Khabar Dabali ४ बैशाख २०८३ शुक्रबार | 17th April, 2026 Fri

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल २४ सै घण्टा संचालन गर्ने पर्यटनमन्त्रीको घोषणा

\"\"काठमाडाैं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीले त्रिभुवन विमानस्थललाई २४ सै घण्टा संचालन गराउने घोषणा गरेका छन् । रिपोर्टर्स क्लब नेपालले आइतबार गरेको साक्षात्कार कार्यक्रममा बोल्दै मन्त्री अधिकारीले एयर ट्राफिक जाम कम गर्नका लागि विमानस्थलको क्षमता बढाएर संचालन अवधि थपिने बताएका हुन् । “सिङ्गल रनवे भए पनि २४ घण्टा संचालन गर्न सकिन्छ । संसारमा प्रयोग भएका सबैखाले प्रविधिको प्रयोग गरेर व्यवस्थापन गर्न सकिन्छ । विगतमा समय थप्न सकिदैन भन्नेहरुले पनि अहिल तीन घण्टा थप्न सकिन्छ भनिसके । प्रयास गरियो भने २४ घण्टा पनि सकिन्छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल २४ सै घण्टा संचालन हुन्छ । भारतको बम्बइमा एउटा रनवे भएको विमानस्थल २४ घण्टा चल्छ भने यहाँ किन चल्दैन ?” अधिकारीले भने । मन्त्री अधिकारीले संचालन अवधि बढाएपछि अहिले भइरहेको एयर ट्राफिकको समस्या कम हुने दाबी गरे । विमानस्थल संचालन अवधि बढेसँगै सहरको चहलपहल पनि बढ्ने र त्यसले पर्यटन व्यवसायमा थप टेवा पुग्ने उनको भनाई छ । “काठमाण्डौलाई पनि १८ घण्टा जागा बनाउँछु । भविष्यमा २४ सै घण्टा काठमाण्डौ खुला हुन्छ ।” उनले भने । नेपालको अवाई यातायात व्यवस्थित बनाउनका लागि भइरहेका प्रयासबारे जानकारी दिदै मन्त्री अधिकारीले गौतम वुद्ध अन्तराष्ट्रिय विमानस्थल सन् २०१९ भित्रमा संचालनमा ल्याउने बताए । विमानस्थल निर्माणसँग सम्बन्धित सबै पक्षसँग सहमति भइसकेको जानकारी दिदै मन्त्री अधिकारीले द्रुत गतिमा काम सुरु भइसकेकाले सन् २०१९ भित्र संचालनमा आउने उनले बताए । पत्रकारहरुको अगाडि अधिकारीले भने, “रेकर्ड गरेर राख्नुस्, सन् २०१९ भित्र गौतम वुद्ध अन्तराष्ट्रिय विमानस्थल संचालनमा आउँछ । त्यसपछि एयर ट्राफिक कन्ट्रोल हुन्छ । पर्यटक आगमन बढ्छ ।” आन्तरिक उडान व्यवस्थित गर्नका लागि पोखरा, भैरहवा, नेपालगंज जस्ता ठाउँबाट आन्तरिक विमानस्थल सचालन गर्ने योजना आफूसँग रहेको उनले बताए । हवाई दुर्घटना बढेकोबारे पत्रकारको प्रश्नको जवाफ दिदै मन्त्री अधिकारीले दुर्घटनासम्बन्धी प्रतिवेदन कार्यान्वयन गर्ने बताए । त्यसका साथै दुर्घटनाबारे छुट्टै अध्ययन गरेर कमी कमजोरी हटाइने उनको भनाई छ । “आधुनिक प्रविधिको प्रयोग गरेर विमानस्थल सुरक्षित बनाउँछौँ । अहिले सि टु क्याटागोरीमा रहेछ । अब सि थ्री क्याटागोरीमा पुग्ने गरी काम गर्छौँ ।” अधिकारीले भने । पर्यटन क्षेत्रको विकासका लागि विमानस्थलको स्तरउन्नति आवश्यक रहेको औँल्याउँदै उनले नेपालको अर्थतन्त्रमा पर्यटन क्षेत्रले २५ प्रतिशतको कूल ग्रार्हस्थ उत्पादनमा सहयोग पुर्याउन सक्ने गरी काम गर्ने बताए । सन् २०२० मा कम्तिमा २० लाख पर्यटक भित्र्याउने गरी काम गरिने उनले बताए । “अध्ययन र तथ्याङ्कलाई आधार मानेर भनेको हुँ । कम्तिमा पनि २० लाख पर्यटक आउँछन् ।”उनले भने । पर्यटन क्षेत्रको विकासका लागि सांस्कृतिक सम्पदाको पुनः निर्माणलाई पनि आफूले प्राथमिकतामा राखेको उनले बताए । एक वर्षभित्रमा ९० प्रतिशत सम्पदा पुनः निर्माण सक्ने दाबी उनले गरे । मन्त्री अधिकारीले राष्ट्रिय संग्रहालय छाउनी र नारायणहिटी दरबार सग्रहालयलाई पनि व्यवस्थित गरिने बताएका छन् । नेपाल वायु सेवा निगमलाई पनि व्यवस्थित बनाउनका लागि अध्ययन भइरहेको उनले बताएका छन् । निगममा आवश्यकताभन्दा धेरै कर्मचारी रहेको पाइएको भन्दै उनले भएका कर्मचारीको व्यवस्थापनका लागि सेवा व्यवस्थित बनाउने बताए । “निगममा १८ सय कर्मचारीले ३ जहाज चलाएर बसेका छन् । कतिपय देशमा १८ सय कर्मचारीले १८ वटा ठूला जहाज चलाएका छन् । हामी पनि त्यस्तै सुधार गर्छौँ ।” अधिकारीले भने । अध्यागमन विभागमा हुने भ्रष्टाचार र सेटिङका बारेमा आफू जानकार रहेको भन्दै उनले त्यस्ता विकृतिको अन्त्य छिटै गर्ने दाबी गरे । अहिले आफू कार्ययोजना बनाउनमा व्यस्त रहेको जानकारी दिदै अधिकारीले केही दिनभित्रमा नै आफूले गर्ने कामको क्यालेण्डर सार्वजनिक गर्ने बताए । “सय दिन, ६ महिना, एक वर्ष, दुई वर्ष, पाँच वर्षमा गर्न सकिने कामको सूचि तयार पारेर सार्वजनिक गर्छु । त्यसपछि मलाई हरेक महिना के कति काम भयो सोध्नुहोला । ऋषि धमलाले प्रत्येक महिना मलाई बोलाउनुस्, मैले गरेका हरेक कामको जानकारी गराउँछु ।” अधिकारीले भने । उनले संस्कृति, पर्यटन र हवाईसम्बन्धी तीनवटा छुट्टाछुट्टै विज्ञ समुह बनाउने तयारी भइरहेको बताए । तर स्वयम्सेवाको भावनाले काम गर्न चाहनेलाई मात्र समुहमा राख्न सकिने उनको भनाई छ । एमालेका नेतासमेत रहेका अधिकारीले जनताले अब छिटै सुखद समाचार सुन्न पाउने बताउँदै पार्टी एकता हुने निश्चित भएसकेको दाबी गरे । “कम्युनिष्ट पार्टी स्थापना दिवस अप्रिल २२ तारिखमा एमाले र माओवादीबीच एकता घोषणा हुन्छ । सबै तयारी पूरा भएको छ ।”
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending