Khabar Dabali ३० चैत्र २०८२ सोमबार | 13th April, 2026 Mon

इयुको प्रतिवेदनबारे माओवादीले मुख खोल्यो –हाम्रो सार्वभौमतामाथि उसले प्रश्न उठाउन पाउँदैन

\"\"काठमाडौं ।  नेकपा माओवादी केन्द्रले इयुको प्रतिवेदनबारे अाफ्नाे पार्टी प्रष्ट रहेको र त्यो सच्याइनुपर्ने माग गरेको छ । नेपालमा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनप्रति प्रश्न चिन्ह खडा गर्दै युरोपेली युनियन ईयूले सार्वजनिक गरेको निर्वाचन प्रतिवेदनप्रति सत्तारुढ दल नेकपा माओवादी केन्द्र मौन भन्ने जस्ता समाचारको खण्डन गर्दै प्रवक्ता पम्फा भुषालले भनिन हामी मौन बसेका छैनौँ । भुसालले आफूहरूले पनि अन्य दलले जस्तै प्रतिवेदनको विरोध गरेको बताइन्। कसले के लेखे त्यो मलाई थाहा भएन तर हामीले संसदमा आफ्ना कुरा राखेका छौँ । संसदबाट संसारभर सञ्चार हुन्छ । अनि कहाँ माओवादी मौन बस्यो त ? उनले भनिन्,‘इयुको प्रतिवेदन ठीक छैन। हाम्रो सार्वभौमतामाथि उसले प्रश्न उठाउन पाउँदैन।’ सांसदमा बोल्नु नै पार्टीको आधिकारिक धारणा भएको उनले बताइन्। उनले भनिन्,‘संसदमा बोल्दा अन्तर्राष्ट्रियस्तरसम्म सूचना पूग्छ। संसदमा बोलिरहेका छौँ नि। हामी यसको विपक्षमा हो।’ यसअघि स‌सदमा नेकपा (माओवादी केन्द्र)का सांसद देवेन्द्र पौडेलले नेपाल सार्वभौम राष्ट्र भएको र आन्तरिक मामिलामा कसैले गरेको हस्तक्षेप सह्य नहुने बताएका थिए । उनले इयुको निर्वाचन पर्यवेक्षण प्रतिवेदन अपमानजनक भएको पनि बताए । प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक कार्यक्रमबाट नै उक्त प्रतिवेदनमाथि आपत्ति जनाउँदै त्यसलाई सच्याउन आग्रह गरेका थिए । प्रतिपक्षी दल नेपाली कांग्रेसले पनि विज्ञप्तिमार्फत उक्त प्रतिवेदन सच्याउन आग्रह गरेको छ । प्रतिवेदनले नेपालको संविधानका प्रावधानका लागि ठाडो चुनौती दिएको उल्लेख गरेको छ । धेरै नागरिक पक्षले समेत यसको विरोध गरिरहेका छन् । प्रतिनिधि र प्रदेशसभाको निर्वाचनको पर्यवेक्षणका लागि नेपाल आएको युरोपियन युनियनको टोलीले ६ चैतमा प्रतिवेदन सार्वजनिक गर्यो। उसले प्रतिवेदनमा जातीय संरचनासम्बन्धी आरक्षण प्रणालीबाट खस आर्यलाई हटाउन सुझाब दिएको दियो। उसले दिएको उक्त सुझाबप्रति नेपाल सरकार, निर्वाचन आयोग, विभिन्न दलले विरोध जनाए। उनीहरुले नेपालको आन्तरिक मामिलामा हस्तक्षेप नगर्न इयुलाई आग्रहसमेत गरे। निर्वाचन आयोगले त इयुले बुझाएको प्रतिवेदनलाई पूर्णरूपमा अस्वीकार गरेको विज्ञप्ति निकाल्दै जनाएको थियो। आयोगले उक्त प्रतिवेदन र सो सम्बन्धमा उक्त संस्थाले जारी गरेको प्रेस विज्ञप्ति भ्रामक, तथ्यहीन र अन्तर्राष्ट्रिय निर्वाचन पर्यवेक्षण आचारसंहिताविपरीत रहेको समेत जनाएको थियो। इयुले निर्वाचन पर्यवेक्षण आचारसंहिताका १२ वटा बुँदाको गम्भीर उल्लंघन गरेको र पर्यवेक्षणको सीमा बाहिर गएर प्रतिवेदन तयार पारेको आयोगले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। यस्तै, इयुको प्रतिवेदनबारे संघीय संसदको दुवै सदनमासमेत चर्को विरोध भएको थियो। सदनमा सांसदहरुले इयुले नेपालको सर्वभौमतामाथि हस्तक्षेप गर्न खोजेको आरोप लगाएका थिए। उनीहरुले इयुलाई प्रतिवेदन सच्याउन मागसमेत गरेका थिए। तर, इयुले भने प्रतिवेदन सच्याउन नमिल्ने बताएको थियो। उसले आफूहरूले व्यापक छलफल गरेर प्रतिवेदन तयार पारेको भन्दै सच्याउन नमिल्ने जनाएको थियो। प्रतिवेदन कार्यन्वयन गर्नु र नगर्नु नेपालको हातमा रहेको भन्दै प्रतिवेदन सच्याउन नमिल्ने बताएको थियो। इयुको प्रतिवेदनप्रति विभिन्न दलले आफ्नो आफ्नो धारणा राखेका छन्। यस्तै, केही दलले भने इयुले नेपालमाथि अनावश्यक हस्तक्षेप गरेको भन्दै देश निकाला गर्नुपर्नेसम्मको धारणा राखेका छन्। नेपाली कांग्रेसले पनि केन्द्रीय समितिको बैठकले इयुको प्रतिवेदन गलत भएको निष्कर्ष निकालेको थियो।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending