Khabar Dabali ३० चैत्र २०८२ सोमबार | 13th April, 2026 Mon

मेस्सीले गरे ह्याट्रिक, बार्सिलोनाले गर्‍यो ३८ वर्ष पुरानो कीर्तिमानसँग बराबरी

\"\"स्टार स्ट्राइकर लियोनल मेस्सीको ह्याट्रिकको मद्दतमा स्पेनिस ला लिगाका लिडर बार्सिलोनाले अपराजित यात्राको कीर्तिमानमा बराबरी गरेको छ । लिग अन्तर्गत शनिबार राति भएको खेलमा बार्सिलोनाले लेगानेसलाई ३–१ ले हरायो । बार्सिलोनाका लागि तीनै गोल मेस्सीले गरेका हुन् । बार्सिलोना ला लिगामा यो सिजनका ३१ तथा गएको सिजनका पछिल्ला सात गरी लगातार ३८ खेलमा अपराजित छ । यो ला लिगामा कुनै पनि क्लबले लगातार अपराजित यात्रा तय गरेको कीर्तिमानसँग बराबरी हो । बार्सिलोनाले ला लिगामा लगातार ३८ खेलमा अपराजित रहँदै रियल सोसिडाडले ३८ वर्ष अघि बनाएको कीर्तिमानसँग बराबरी गरेको हो । रियल सोसिडाडले सन् १९७८–७९ र १९७९–८० को सिजनमा गरी लगातार ३८ खेलमा अपराजित रहेर कीर्तिमान बनाएको थियो । यो कीर्तिमानसँग बराबरी गरेको बार्सिलोना अब सिजनका सबै खेलमा अपराजित रहँदै नयाँ कीर्तिमान बनाउने ध्यानमा छ । त्यसका लागि उसले अब यो सिजन लिगमा बाँकी रहेका सात खेलमा हार बेहोर्नु हुँदैन । अबको एक खेल मात्रै जितेमा वा बराबरी गरेमा उसले लिगमा लगातार धेरै खेलमा अपराजित रहने कीर्तिमान भने पक्का गर्ने छ । घरेलु मैदानमा भएको खेलमा मेस्सीले २७ र ३२ औँ मिनेटमा गरी पहिलो हाफमा दुई गोल गरे । लेगानेसका लागि ६८ औँ मिनेटमा एल जहारले एक गोल फर्काए । मेस्सीले ८७ औँ मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरे । उनको यो खेल जीवनको ४५ औँ ह्याट्रिक हो । जितपछि शीर्ष स्थानको बार्सिलोनाको सात खेल बाँकी हुँदा ७९ अंक भएको छ । उ एक खेल कम खेलेको दोस्रो स्थानको एथ्लेटिको मड्रिड भन्दा १२ तथा तेस्रो स्थानको रियल मड्रिड भन्दा १६ अंकले अघि रहेको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending