Khabar Dabali २९ चैत्र २०८२ आईतवार | 12th April, 2026 Sun

अष्ट्रेलियाबाट पनि रुसी कूटनीतिज्ञ निकाला

\"\"ब्रिटेनमा पूर्वरुसी गुप्तचरमाथि स्नायु प्रणालीमा असर पार्ने विषालु पदार्थको प्रयोग गरी हमला गरिएको प्रतिक्रियास्वरूप रुसी कूटनीतिज्ञहरूलाई देशनिकाला गर्ने मुलुकहरूमा पछिल्लो पटक अष्ट्रेलिया थपिएको छ ।

अष्ट्रेलियाका प्रधानमन्त्री माल्कोम टर्नबुलले दोस्रो विश्वयुद्धपछि युरोपमा पहिलो पटक रासायनिक अस्त्रको प्रयोगबाट \'स्तब्ध पार्ने प्रकृतिको हमला\' गरिएकोले दुईजना रुसी कूटनीतिज्ञलाई निकाला गर्ने आदेश दिइएको बताएका छन् । यसअघि संयुक्त राज्य अमेरिका, क्यानाडा र युरोपका अरू मुलुकहरूले संयोजित प्रतिक्रियास्वरूप जासुसी गरेको आरोपमा सयभन्दा बढी रुसी कूटनीतिज्ञहरूलाई देशनिकालाको आदेश दिएका थिए । सोभियतकालीन युगको दुर्लभ विषालु पदार्थको प्रयोगबाट हमला गरिएका पूर्वरुसी जासुस सेर्गेइ स्क्रीपाल र उनकी छोरी गम्भीर बिरामी रहेको ब्रिटेनले जनाएको छ । रुसले आफूविरूद्ध चालिएका पछिल्ला कदमहरूको प्रतिवाद गर्ने बताएको छ । मार्च ४ मा दक्षिणी इंग्ल्याण्डको सोल्जबरीमा पूर्वगुप्तचर स्कीपाल र उनकी छोरीमाथि रुसले रासायनिक हमला गरेको हुन सक्ने सम्भावना बढी भएकोमा गत हप्ता इयुका नेताहरू एकमत भएका थिए । युरोपेली परिषद्का अध्यक्ष डोनाल्ड टुस्कले इयुको साझा कदम अन्तर्गत थप देशनिकाला जस्ता कारबाही अझै हुन सक्ने बताएका छन् । रुसले उक्त हमलामा आफ्नो कुनै संलग्नता नरहेको बताउँदै आएको छ । अस्पतालमा उपचाररत स्क्रीपाल र उनकी छोरी युलियाको अवस्था गम्भीर छ । रुसी विदेश मन्त्रालयकी एकजना प्रवक्ता मरिया जाखा-रोभाले \'ऐक्यबद्धताको अपव्याख्या\' गर्दै ब्रिटेनको साथ दिएको भन्दै इयूको निन्दा गरेकी छन् । वाशिङटनस्थित रुसी दूतावासबाट ४८ जना कूटनीतिज्ञ निष्काशनमा परेका छन् भने अन्य न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघीय मुख्यालयमा कार्यरत कूटनीतिज्ञ परेका छन् । सियाटलस्थित रुसी महावाणिज्य दूतावासको कार्यालय पनि बन्द गर्न अमेरिकाले आदेश दिएको छ । यसैगरी यूक्रेनले १३ जना रुसी कूटनीतिज्ञलाई देशनिकाला गरेको छ । यसअघि सोमबार लाट्भिया, इस्टोनिया, पोल्याण्ड लगायतका युरोपेली मुलुकले रुसी राजदूतहरूलाई आ-आफ्ना विदेश मन्त्रालयमा बोलाएका थिए ।बीबीसी
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending