Khabar Dabali २९ चैत्र २०८२ आईतवार | 12th April, 2026 Sun

ह्वाइट हाउसद्वारा ट्रम्पको अभिनेत्रीसँग सम्बन्धबारे अस्वीकार

\"\"ह्वाइट हाउसले राष्ट्रपति डोनाल्ड ट्रम्पको वयस्क चलचित्रकी एकजना अभिनेत्रीसँग सम्बन्ध रहेको भन्ने आरोपहरू अस्वीकार गरेको छ ।

सीबीएस न्यूजको \'सिक्स्टी मिनेट्स\' कार्यक्रममा अभिनेत्री स्टोर्मी ड्यानियल्सले सन् २००६ मा ट्रम्पसँग भएको भनिएको सम्बन्धबारे विस्तृत रूपमा बताएकी छन् । तर ह्वाइट हाउसका एकजना प्रवक्ता राज शाहले भने, \"गएराति ड्यानियल्सले आफ्नो अन्तर्वार्तामा गरेका कुनै पनि दावी तथ्यपरक रहेको राष्ट्रपतिलाई लाग्दैन ।\" ट्रम्पका वकिलहरूले ड्यानियल्सले कुराहरू सार्वजनिक नगर्ने सम्झौता तोडेको भन्दै उनीबाट २ करोड डलर क्षतिपूर्तिको माग गरेका छन् । आइतवार राति प्रसारित अन्तर्वार्तामा ३९ वर्षीया ड्यानियल्सले सन् २०१६ को राष्ट्रपतीय चुनाव हुनु केही समयअघि ट्रम्पका वकिल माइकल कोअनबाट \'कुराहरू सार्वजनिक नगर्ने सहमतिस्वरूप\' १ लाख ३० हजार डलर पाएको बताएकी थिइन् । राष्ट्रपति ट्रम्पले सहमतिमा हस्ताक्षर नगरेकोले त्यो अवैध रहेको भन्दै ड्यानियल्सले उनीविरूद्ध मुद्दा हाल्न लागेकी छन् । आफ्नो मुद्दामा कोअनलाई विपक्षी बनाउन लागेको ड्यानियल्सले उल्लेख गरेकी छन् । रकम दिइएको कुरा सार्वजनिक गरेर कोअनले आफ्नो मानहानी गरेकाले उनलाई विपक्षी बनाउन चाहेको ड्यानियल्सको भनाइ छ । मध्य फेब्रअरीमा कोअनले जारी गरेको वक्तव्यमा भनिएको छ, \"कुनै कुरा सत्य छैन भन्दैमा तपाईँलाई हानी वा क्षति पुर्‍याउन सक्दैन भन्ने हुँदैन। म सधैँ ट्रम्पको बचाउ गर्नेछु ।\" ड्यानियल्सले चाहिँ आफ्नो परिवारको सुरक्षाबारे चिन्ता लागेर \'कुराहरू सार्वजनिक नगर्ने सहमतिस्वरूप\' रकम लिने सहमतिमा हस्ताक्षर गरेको बताएकी छन् । आइतवारको अन्तर्वार्तामा उनले सन् २०११ मा एउटा कार पार्किङमा एक अपरिचित व्यक्तिले \'ट्रम्पको पछि नलाग्न\' भन्दै धम्की दिएको बताइन् । ड्यानियल्सले ट्रम्पले आफ्नो टेलिभिजन कार्यक्रम \'द अप्रेन्टिस\'मा स्थान दिने प्रस्ताव गरेपछि आफूहरूबीच असुरक्षित यौन सम्बन्ध भएको पनि बताएकी छन् । तर ह्वाइट हाउसका प्रवक्ता शाहले भने, \"राष्ट्पतिले सशक्त ढङ्गले, स्पष्ट रूपमा र निरन्तर ती दावीहरू अस्वीकार गर्दै आएका छन्। ती दावीहरू गर्ने मान्छे मात्रै आफ्ना कुरामा अस्थिर देखिएकी छन् ।\" बीबीसी  
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending