चैत्र १० गते, २०७४ शनिवार 24th March, 2018 Sat१४:०४:३२ मा प्रकाशित
गाेरखा । प्रेस सेन्टर नेपाल ४ नम्बर प्रदेश समितिको बिस्तारित बैठक गोरखामा सम्पन्न भएको छ । गोरखाको गो.न.पा ४ को पिपलथोकमा बसेको बैठक नेपाल पत्रकार महासंघको आसन्न प्रदेश समितिको निर्वाचनमा एकता, तालमेल र बैचारिक भाव अनुसार समन्यवकारी भूमिका खेल्ने निणर्य गर्दै सम्पन्न भएको हो ।
बैठकले निर्वाचनमा अन्य संगठनहरु तालमेल र छलफलका लागि प्रदेश अध्यक्ष त्रिभुवन पौडेलको संयोजकत्वमा ३ सदस्सीय कमिटि समेत गठन गरेको बरिष्ठ उपाध्यक्ष दिपक श्रेष्ठ \'जलन\' ले जानकारी दिए । बिस्तारीत बैठकले महासंघको प्रदेश समितिको निर्वाचनमा मतदान भन्दा पनि सहमतीको आधारमा सवै संगठनलाई मिलाएर अगाडी बढ्नु पर्नेमा जोड दिएको छ।
जारी घोषणा पत्रमा
१, नेपाल पत्रकार महासंघको नयाँ सदस्यता बितरण र नविकरण गर्दा लाग्ने शुल्क घटाउन छलफल अगाडी बढाउने ।
२, आन्तरिक सन्चार प्रतिष्ठान स्थापना गर्न र आमसन्चार नितिलाई जोडदार रुपमा कार्यान्वयन गर्न दवाव दिने ।
३, संघियताको पूर्ण कार्यान्वयनका लागि संगठनको तर्फबाट पहल कदमी गर्ने ।
४, श्रमजिवि पत्रकार ऐन कार्यान्वयनका लागि समानुपातिक बिज्ञापन प्रणाली, स्थानिय सन्चार माध्यमहरुको सवलीकरण र परिवर्तनका लागि सन्चारमाध्यम परिचालनको नीति अबलम्बन गर्न स्थानिय तह, प्रदेश र संघिय सरकारलाई आग्रह र दवाव दिने ।
५, बिकास सम्बृद्धिको राष्ट्रिय मुद्दालाई सफल बनाउन पारदर्शिता, सूचनाको हक कार्यान्वयन र सुशासनको पक्षमा कमल चलाउन पहल गर्ने ।
६, पिपलथोक लगायतको गोरखाको धार्मिक, सास्कृतिक तथा ऐतिहासिक पर्यटकिय क्षेत्रहरुको प्रचार–प्रसार गरी आन्तरिक तथा बाह्य पर्यटन प्रबद्र्धनमा जोड दिनेलगाएतका उल्लेख गरिएको छ ।
बैठकमा ४ नम्बर प्रदेशका ८ ओटा जिल्लाका जिल्ला अध्यक्षहरुको आ–आफ्नो जिल्लाको सांगठनिक अबस्थाका बारेमा रिपोटिङ गरेका थिए । बैठकमा प्रेस सेन्टर नेपालका केन्द्रिय उपाध्यक्ष बलराम थापा, महासचिव बिष्णु सापकोटा, नेकपा माओबादी केन्द्र गोरखाका कार्यबाहक संयोजक जगन्नाथ खनाल, भिमसेन गाउँपालिका अध्यक्ष लोकप्रसाद बन्जरा, अखिल नेपाल शिक्षक सगठन ४ नम्बर प्रदेशका संयोजक धुव्र भट्ट लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । बैठक प्रेस सेन्टर नेपाल ४ नम्बर प्रदेशका अध्यक्ष त्रिभुवन पौडेलको अध्यक्षतामा सम्पन्न भएको जनाएकाे छ ।
काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...
रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...
काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...
काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...
काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...
पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...
काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...
झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...
गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...
प्रतिकृया लेख्नुहोस्: