\"नयाँ दिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको राजनीतिक दल, भारतीय जनता पार्टीका एकजना सांसद विरुद्ध बलात्कारको आरोपमा अनुसन्धान सुरु भएको समाचार छ । उनी बिरुद्ध परेको उजुरीको छानबीन प्रहरीले बिहीबारबाट सुरु गरेको जनाएको छ । सो अनुसन्धानको समाचारले भारतीय मिडियामा ठूलो चर्चा पाएको पनि नयाँ दिल्लीबाट प्राप्त समाचारमा जनाइएको छ । भारतीय जनता पार्टीको उत्तर प्रदेशका राज्यसभा सांसद कुलदिप सिंह र उनका एकजना भाइ विरुद्ध एक १६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोप लागेको छ । त्यससम्बन्धी उजुरी परेकोले प्रहरीले बिहीबारबाट उक्त फाइल अध्ययन गरेको जनाएको छ । तर प्रहरी भने कानुनी रुपमा के कसरी अनुसन्धान अघि बढाउने भन्ने बारेमा त्यति स्पष्ट देखिएको छैन । एकाउन्न वर्षीय सांसद सिंह सो प्रदेशको एकजना शक्तिशाली राजनीतिज्ञ हुन् । सोही कारण प्रहरीले उनलाई अनुसन्धानका लागि नियन्त्रणमा लिन पनि नसकेको भन्दै आलोचना भएको थियो । उक्त प्रदेशका मुख्यमन्त्रीले उनलाई नियन्त्रणमा लिन अनुमति नदिएसम्म प्रहरीले अनुसन्धानका लागि पक्राउ गर्न पनि सकेको छैन । उत्तर प्रदेशका प्रहरी प्रमुख ओमप्रकाश सिंहले भने– सांसद सिंहका विरुद्धमा बालिका बलात्कारको मुद्दा परेको छ र यसमा अब प्रहरी कसरी अघि बढ्ने भन्ने बारेमा हामी सल्लाह गरिरहेका छौँ । गतवर्षको जुन महिनामा ती बालिकालाई अपहरण गरी बलात्कार गरिएको बताइएको थियो । पछि अनुसन्धानका क्रममा प्रहरीले ती सांसदलाई नियन्त्रणमा लिन सकेको थिएन । गतहप्तामात्र ती बालिकाको बुवालाई प्रहरीले नियन्त्रणमा लिएको थियो र निर्घात कुटपिट गरेको बताइएको थियो । प्रहरीको कुटपिटबाटै ती बालिकाका बुबाको प्रहरी हिरासतमै निधन भएको छ । ती बालिकाले आफ्ना बुबालाई प्रहरीले ती सांसदका विरुद्धको मुद्दा फिर्ता लिन दबाब दिएको र प्रहरीकै कुटाइबाट निधन भएको भन्दै गत शनिबारमात्र उत्तर प्रदेशका मुख्यमन्त्रीको निवासअघि आत्मदाह गर्ने प्रयास गरेकी थिइन । यो घटनाले भारतीय सञ्चारमाध्यममा ठूलो चर्चा पाएको छ । उनीहरुले प्रहरीले पीडितलाई न्याय दिनुको सट्टा उल्टै पीडा दिएको भनी समाचार प्रकाशन, प्रशारण गरेका छन् । भारतमा यस्ता बलात्कारका घटनामा वर्षेनी बृद्धि भइरहेको बताइन्छ । पछिल्लो वर्षमात्र अर्थात् सन् २०१७ मा मात्र कम्तीमा पनि ४० हजार बलात्कारका घटना दर्ता भएका छन् । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending