Khabar Dabali ३० चैत्र २०८२ सोमबार | 13th April, 2026 Mon

प्रचण्डको त्यो बोलीले जब अोलीलार्इ 'गोली' लाग्यो...

\"\"काठमाडौं । नेकपा एमाले र नेकपा माओवदी केन्द्रबीच हुने भनिएको पार्टी एकताको औपचारीक मिति तय हुन सकेको छैन । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको भारत भ्रमण अगावै गर्ने भनिएको एकता तत्काल नहुने नेताहरुले बताउन थालेका छन् । चैत महिनामै एकता घोषण गर्ने तयारी गरेका एमाले–माओवादी केन्द्रबीच शक्ति बाँडफाँडको विषयलाई लिएर लम्बिएको खुलेको छ । एकताका विषयमा सबै सहमति जुटेको घोषणा गर्न मात्र बाँकि रहेको वाम गठबन्धनका नेताहरुले बताएपनि शक्ति बाँडफाँडका विषयमा ओली र माअोवादीका अध्यक्ष प्रचण्डबीच कुरा मिल्न नसकेको एमालेका एक नेताले खबरडबलीलाई बताए । प्रचण्डले अखिल (क्रान्तिकारी)को गोप्य प्रशिक्षणमा बराबरी हैसियत नपाए पार्टी एकता नहुने अभिव्यक्ति दिए । प्रचण्डको सो अभिव्यक्तिले एमालेमा तरंग पैदा भयो । तत्काल ओलीले एमालेका शीर्ष नेताहरुलाई बालुवाटारमा भेला गरेर जनयुद्ध र ५०/५० अनुपातमा पार्टी एकता नहुने बताए । जनयुद्धलाइ स्विकार गरेर ५०/५० को अनुपातमा पार्टी एकता हुन नसक्ने पक्षमा ओली छन् । ओलीकै आदेशमा जनयुद्ध, चुनाव चिह्न र केन्द्रीय कमिटीको एकीकरणको मापदण्ड बिना नै प्रतिवेदन तयार पारेर पार्टी एकता संयोजन समितिलाई बुझाइएको छ । एमाले नेताका अनुसार संयोजन समितिमा रहेका नेताहरू ईश्वर पोखरेललाई ओली र रामवहादुर थापा बादललाई प्रचण्डले दवाब दिएकै कारण सहमति जुट्न नसकेको हो । एकता घोषणाको अन्तिम अवस्थामा प्रचण्डले ५०/५० को तुरूप फालेपछि ओली रुष्ट बनेको एमाले नेताले बताए । उनका अनुसार ओली प्रचण्ड भेटमा समेत सो विषयमा छलफल भएको छ । भेटमा ओली जनयुद्ध स्विकार गरेर ५०/५० को अनुपातमा एकता हुन नसक्ने अडानमा देखिए भने प्रचण्ड दुबै शर्त छोड्न तयार देखिएनन् । यसले ओली–प्रचण्डबीचको सुमधुर सम्बन्धमासमेत दरार ल्याउने आशंका दुबै दलका नेताहरुले गर्न थालेका छन् । दुबै नेताले आ–आफ्नो अडान नछाड्दा पार्टी एकता नै पेचिलो बनेको छ । ५०/५० को अनुपात एमालेले अस्विकार गरेपछि पछिल्लो समय माओवादी अध्यक्षले एकीकृत पार्टीमा केन्द्रीय कमिटीदेखि तल्लो तहसम्म दुई अध्यक्ष राख्न प्रस्ताव गरेको छ । एमाले दुई अध्यक्ष प्रणालीसमेत स्विकार्न तयार छैन । माओवादी केन्द्रका एक नेताका अनुसार ५०/५० को अनुपातमा एकता नभए पार्टी एकताबाट ‘ब्याक’ हुन प्रचण्डलाई पार्टीबाटै क्ही नेताले दबाव दिएका छन् । माओवादी नेताहरुले एकता सम्मानजनक हुनुपर्ने बताउँदै आएका छन् । अब पार्टी एकतालाइृ निष्कर्षमा पुर्याउन कि एमाले जनयुद्ध स्विकार गरेर ५०/५० हैसियतमा एकता गर्न तयार हुनुपर्छ कि माओवादी केन्द्रले जनयुद्ध छाडेर एमालेले दिएको सिटमा चित्त बुझाउनु पर्छ । तर, दुबै दल आ–आफ्नो अडानकाट टसमस छैनन् । र, यो पनि
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending