Khabar Dabali २९ चैत्र २०८२ आईतवार | 12th April, 2026 Sun

अमेरिकालार्इ चीनको काउन्टर

\"\"अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ उत्पादनहरूमाथि उच्च कर लगाइने जनाएपछि चीनले व्यापारसम्बन्धी आफ्ना हितहरूको बचाउ गर्ने भन्दै अमेरिकालाई सावधान गराएको छ । चीनका उप-प्रधानमन्त्री ल्यू ख र अमेरिकी आर्थिक मामिला मन्त्री स्टीभन मनुशिनबीच भएको टेलिफोन संवादमा बेइजिङको त्यस्तो प्रतिक्रिया आएको चिनियाँ सरकारी सञ्चारमाध्यमले जनाएको छ । अमेरिकी राष्ट्रपति ट्रम्पले चीनलाई बौद्धिक सम्पत्ति चोरीको आरोप लगाउँदै चिनियाँ सामानमाथि ६० अर्ब डलरसम्मको कर लगाउने घोषणा गरेका थिए । अमेरिकाको त्यस्तो कदमले विश्वबजारमा तरंग देखिएको छ र व्यापार युद्ध हुनेसक्ने डर उत्पन्न गराएको छ । मनुशिनसँगको कुराकानीका क्रममा चिनियाँ राष्ट्रपति सी जिनपिङका शीर्ष आर्थिक सल्लाहकार रहेका ल्यूले, उनकै शब्दमा, बेइजिङ आफ्नो राष्ट्रिय हितको रक्षा गर्न तयार भएको तर दुवै पक्षले विवेकको प्रयोग गर्ने र सहकार्य गर्नेप्रति आशा पनि व्यक्त गरेको सरकारी समाचार संस्था सिन्ह्वाले जनाएको छ । अमेरिकी राष्ट्रपतिले बिहीवार चर्को कर शुल्क लगाइने घोषणा गरेयता सबैभन्दा शीर्ष तहबीच भएको ठानिएको कुराकानीका क्रममा अमेरिकाले चिनियाँ बौद्धिक सम्पत्तिसम्बन्धी अभ्यासहरूमाथि छानबिन गरेर अन्तर्राष्ट्रिय व्यापार नियमहरूको उल्लंघन गरेको आरोप ल्यूले लगाए । व्यापारसम्बन्धी तनावहरूका माझ विश्व व्यापार संगठनका निर्देशक रोबर्टो आजभेइडुले नयाँ व्यापार बन्देजहरूले \"विश्व अर्थतन्त्रलाई जोखिममा पार्ने\" बताएका छन् । ट्रम्पले चीनमाथि चर्को कर शुल्क लगाउने अमेरिकी कदमले परिणाम देखाउन सुरू गरिसकेको बताएका छन् । ट्रम्पले शुक्रवार भनेका थिए, \"अन्य धेरै देश समान व्यापार सम्झौताहरु गर्न अहिले हामीसँग छलफल गरिरहेका छन् ।\" ट्रम्पको त्यस्तो कदमको बदलामा चीनले दैनिक उपभोग्यका सामान र एलम्युनियमका सामग्रीमाथि प्रस्तावित ३ अर्ब डलरको कर लगाउने योजना बनाइएको चीनले जनाएको छ । बेइजिङले \"आफू व्यापार युद्धबाट नडराएको\" तर निरन्तर वार्तामार्फत् त्यस्तो अवस्था आउन नदिनेप्रति आफू आशावादी भएको भन्दै अमेरिकालाई सावधान गराएको छ । बीबीसी र, यो पनि
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending