Khabar Dabali ४ माघ २०८२ शनिबार | 17th January, 2026 Sat
Investment bank

जलविद्युतको परीक्षण उत्पादन शुरु

 

\"\"बागलुङ । जैमिनी नगरपालिकास्थित ठेउलेखोला जलविद्युत् आयोजनाले परीक्षण उत्पादन शुरु गरेको छ । १.५ मेगावाट क्षमताको आयोजनाबाट उत्पादित विद्युत् दुई साताभित्र केन्द्रीय प्रसारण लाइनमा जोडिनेछ । सिभिल र इलेक्ट्रो मेकानिक तर्फका सबै काम पूरा गरी परीक्षण उत्पादन शुरु गरिएको आयोजनाको प्रवद्र्धक बाराही हाइड्रोपावर लिमिटेडले जनाएको छ । नेपाल विद्युत् प्राधिकरणले प्रसारण लाइन चार्ज गरेपछि उत्पादित विद्युत् केन्द्रीय ग्रिडमा जोडिने आयोजनाका अध्यक्ष एवम् इन्जिनियर सूर्यप्रसाद अधिकारीले बताए । “हामी सबै हिसाबले तयारी अवस्थामा छौँ”, उहाँले भन्नुभयो, “दुई साताभित्रै परीक्षण प्रसारण शुरु हुन्छ ।” १५ दिन परीक्षण प्रसारण भएपछि आयोजनाबाट व्यावसायिक उत्पादन शुरु हुने उनको भनाइ छ । आयोजनाबाट निस्कने विद्युत् अस्थायी रुपमा बागलुङ नगरपालिका–१२ टुनीबोटबाट केन्द्रीय प्रसारणमा जोडिनेछ । रु ३४ करोड ५० लाखको लागतमा निर्मित आयोजनाबाट न्यूनतम ५०० किलोवाटदेखि १.५ मेगावाटसम्म विद्युत् उत्पादन हुनेछ । सुख्खा याममा पानीको सतह घट्ने हुँदा उत्पादन पनि कम हुने इन्जिनियर अधिकारीले बताए । बागलुङ जिल्लाभरिको मागको ४० प्रतिशत माग आयोजनाबाट उत्पादित विद्युत्ले धान्ने जनाइएको छ । दुई वर्षअघि नै सक्ने लक्ष्य लिइएको आयोजना भूकम्प, नाकाबन्दी जस्ता कारणले पछि धकेलिएको थियो । इन्धन अभावले महिनाँैसम्म आयोजना निर्माण कार्य ठप्प बनेको थियो । रासस

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending