Khabar Dabali १ बैशाख २०८३ मंगलवार | 14th April, 2026 Tue

नयाँ शक्तिको बैठकमा के–के भयो ?

\"\"भरतपुर । नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले देशको समृद्धिको यात्रामा अग्रसर हुन जातिवादी नभई मानवतावादी भएर सोच्न आग्रह गरेका छन् । यो मुलुकमा समावेशी, समानुपातिक लोकतन्त्र नै समुन्नत समाजवादको आधार भएकोले विभेद र असमानताको अन्त्य गर्न केही समयको लागि समावेशितालाई सम्बोधन गर्न क्लस्टरको अवधारणा ल्याइएको बताए । उनले बिहीबार भरतपुरमा नयाँ शक्ति पार्टीको प्रदेश ३ को विस्तारित बैठकलाई सम्बोधन गर्दै उत्पीडित र उत्पीडक दुवैथरी प्रवृत्ति जातिवादी प्रवृत्ति भएको बताउँदै मुलुकको जातिय, भाषिक, सांस्कृतिक विविधताको सम्मान गर्दै उत्पीडनको अन्त्य गर्न सबैले मानवतावादी भएर सोच्नुपर्ने आवश्यकता औंल्याए । उनले लोकतन्त्रको समृद्धिकरण गर्दै समुन्नत समाजवादमा पुग्नुपर्ने बताउँदै लोकतन्त्रको समृद्धिकरणका लागि वैकल्पिक राजनीतिको अपरिहार्यतामाथि प्रकाश पारे । उनले आजको सत्यको रुपमा उदाएको वैकल्पिक राजनीतिलाई कार्यान्वयन गर्नकै लागि नयाँ शक्ति पार्टीको जन्म भएकोमा जोड दिए । \"\" संयोजक भट्टराईले पार्टीभित्रको पदीय जिम्मेवारी कुनै मानमर्यादाको विषय नभएको र नयाँ शक्तिले समतलीय संगठनात्मक प्रणालीको अभ्यास गरेको भन्दै एक व्यक्तिले दुई कार्यकाल मात्र कार्यकारी भूमिकामा रहने व्यवस्था गरिने बताए । उनले पार्टी निर्माणका लागि नैतिक उत्प्रेरणा र उत्पादन तथा स्वरोजगारमुखी क्रियाकलापमा सरिक हुन सबै पार्टी अभियन्ताहरुलाई आग्रह गरे । बैठकमा प्रदेश ३ का १३ वटा जिल्लाको कार्यप्रगति विवरण प्रस्तुत गरिएको थियो । बैठकले ९९ सदस्यीय प्रदेश अधिवेशन आयोजक समिति गठन गरेको छ । जसमध्ये १५ सदस्यीय संरक्षक परिषद्, ९ सदस्यीय विज्ञ परिषद र ७५ सदस्यीय कार्यकारी परिषद्सहितको समतलीय संरचना निर्माण गरेको छ । त्यस्तै बैठकले काठमाडौं र मकवानपुरको जिल्ला संयोजक परिवर्तन गर्दै मानुषि यमी भट्टराईलाई काठमाडौं र जीवनमान मोक्तानलाई मकवानपुर जिल्लाको संयोजकको जिम्मेवारी दिएको छ । साथै बैठकले १७ वटा विभाग गठन गरेको छ । जसमध्ये संगठन विभागमा सोनाम सिंह स्याङतान, प्रशिक्षण विभागमा परिवर्तन भट्टराई, सूचना सञ्चार विभागमा सुदर्शन खतिवडा, संंसदीय मामिला विभागमा अकल बहादुर थिन, आंगिक तथा पेशागत संगठन फ्याक्सन इन्चार्जहरुको संयोजकमा बन्दना सुवेदीलाई विभागीय प्रमुखको जिम्मेवारी दिइएको प्रदेश ३ का इन्चार्ज गंगा नारायण श्रेष्ठले जानकारी दिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending