Khabar Dabali ३० चैत्र २०८२ सोमबार | 13th April, 2026 Mon

बैतडीका १६ वडामा स्वास्थ्यचौकी नै छैनन्, बिरामी समस्यामा

\"\"बैतडी । बैतडीका ८४ वटा वडामध्ये १६ वटा वडा स्वास्थ्यचौकी नहुँदा समस्या भएको छ । नयाँ संरचनाअनुसार बैतडी ८४ वटा वडामा विभाजित भएपछि सबै वडामा स्वास्थ्य सेवा पु¥याउन कठिन भएको जिल्ला स्वास्थ्य कार्यालय बैतडीका सूचना अधिकृत भुवन जोशीले जानकारी दिए । ‘साविकका ६८ वटा गाविसमा स्वास्थ्य संस्था भए पनि बाँकी १६ वटामा स्वास्थ्यसंस्था छैन’, उनले भने, ‘स्वास्थ्य संस्था नभएका वडामा स्वास्थ्य कार्यक्रम सञ्चालन गर्न समस्या भएको छ ।’ नयाँ संरचनाअनुसार कुनै वडामा दुई वटा स्वास्थ्यचौकीसमेत परेका छन् । आफ्नो वडामा स्वास्थ्य चौकी नहुँदा साह्रै समस्या भएको डिलासैनी गाउँपालिका– ६ का मञ्जु टेलरले बताइन् । उनका अनुसार सिटामोलका लागि पनि दार्चुलाको गोकुलेश्वर जानुपर्ने बाध्यता छ । सरकारले स्वास्थ्यसेवा स्थानीय तहबाटै उपलब्ध गराउने भने पनि आफूहरुले सरकारले प्रदान गर्ने निःशुल्क सेवासमेत उपभोग गर्न नपाएको डिलासैनी– ६ का दीपक जोशीले बताए । आफ्नो वडामा स्वास्थ्य चौकी नहुँदा स्वास्थ्यका कार्यक्रम सञ्चालन गर्न निकै कठिन भएको दशरथचन्द नगरपालिका वडा नं ७ का वडाअध्यक्ष चक्रप्रसाद शर्माले जानकारी दिए । स्वास्थ्य चौकी नभएका वडामा गर्भवती, सुत्केरी र आकस्मिक बिरामीलाई निकै असहज हुने गरेको स्थानीयवासीको भनाइ छ । स्वास्थ्यचौकी नभएका वडामा तत्कालै स्वास्थ्य चौकीका भवन बन्ने छाँटकाँट देखिएको छैन । वडा तहमा स्वास्थ्यचौकी भवन निर्माणका लागि पाँच रोपनी जमिन आवश्यकपर्ने भए पनि १६ वडामध्ये अहिलेसम्म चार वडाले मात्रै स्वास्थ्यको नाममा जमिन दिएको छ । १० वटै स्थानीय तहमा प्राथमिक अस्पताल निर्माणका लागि १५ रोपनी जमिन आवश्यकपर्ने भए पनि तीनवटाले मात्रै जमिन उपलब्ध गराएको जिल्ला स्वास्थ्य कार्यालय बैतडीका प्रमुख डा गुणराज अवस्थीले जानकारी दिए। शिवनाथ गाउँपालिका, दोगडाकेदार गाउँपालिका र पाटन नगरपालिकाले स्वास्थ्यको नाममा १५ रोपनीका हिसाबले जमिन उपलब्ध गराएको उनले बताए । जमिन भएका स्थानीय तह र वडामा आगामी वर्षदेखि भवन निर्माणको काम हुने बताइएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending