Ntc summer Offer
Khabar Dabali २३ बैशाख २०८१ आईतवार | 5th May, 2024 Sun
NIMB

सेनाको उपत्यका पृतना खारेज हुने

तत्कालीन राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासनकालमा स्थापना गरिएको उपत्यका पृतनालाई नेपाली सेनाले खारेज गर्ने भएको छ । नागरिक दैनिकमा खबर छ–सरकारले केही दिन अघि स्वीकृत गरेको सेनाको ‘पुनर्ढांचा योजना’मा पृतना खारेज गर्ने उल्लेख छ । उपत्यका र मध्यपृत्नाको कार्यक्षेत्र एउटै जस्तो भएकाले उपत्यका पृतना खारेज गर्न लागिएको हो । ‘पुनर्ढांचा योजनामा पृतना खारेजेको विषय उल्लेख छ, कसरी गर्ने भन्ने गृहकार्य भइरहेको छ ।’ सेनाका प्रवंक्ता जगदीशचन्द्र पोखरेलले भने, ‘अब क्रमिक रुपमा उपत्यका पृतनाको मुख्यालय हटाइन्छ । त्यहाँका फौजलाई अन्यत्र सारिन्छ ।’ सेनाले ‘सधैंका लागि शान्ति र सुरक्षा’ भन्ने नाराका साथ २०६० जेठ ५ मा ‘भ्याली कमाण्ड अफिस’ स्थापना गरेको थियो । सोही वर्षको पुस १५ मा नाम परिवर्तन गर्दै उपत्यका पृतना राखिएको थियो । पहिले मुख्यालय सिंहदरबारमा रहे पनि पछि नारायणहिटी दरबारभित्र सारिएको थियो । पृतनालाई काठमाडौं उपत्यकाको तीन जिल्ला हेर्ने जिम्मेवारी थियो । हेटौडा मुख्यालय रहेको मध्य पृतनाले उपत्यका बाहेक मध्यमाञ्चल क्षेत्रलाई हेर्ने गरेको थियो । ‘दुईवटा पृतनाको कार्यक्षेत्र एउटै जस्तो भयो त्यसैले खारेज गरिएको हो ।’ प्रवंक्ता पोखरेलले भने । हाल उपत्यका पृतना अन्तर्गत १ र २६ नम्बर बाहिनी रहेका छन् । मध्य पृतना अन्तर्गत ६, ७ र ९ बाहिनी छन् । उपत्यका पृतनाका दुई बाहिनीमा ८ देखि ९ हजार फौज छन् । मुख्यालयमा उपरथीसहित एक सय २५ जना छन् । हालै स्वीकृत सेनाको पुनर्संरचना ढाँचामा दर्जा थपघटदेखि सैनिक संख्या घटाउनेसम्मको प्रस्ताव छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies