Khabar Dabali ४ माघ २०८२ शनिबार | 17th January, 2026 Sat
Investment bank

प्रचण्डको त्यो बोलीले जब अोलीलार्इ 'गोली' लाग्यो...

\"\"काठमाडौं । नेकपा एमाले र नेकपा माओवदी केन्द्रबीच हुने भनिएको पार्टी एकताको औपचारीक मिति तय हुन सकेको छैन । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको भारत भ्रमण अगावै गर्ने भनिएको एकता तत्काल नहुने नेताहरुले बताउन थालेका छन् । चैत महिनामै एकता घोषण गर्ने तयारी गरेका एमाले–माओवादी केन्द्रबीच शक्ति बाँडफाँडको विषयलाई लिएर लम्बिएको खुलेको छ । एकताका विषयमा सबै सहमति जुटेको घोषणा गर्न मात्र बाँकि रहेको वाम गठबन्धनका नेताहरुले बताएपनि शक्ति बाँडफाँडका विषयमा ओली र माअोवादीका अध्यक्ष प्रचण्डबीच कुरा मिल्न नसकेको एमालेका एक नेताले खबरडबलीलाई बताए । प्रचण्डले अखिल (क्रान्तिकारी)को गोप्य प्रशिक्षणमा बराबरी हैसियत नपाए पार्टी एकता नहुने अभिव्यक्ति दिए । प्रचण्डको सो अभिव्यक्तिले एमालेमा तरंग पैदा भयो । तत्काल ओलीले एमालेका शीर्ष नेताहरुलाई बालुवाटारमा भेला गरेर जनयुद्ध र ५०/५० अनुपातमा पार्टी एकता नहुने बताए । जनयुद्धलाइ स्विकार गरेर ५०/५० को अनुपातमा पार्टी एकता हुन नसक्ने पक्षमा ओली छन् । ओलीकै आदेशमा जनयुद्ध, चुनाव चिह्न र केन्द्रीय कमिटीको एकीकरणको मापदण्ड बिना नै प्रतिवेदन तयार पारेर पार्टी एकता संयोजन समितिलाई बुझाइएको छ । एमाले नेताका अनुसार संयोजन समितिमा रहेका नेताहरू ईश्वर पोखरेललाई ओली र रामवहादुर थापा बादललाई प्रचण्डले दवाब दिएकै कारण सहमति जुट्न नसकेको हो । एकता घोषणाको अन्तिम अवस्थामा प्रचण्डले ५०/५० को तुरूप फालेपछि ओली रुष्ट बनेको एमाले नेताले बताए । उनका अनुसार ओली प्रचण्ड भेटमा समेत सो विषयमा छलफल भएको छ । भेटमा ओली जनयुद्ध स्विकार गरेर ५०/५० को अनुपातमा एकता हुन नसक्ने अडानमा देखिए भने प्रचण्ड दुबै शर्त छोड्न तयार देखिएनन् । यसले ओली–प्रचण्डबीचको सुमधुर सम्बन्धमासमेत दरार ल्याउने आशंका दुबै दलका नेताहरुले गर्न थालेका छन् । दुबै नेताले आ–आफ्नो अडान नछाड्दा पार्टी एकता नै पेचिलो बनेको छ । ५०/५० को अनुपात एमालेले अस्विकार गरेपछि पछिल्लो समय माओवादी अध्यक्षले एकीकृत पार्टीमा केन्द्रीय कमिटीदेखि तल्लो तहसम्म दुई अध्यक्ष राख्न प्रस्ताव गरेको छ । एमाले दुई अध्यक्ष प्रणालीसमेत स्विकार्न तयार छैन । माओवादी केन्द्रका एक नेताका अनुसार ५०/५० को अनुपातमा एकता नभए पार्टी एकताबाट ‘ब्याक’ हुन प्रचण्डलाई पार्टीबाटै क्ही नेताले दबाव दिएका छन् । माओवादी नेताहरुले एकता सम्मानजनक हुनुपर्ने बताउँदै आएका छन् । अब पार्टी एकतालाइृ निष्कर्षमा पुर्याउन कि एमाले जनयुद्ध स्विकार गरेर ५०/५० हैसियतमा एकता गर्न तयार हुनुपर्छ कि माओवादी केन्द्रले जनयुद्ध छाडेर एमालेले दिएको सिटमा चित्त बुझाउनु पर्छ । तर, दुबै दल आ–आफ्नो अडानकाट टसमस छैनन् । र, यो पनि
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending